Author: महेन्द्रनगर पोष्ट

चितवन: चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएयता सबैभन्दा बढी पर्यटक यस वर्ष भित्रिएका छन् । विगतका वर्षमा विदेशी पर्यटक धेरै हुने भए पनि यस वर्ष भित्रिएका धेरै पर्यटक नेपाली हुन् । जिल्लामा निकुञ्ज भित्रिएका पर्यटकको मात्रै तथ्याङ्क राखिने हुँदा सङ्ख्या कम देखिने गर्दछ । पर्यटनविद्हरुले गरेको सूक्ष्म अध्ययनले भने जिल्लामा वार्षिक सात लाखभन्दा बढी पर्यटक भित्रिने गरेको देखाएको छ । निकुञ्जमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा दुई लाख ८८ हजार तीन सय ५९ पर्यटक भित्रिएका छन् । यीमध्ये एक लाख ९८ हजार आठ सय २६ नेपाली, ३५ हजार आठ सय ८६ सार्क मुलुकका र २९ हजार पाँच सय ७६ विदेशी पर्यटक…

Read More

काठमाडौँ: आगामी तीन दिन सुदूरपश्चिमका चारसहित १० जिल्लाका नदीनालामा बाढीको जोखिम रहने पूर्वानुमान गरिएको छ । कैलाली, कञ्चनपुर, डडेलधुरा र बैतडीसहित अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ, सल्यान र बाँके भई बहने केही साना तथा मझौला नदीहरूमा आकस्मिक बहावको जोखिम रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको हो । ती जिल्ला भई बहने नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा ३ लाख बढीका भन्सार छलीका सामान भेटिएका छन् । प्रहरीले भीमदत्त नगरपालिका–१० मा २ लाख ५० हजार मूल्य बराबरका एयरफोन बेवारिसे अवस्थामा भेटाएको हो । त्यस्तै, जिल्लाको बेलौरी नगरपालिका–५ मैनाहामा पनि भन्सार छलीका स्याम्पु, खाने तेल, चिसो पेय पदार्थ लगायतका सामान नियन्त्रणमा लिइएको छ । अन्दाजी ६७ हजार मूल्यका सामानसहित से.७ प. ८१८६ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी बुझाइएको जनाइएको छ ।

Read More

बैतडी: बैतडीमा एक घरमा चट्याङ परेको छ । जिल्लाको पुर्चौंडी नगरपालिका-३ का कालुसिंह बोहराको घरमा गएराति चट्याङ परेको हो । चट्याङले घरको छत र कोठाहरु चर्किएका उनका छोरा चन्द्र बोहराले बताए । उक्त घर भर्खरै निर्माण गरिएको र त्यहाँ कोही नबस्ने भएकाले मानवीय क्षति नभएको उनले बताए ।

Read More

जाजरकोट: जाजरकोटको छेडाखोलामा माछा मार्न गएका दुई जनाको डुबेर ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार छेडागाड नगरपालिका–१ स्थित छेडाखोलामा माछा मार्दै गर्दा स्थानीय ५० वर्षीय नरबहादुर नेपाली र शिवालय गाउँपालिका–९ का ४९ वर्षीय धनबहादुर बुढाको ज्यान गएको हो । बिहीवार दिउँसो डुबेका दुवै जनाको शव जालमा बेरिएको अवस्थामा भेटिएको बताइएको छ ।

Read More

दार्चुला: महाकाली राजमार्गको दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरूद्ध भएको छ । गएरातिको वर्षाका कारण सडकमा ढुंगामाटो खसेको छ । ढुंगामाटो खसेर सडक अवरूद्ध भएपछि यातायात सेवा पनि अवरूद्ध छ । सडक खुलाउने प्रयास भइरहेको बताइएको छ ।

Read More

काठमाडौँ: आज सुनको मूल्य सात सय रुपैयाँले घटेको छ । सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेर एक लाख नौ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर एक हजार तीन सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Read More

लमजुङ: लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङ जिल्लाको राइनास नगरपालिकास्थित भलायखर्क आसपास केन्द्रविन्दु भएर आज बिहान ५ बजेर ५५ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का लमजुङ, तनहुँ र गोरखा जिल्लामा महसुस गरिएको थियो । यसअघि गत असार ५ गते बिहान दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ । रासस

Read More

काठमाडौँ: काठमाडौँबाट भारतको गुजरातको लागि छुटेको बस दुर्घटना भएको छ । एआर–०६ इ ७०३१ नम्बरको यात्रुबाहक बस धादिङको गल्छीमा दुर्घटना भएको हो । बस पल्टिँदा एक बालकको मृत्यु भएको र १२ जना घाइते भएका घटनास्थलमा खटिएका सुरक्षा अधिकारीहरूले बताएका छन् । प्रहरीले घटनास्थलबाट घाइतेहरूको उद्धार गरिरहेको छ ।

Read More

कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रबाट प्रहरीले ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ। बिहीबार साँझ भीमदत्त नगरपालिका–१८ का १८ वर्षीय अभिषेक सोनाम र सोही ठाउँका २४ वर्षीय प्रशान्त कुँवरलाई प्रहरीले ५.९९ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो। उनीहरु सोही वडाको एक घरमा डेरा गरी बसिरहेका थिए। शङ्काको आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले खानतलास गर्दा उनीहरुको साथबाट ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ।

Read More