Author: महेन्द्रनगर पोष्ट

नयाँ दिल्ली: भारतको महाराष्ट्रमा गएराति एउटा भयानक दुर्घटना भएको छ । बुलढानामा यवतमालबाट पुणे जाँदै गरेको बस दुर्घटनामा पर्दा २५ जनाको मृत्यु भएको छ ।  प्राप्त जानकारी अनुसार समृद्धि महामार्ग एक्सप्रेस वेमा बुलढाना नजिक बस पल्टिँदा ठूलो आगो लागेको थियो । बुलढाना प्रहरीका डेपुटी एसपी बाबुराव महामुनीका अनुसार बसमा ३३ जना सवार थिए । जसमध्ये २५ जनाको आगलागीका कारण घटनास्थलमा नै  मृत्यु भएको थियो । सोही क्रममा अन्य व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको छ । बुलढाना प्रहरीका डिएसपी बाबुराव महामुनीले यसबारे जानकारी दिएका छन् । घटना शुक्रबार राति करिब २ बजे भएको उनले बताए । बसबाट २५ जनाको शव निकालिएको छ ।…

Read More

धनगढीः कैलालीको धनगढीका एक युवक काठमाडौंबाट सम्पर्कविहीन भएका छन्।   धनगढी उपमहानगरपालिका–६ मटियारिका २६ वर्षीय अमित भट्ट यही वैशाख १२ गतेदेखि काठमाडौंको सातदोवाटोवाट सम्पर्कविहिन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको सम्पर्कमा रहेकाहरुलाई वा उनलाई देखेकाले ९८४८४२०५७३, ९८६६९४४५७३, ९८४८४९२८५० मा फोन गर्न परिवारका सदस्यहरुले आग्रह गरेका छन्। 

Read More

काठमाडौंः आजबाट देशभर ढुंगा, रोडा, गिटी र बालुवाको उत्पादन र बिक्री बन्द हुने भएको छ। नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले भोलीबाट ढुंगा तथा गिटी बालुवाको उत्पादन र बिक्री बन्द गर्ने घोषणा गरेको हो। क्रसर नविकरणमा देखिएको समस्याको स्थायी समाधानको माग गर्दै असार १५ सम्मको अल्टिमेटम दिएपनि गृह मन्त्रालयले आफूहरुको माग सम्बोधन नगरेका कारण असार १६ गतेबाट उद्योग नै बन्द गर्ने घोषणा गरिएको महासंघले जनाएको छ। महासंघका अध्यक्ष सिताराम न्यौपानेले यसअघि आफूहरुले असार १५ गते सम्मको समय दिएको तर, यस अवधिमा सरकारले क्रसर व्यवसायीहरुको माग सम्बोधन नगरेकाले भोलिबाट उत्पादन र बिक्री वितरण बन्द गर्ने घोषणा गरिएको बताए।

Read More

कैलाली: रोपाइँ गर्न पुग्नेगरी वर्षा नभएपछि असार १५ सम्म सुदूरपश्चिम प्रदेशमा बर्खे धान बालीको खेती गरिने मध्ये ६० प्रतिशत जग्गामा धान रोपाइँ गर्न बाँकी छ । आकाशको पानीको भरमा रोपाइँ गर्नुपर्ने खेतमा यस वर्ष अहिलेसम्म पर्याप्त वर्षा नभएपछि धेरै जग्गामा रोपाइँ गर्न ढिलाइ भएको हो । कृषि निर्देशनालय दीपायलका निर्देशक यज्ञराज जोशीले असार १५ सम्म प्रदेशमा धान खेती गरिने जग्गामध्ये ४० प्रतिशत जग्गामा रोपाइँ सकिएको जानकारी दिए । पहाडी जिल्ला बैतडी र दार्चुलामा सबैभन्दा बढी ७२ प्रतिशत जग्गामा रोपाइँ भइसकेको छ । प्रदेशमा सबैभन्दा बढी क्षेत्रफलमा धानखेती गरिने कैलालीमा २४ प्रतिशत जग्गामा रोपाइँ हुन सकेको छ । “रोपाइँ गर्न पुग्नेगरी…

