Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलकाे गाडी दुर्घटनामा परेको छ। बिहीबार सुर्खेतबाट फर्कने क्रममा कोहलपुर क्षेत्रमा उनको गाडी दुर्घटना भएको हो। प्रहरीका अनुसार उनको गाडी मिनी बससँग ठोक्किएको थियो। स्रोतका अनुसार सिडिओ अन्तर जिल्ला बैठकबाट फर्किने क्रममा गाडी दुर्घटनामा परेकाे हो। तर गाडीमा सवार चालकसहित सबैजना सकुसल रहेको बताइएको छ। घटना बिहिवारको भएपनि आज सार्वजनिक भएको हो।

Read More

स्याङ्जा: गत शुक्रवार राति स्याङ्जामा १० वर्षीय बालकको हत्या भएको छ। अर्जुनचौपारी गाउँपालिका ६ सिउडीवारीका हर्षित देवकोटाको हत्या भएको हो। हत्या गरी फरार भएका स्थानीय २२ वर्षीय सुजन सुवेदीलाई प्रहरीले स्याङ्जा बजारबाट पक्राउ गरेको छ। बालकलाई धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरी भिरबाट फालिएको अवस्थामा फेला परको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। बालकले आफूलाई गाली गरेपछि हत्या गरेको बयान सुवेदीले दिएको प्रहरीले जनाएको छ। हत्या गरिएका बालक कक्षा ५ मा अध्ययनरत थिए।

Read More

डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिकाले कृषि एम्बुलेन्स सेवा सुरु गरेको छ। पालिकाको सबै वडाबाट एम्बुलेन्समार्फत कृषि तथा पशुजन्य उपज ढुवानी सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालबहादुर सेटीले बताए। किसानलाई कृषि उत्पादनको ढुवानी सहज बनाउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट विकासले बताए। स्थानीय किसानले खेतबारीमा उत्पादित कृषि उपजलाई बिक्रीका लागि बजारसम्म पुर्‍याइने र बजारबाट किसानका आवश्यक कृषिजन्य बस्तु ढुवानी समेत गर्ने अध्यक्ष भट्टले बताए।

Read More

कञ्चनपुर: पछिल्लो समय कञ्चनपुरमा सिकलसेलका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । सिकलसेल तराईमा रहेका रानाथारू समुदायमा बढी देखिने भएकाले कञ्चनपुर पनि जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । यो रोग एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जाने वंशाणुगत रोग भएको र यसले रानाथारू समुदाय बढी प्रभावित बनेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो रोग निरीक्षक सिद्धराज भट्टले जानकारी दिए । “यो रोग तराईमा बसोबास रहेको अधिकांश थारू समुदायमा देखिएको छ”, उनले भने, “यो रोग लागेका मान्छेबाट जन्मिएको २५ प्रतिशत बच्चामा पनि देखिन्छ ।” उनले यसको कुनै उपचार नभएको बताउँदै सङ्क्रमितले नियमित चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्ने बताए । “कञ्चनपुरमा यसको…

Read More

पाँचथर: पाँचथरमा बाढीपहिरोमा परी पाँच जना बेपत्ता भएका छन् ।  माउन्टेन हाइड्रो, माझिटार र हेवाखोलाको पुल क्षेत्रबाट उनीहरू प्रकोपमा परी हराइरहेका हुन् ।  उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । बाढीका कारण जिल्लाका पाँचवटा पक्की पुल बगेका छन् । पुल बगेपछि यातायात अवरुद्ध बनेको छ । 

