Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) को महाप्रबन्धक (जिएम) बाट वृत्तान्त खनालले राजीनामा दिएका छन्। २०७९ को वैशाखदेखि क्यानको महाप्रबन्धक नियुक्त भएका खनालले पदाधिकारीसँगको विवादपछि इमेलमार्फत राजीनामा पत्र पठाएका छन्। उनले अध्यक्ष चतुरबहादुर चन्दसहितका पदाधिकारीलाई इमेल गर्दै राजीनामा दिएको क्यान स्रोतले बतायो। उनले केही दिनअघि राजीनामा दिए पनि स्वीकृत भने भएको छैन। मुलपानी मैदान प्रतियोगिताका लागि भाडामा दिएको विषयमा विवाद भएको बुझिएको छ।

Read More

धनगढी : स्कुटर दुर्घटनामा परेर सख्त घाइते भएकी टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार बिना शाहीलाई प्रेस चौतारी नेपाल कैलालीले आर्थिक सहयोग गरेको छ । धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पीसियालिटी हस्पिटलमा उपचाररत शाहीको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि प्रेस चौतारीले संगठनमा आवद्ध पत्रकार तथा विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तिबाट स्वस्र्फूत रुपमा संकलन भएको रकम शाहीलाई हस्तान्तरण गरेको हो । प्रेस चौतारी कैलालीका सचिव जनक विष्टले सहयोग स्वरुप संकलन भएको २७ हजार पाँच रुपैयाँ कैलाली जिल्ला अध्यक्ष भानुभक्त आचार्यले शाहीका बुवा धिरेन्द्रबहादुर शाहीलाई हस्तान्तरण गरिएको बताए । शाहीलाई प्रेस चौतारी कैलालीका पदाधिकारी तथा सदस्य, जिल्ला शाखा डडेल्धुरा, अछाम र बाजुरामा विभिन्न जिम्मेवारीमा…

Read More

धनगढी : धनगढीमा वर्षा भइरहेको छ । टन्टलापुर घामका कारण गर्मीले आहट भोगिरहेका धनगढीबासी वर्षा भएसँगै खुसी भएका छन् । मध्ये असार भइसक्दा पनि पानी नपरेका कारण कैलालीबासी काकाकुल गर्मी खेप्न बाध्य थिए ।

Read More

धनगढीः कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका २५ वर्षीय रामलखन राना पक्राउ परेका हुन्। रानालाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट २९० मिलिग्राम लागु औषध फेला पारी उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Read More

बैतडी : दार्चुलाको मार्मामा एक जना पुरुष आफ्नै बुहारी भगाए छन् । मार्मा गाउँपालिका ४ घोडेधारका गोबिन्द विष्टले भतिजाकी श्रीमती लगेर फरार भएको पारिवारिक स्रोतले जनाएको छ । सोही ठाउँकी आफ्नै बुहारी नाता पर्ने जयन्ती विष्ट लगेर गोबिन्द दुई हप्ता देखि सम्पर्क विहिन भएका बताइएको छ । जेठ २८ गते माइत जान्छु भनेर गएकी श्रीमतीलाई काका लगेर फरार भएका जयन्तीका श्रीमान शंकर विष्टले बताए । ३ वर्ष सम्म विदेशमा कमाएको धनमाल लगेर श्रीमती काका संग भागेर गएकी उनले बताए । घरमा जयन्तीका दुई छोरा छन । श्रीमती भागेर गएपछि छोराहरुको बिच्चली भएको पीडित विष्टले दुखेसो पोखेका छन् । श्रीमती काका…

Read More

काठमाडौँ : महिला दर्शनार्थीमाथि यौनजन्य गतिविधिको आरोप लागेका पाल्पाको प्रसिद्ध भैरवनाथ मन्दिरका मूल पुजारी जीतनाथ योगी निलम्बनमा परेका छन् । मन्दिर व्यवस्थापन समितिले उनलाई निलम्बन गरेको हो । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा पुजारी योगीले महिला दर्शनार्थीलाई अभद्र व्यवहार गरेको सार्वजनिक भएपछि समितिको आकस्मिक बैठकले जिम्मेवारीबाट हटाउने निर्णय गरेको समितिले जनाएको छ । समितिले जारी गरेको प्रेस विज्ञप्तिमा सत्यतथ्य छानबिन नहुँदासम्म मन्दिरमा बहन गर्दै आएको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको जनाइएको छ । मन्दिरमा दैनिक ५ सयभन्दा बढी दर्शनार्थी भैरवनाथको पूजा गर्न पुग्छन् । रिब्दीकोट गाउँपालिका(४ भैरवस्थानमा अवस्थित यस मन्दिरका मूल पुजारी ७० वर्षीय योगीले दर्शनका लागि आउने महिलामाथि यौनजन्य दुर्व्यवहार गरेको…