Read More

कञ्चनपुरः कञ्चनपुरमा प्रादेशिक आयुर्वेदिक अस्पताल निर्माण हुने भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ स्थित अमरपुरमा प्रादेशिक आयुर्वेदिक अस्पताल निर्माण हुने भएको हो। प्रादेशिक आयुर्वेदिक अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडी बढाइएको हो। अमरपुरमा करिब ३ विघामा १ सय शैयाको अस्पताल निर्माण हुनेछ। अस्पतालको डीपिआरलगायतको काम गर्न आयुर्वेद विभागले ३ करोड बजेट विनियोजन गरेको प्रादेशिक आयुर्वेदक निर्देशनालय कैलालीका निमित्त निर्देशक सूर्य उपाध्यायले बताए। दुई वर्ष अगाडी सरकारले ७ वटै प्रदेशमा आयुर्वेद अस्पताल निर्माण गर्ने निणर्य गरेको थियो। सुदूरपश्चिममा शुक्लाफाँटा आयुर्वेदिक अस्पताल निर्माणका लागि छनौट भएको थियो। जग्गा प्राप्त नहुँदा अस्पताल निर्माणमा ढिलाइँ भइरहेको थियो।

Read More

बैतडी: बैतडी प्रशासनले शिल गरेको मेडिकल जानकारीबिना पुनः सञ्चालन गरेको आरोपमा एकजना पक्राउ परेका छन्। बैतडीको पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक राम सागर शाहकी पुतारी(श्रीमती) श्यामा शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालयले गत जेठ दोश्रो साता अवैध ठहर गर्दै उक्त श्यामा क्लिनिक शिल गरेको थियो। अवैध रुपमा क्लिनिक सञ्चालन गरी समान्य स्वास्थ्य शिक्षा समेत हासिल नगरेकी (ननमेडिकल पर्सन) श्यामा शाहले बिरामी जाच्नेदेखि औषधी बिक्रि वितरण गर्ने गरेको पाइएपछि मेडिकल शिल गरिएको थियो। तर पुनः मेडिकल सञ्चालन गरिएपछी शुक्रबार श्यामालाई नियन्त्रणमा लिएको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी योगेश खत्रीले जानकारी दिए।

Read More

डडेल्धुरा: डडेल्धुरामा भिरबाट लडेर एक किशोरको ज्यान गएको छ। जिल्लाको परशुराम नगरपालिका- ३ भट्वाडिका अन्दाजी १८ वर्षीय राम बोहराकाे भिरबाट लडेर मृत्यु भएको हो।लडेर घाइते भएका बोहराकाे उपचारका लागि जाेगबुडा अस्पताल लग्दै गर्दा बाटाेमै मृत्यु भएको परिवार स्रोतले जनाएको छ। बोहरा भागेश्वर मावि कटालमा कक्षा ११ मा अध्ययनरत थिए।

Read More

चितवन: नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेको हो। सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो। पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। त्यहाँ हजारौं यात्रु अलपत्र परेका छन्। पहिरो पन्छाउने काम सुरु गरिएको छ।

Read More

काठमाडौँ: हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली  रही गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा  बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै  गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

Read More

छेन्दु (चीन) : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालका विभिन्न विमानस्थलमा हवाइ उडानको सङ्ख्या वृद्धि गर्न सिचुवान एयरलाइन्सका पदाधिकारीसँग आग्रह गरेका छन्। सिचुवान एयरलाइन्सका अध्यक्ष श्र चुइसँग आज भएको भेटमा उनले छेन्दुबाट काठमाडौँमा उडान सङ्ख्या बढाउन तथा पोखरा र भैरहवा विमानस्थलमा नियमित उडान गर्न आग्रह गरे। सम्पर्क सञ्जालको बढोत्तरीसँगै दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने उल्लेख गर्दै उनले भने, ‘यसअघि छेन्दु-ल्हासा-काठमाडौँ उडान थियो, अहिले छेन्दुबाट काठमाडौँ सिधा उडान भएको छ। छेन्दु-काठमाडौँको उडान सङ्ख्या वृद्धि तथा छेन्दुबाट भैरहवामा नियमित उडान गर्न सकियो भने कनेक्टिभिटी बढाउँछ, यसले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुन्छ।’ नेपाल र चीनबीच आर्थिक तथा सांस्कृतिक सम्बन्ध निकै प्रगाढ…

Read More