Read More

बाजुरा: बाजुरामा ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ। शनिबार दिउँसो त्रिवेणी नगरपालिका–९ गडतोलामा बुढिगंगा नदीको किनारबाट ढुङ्गा लोड गरी ल्याउँदै गरेको से १ त १४०८ नम्बरको ट्याक्टरमा बसिरहेका सोही ठाउँका १५ वर्षीय नितेश थापाको ट्याक्टरबाट खसेर मृत्यु भएको हो। नितेशको शरीरमा भित्री चोट लागी गम्भिर घाईते भएपछि उनलाई उपचारको लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर चालक सोही नगरपालिका ४ नम्बर वडाको तोलीका ३५ वर्षीय गगन साउद फरार छन्। उनको खोजतलास गरिरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: कैलालीस्थित धनगढीको एक मेडिकलबाट प्रहरीले अवैध औषधी बरामद गरेको छ। शनिबार साँझ धनगढी उपमहानगरपालिका–१३ एयरपोर्ट मोडमा गेटा मेडिको क्लिनिक सञ्चालन गरी बस्ने डोटीको आदर्श गाउँपालिका–१ का ३० वर्षीय गणेश बागलाई अवैध औषधीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । मेडिकलबाट अवैध त्रिंगा सप्ट ४७ ट्याब्लेट र एन्टिकफ ४८ पत्ता फेला पारी अवैध औषधीसहित बागलाई पक्राउ गरिएको हो। प्रहरी चौकी कैलारीगाउँबाट खटिएको टोलीले नियन्त्रणमा लिएको बताइएको छ। उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले क्याप्टेन रामेश्वर थापाको सिम्रिक एयर प्रालिलाई निजी हेलिपोर्ट बनाउन अनुमति दिएको खुलासा भएको छ। मन्त्री किरातीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई समेत जानकारी नदिइ थापाको कम्पनी सिम्रिक एयरलाई गैरसैनिक हवाई ऐन २०१५ विपरीत हेलिपोर्टको अनुमति दिएको खुलासा भएको हो। सिम्रिक एयर प्रालिले काभ्रे जिल्ला बनेपा नगरपालिका – १४ राउत गाउँको माथिल्लो भाग इटापु डाडाँमा हेलिपोर्ट निर्माण तथा सञ्चालनको लागि आशय पत्र उपलब्ध गराउन भन्दै २०७९ माघ १३ गते निवेदन दिएको थियो।   गैरसैनिक हवाई उडान ऐन २०१५ ले निजी कम्पनीलाई डाँडा डाँडामा यसरी एयरपोर्ट/हेलिपोर्ट बनाउन दिने पकिकल्पना गरेको छैन। यसको साथै हुँदै…

Read More

धनगढीः कैलालीमा गोरुगाडासहित अवैध काठ बरामद गरिएको छ। जिल्लाको  घोडाघोडी नगरपालिका वडा नम्बर ९ बाट सालको दुई गोलिया काठ गोरुगाडासहित बरामद गरिएको हो। राष्ट्रिय वनबाट काठ तस्कर गरी ल्याउँदै गर्दा भगतपुर सामुदायिक वनमा गोरुगाडासहित काठ बरामद गरिएको छ। रातिको समयमा गोप्य सूचनाका आधारमा डिभिजन वन कार्यालय पहलमानपुरले काठ बरामद गरेको हो। बरामद गरिएको काठलाई डिभिजन वन कार्यालय पहलमानपुर राखिएको छ। डिभिजन वन कार्यालय पहलमानपुरका कर्मचारी देखेपछि तस्कर गोरुगाडा छोडेर भागेका थिए। गोरुगाडा छोडेर फरार भएका व्यक्तिहरूको खोजी कार्य जारी रहेको डिभिजन वन कार्यालय पहलमानपुरले बताएको छ।

Read More

काठमाडौं: नेपालमा पहिलो पटक मंकिपक्स भाइरस संक्रमण देखिएको छ। शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६० वर्षीया विदेशी महिलामा मंकिपक्स भाइरस (एमपक्स) को संक्रमण देखिएको हो। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रूद्रप्रसाद मरासिनीले मंकिपक्स भाइरस ज्वरो आएको बेला बढी संक्रमण हुने जानकारी दिए। उनले संक्रमितको सम्पर्कमा आएका सबै आइसोलेसनमा बस्नुपर्ने बताए। ‘मंकिपक्स रोग मानिसबाट मानिसमा वा जनावारबाट मानिसमा सर्छ। नेपालमा अहिले नै आत्तिहाल्नुपर्ने अवस्था भने छैन’, उनले भने।   लक्षणहरू एमपक्स रोग संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ–खटिरा–बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ (जस्तै थुक, र्‍यालको सम्पर्कबाट, भाइरसबाट दूषित सतह र सामग्रीको प्रत्यक्ष), संक्रमित बाँदर, मुसा,…

Read More