Read More

सिमकोट : मिनरल वाटरको बोतलमा रहेको पेट्रोल टुकीमा खन्याउने क्रममा आगलागी हुँदा सिमकोटमा एक जना युवक घाइते भएका छन् । घरमा उज्यालो पार्न टुकीमा पेट्रोल खन्याउने क्रममा बुधबार राति ८ बजे नजिकै रहेको भान्साको आगोले टिप्दा आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार खार्पुनाथ गाउँपालिका–३ को राया गाउँका ३४ वर्षीया मेघनाथ टमटा टुकीमा पेट्रोल हाल्ने क्रममा भान्साको चुलोबाट सल्केको आगोले पेटको भाग, अनुहार, दुबै हातको नाडी, वायाँ खुट्टामा पोलिन गई घाइते भएका छन् । आगोले जलेर घाइते भएका टमटालाई बिहीबार बिहान साढे तीन बजे जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको छ ।

Read More

मुर्रा राँगा लिन नेपालबाट चार जनाको टोली भारत जाने भएको छ। भारतले अनुदानमा दिन लागेको मुर्रा राँगा लिन असार अन्तिमतिर चार जनाको टोली भारत जान लागेको पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले जानकारी दिए। भारतले अनुदानमा दिने १५ वटा राँगालाई एकै लटमा नेपाल ल्याइने ढकालले बताए। भारत सरकारले सीमासम्म ल्याइदिने र त्यहाँबाट ल्याउने प्रबन्ध विभागले गरिरहेको उनले जनाए। मुर्रा राँगा लिन जाने टोलीमा टोलीमा पशु सेवा विभागकी महानिर्देशकसहित राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा, पशु प्रजनन केन्द्र लहान, र क्वारेन्टाइन शाखाका प्रमुख छन्। भारतले अनुदानमा दिने १५ वटा राँगालाई एकै लटमा नेपाल ल्याइने ढकालले बताए। अहिले ल्याउन लागिएको मुर्रा राँगा…

Read More

धनगढीः बाजुरामा जीप दुर्घटना हुँदा सात जना घाईते भएका छन् । जिल्लाको बुढीनन्दा नगरपालिका–१ पिपलडालीमा सुदूरपश्चिम प्रदेश ०१००१ ज १२४१ नम्बरको जीप बिहीबार दुर्घटना हुँदा ७ जना घाइते भएका हुन्। आज९बिहीबार० दिउँसो कोल्टीबाट धुलाचौर जाँदै गरेको जीप सडक छेउमा साइड दिने क्रममा सडकबाट करिब तीन मिटर तल खसेको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ। जीपमा १० जना यात्रु लिएर कोल्टीबाट धुलाचौरका लागि छुटेको जीप दुर्घटनामा परेको हो। दुर्घटनामा ७ जना सामान्य घाइते भएका छन्, भने बाँकि ३ जना सकुशल छन्। जीप दुर्घटनामा घाइते भएका मुगुको खत्याड गाउँपालिका वडा नं ९ का १४ वर्षका असल परियार, सोही ठाउँका ३० वर्षीय पुन्न…

Read More

लमजुङ : लमजुङको दोर्दी कोरिडोरबाट एक सय २६ दशमलव ८४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएसँगै यहाँ निर्माण सम्पन्न भएका पाँच आयोजनाबाट सो बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो। दोर्दी कोरिडोर प्रसारण लाइन आयोजनाका प्रमुख रमेश पौडेलका अनुसार दोर्दी कोरिडोर क्षेत्रका आयोजनाको बिजुली प्रसारण पूर्वाधार अभावमा ती आयोजनाको विद्युत् खेर जाने अवस्थामा रहे पनि गत भदौबाट प्रसारण लाइन सञ्चालनमा आएसँगै राष्ट्रिय लाइनमा धमाधम बिजुली जोडिन थालेको छ। उनले भने, “हालसम्म दोर्दी खोलामा निर्माण सम्पन्न चार आयोजना र चेपे खोलामा निर्माण सम्पन्न एक जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।” पिपुल्स हाइड्रो पावर…

Read More