Author: महेन्द्रनगर पोष्ट

बैतडी: सडकमा पहिरो खस्दा गएरातिबाट अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग सुचारु भएको छ । सडकमा खसेको पहिरो पन्छ्याएपछि राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । बैतडीको सुर्नया गाउँपालिका–८ ढोल्यामोडस्थित जयपृथ्वी राजमार्ग अन्तर्गत खोडपे–बझाङ सडक र ज्यापूमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । ढोल्यामोडको पहिरो तथा ज्यापुमा पहिरोसँगै खसेको ठुलो ढुंगा हटाएपछि राजमार्ग सुचारु भएको प्रहरी निरीक्षक जोशीले बताए । सडक सुचारु भएपछि बैतडीको पुर्चौंडी र बझाङ जाने तथा बझाङबाट अन्य जिल्लाका लागि छुटेका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

Read More

काठमाडौँ: सेवासुविधा वृद्धिसहित दरबन्दी कायम गर्न माग गर्दै दबाबमूलक कार्यक्रममा रहेका सामुदायिक विद्यालयका कर्मचारीले राजधानीको माइतीघरमा अनशन जारी राखेका छन् । उनीहरु विगत २२ दिनदेखि अनशनमा छन् । विद्यालय कर्मचारीले गत जेठ २८ गतेदेखि अनशन थालेका हुन् । अनशनमा झण्डै ६० विद्यालयका कर्मचारी सहभागी रहेका विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले जानकारी दिए । अनशनरत कर्मचारीलाई आवास र खानपिनका साथै उनीहरुको स्वास्थ्यमा समस्या देखिएको उनले बताए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समिति गठन गरेर वार्तामा आउन आमन्त्रण गरेपछि यही असार ३ गतेदेखि वार्ता थालिए पनि हालसम्म कुनै सहमति हुन सकेको छैन । “सहमति नहुँदा परिषद्ले थप आन्दोलनका कार्यक्रम ल्याउने…

Read More

काठमाडौँ: काठमाडौँ महानगरपालिका भित्र सञ्चालित निजी विद्यालयबाट उपलब्ध गराइने छात्रवृत्तिका लागि कामपा आफैले परीक्षा लिने भएको छ । कामपाका प्रमुख बालेन्द्र साहले नियमले तोकेको सिमाभित्र रहेर उक्त परीक्षा कामपाले नै सञ्चालन गर्ने बताएका हुन् । कामपा शिक्षा ऐन २०७५ तथा शिक्षा नियमावली २०७४ मा व्यवस्था भएबमोजिम महानगरपालिकाअन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीका लागि वितरण गर्ने छात्रवृत्तिका लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०र८१ देखि कामपा आफैले सञ्चालन गर्ने तयारी गरेको कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले जानकारी दिए । उनका अनुसार उक्त परीक्षा सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब, जेहेन्दार तथा पिछडिएको क्षेत्र र आदिवासी जनजातिलगायत क्षेत्रबाट भएको छनोटका आधारमा…

Read More

काठमाडौँ: रुपन्देहीको भैरहवास्थित पौवा होटलमा आयोजित विवाह भोजमा प्रयोग गरिएको अवैध मदिराबारे आन्तरिक राजस्व कार्यालय, भैरहवाले अनुसन्धान अघि बढाएको छ । गत शुक्रबार भएको भोजमा भारतबाट अवैध रुपमा ल्याइएको मदिराको प्रयोग गरिएको आशंकापछि अनुसन्धान अघि बढेको हो । कार्यालय प्रमुख शान्तिराम निरौलाले अवैध मदिराको प्रयोग भएको पुष्टि गर्ने केही प्रमाण फेला परेको जानकारी दिएका छन् । अनुसन्धानको क्रममा भारतबाट चोरीपैठारी गरिएका विभिन्न नामका रक्सीका बोतल फेला परेको हो । रेड लेबल ‘ह्विस्की’ को ५८ र एब्सुल्युट भोड्काका १० खाली बोतल बरामद गरिएको उनले बताए । अग्नि सिमेन्टका सञ्चालक एवम् अग्नि ग्रुपका निर्देशक राजकुमार पोखरेलले आफ्नो छोराको विवाहमा अवैध रुपमा भित्र्याइएको…

Read More

धनगढीः प्रहरीले धनगढीमा झण्डै ४ लाख रुपैयाँका भन्सार छलीका सामान बरामद गरेको छ । धनगढी उपमहानगरपालिका–१३ राजपुर चोकबाट भन्सार छलीका सिलिङ पंखा, टेबल पंखा, पंखा बक्स र एक थान अटो प्रहरीले बरामद गरेको हो । करिब तीन लाख मूल्यका उक्त सामान, अटो र चालकसहित दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । धनगढी–३ मिलनचोकबाट पनि करिब ७९ हजार ३३५ मूल्य बराबरका प्लाष्टिक झिल्ली, खुर्सानी, साबुन, सुटलगायतका सामान प्रहरीले बरामद गरेको छ । उक्त सामान बेवारिसे अवस्थामा फेला परेका प्रहरीले बताएको छ । धनगढी–१३ कै राजपुरबाट करिब चार हजार ६ सय मूल्य बराबरका भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ ।…

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको वेदकोट नगरपालिका–७ का २३ वर्षीय किरण जोशी पक्राउ परेका हुन् । उनलाई भीमदत्त नगरपालिका–४ बसपार्क नजिकैको एक रेष्टुरेन्टबाट ६५० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

Read More

धनगढीः निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बैतडीको सुर्नया गाउँपालिका–६ मोतीनगरस्थित जयपृथ्वी राजमार्ग अन्तर्गत खोडपे–बझाङ सडकमा पहिरो खस्दा आइतवार रातिदेखि सडक अवरुद्ध भएको प्रहरीले बताएको छ । त्यस्तै, सुर्नया–८ ढोल्यामोडस्थित सडकमा पनि पहिरो खसेको छ । राजमार्ग अवरुद्ध भएपछि लामो तथा छोटो दुरीका यातायात सेवा प्रभावित बन्दा यात्रु बीच बाटोमै अलपत्र परेका बताइएको छ । पहिरो पन्छ्याउन सम्बन्धित निकायसँग समन्वय भइरहेको र पूर्ण रुपमा पहिरो पन्छ्याउन समय लाग्ने देखिएको प्रहरीले बताएको छ ।

Read More

पाल्पा: जिल्लाको रिब्दीकोट गाउँपालिका–१ ख्याहाले दुईभन्दा बढी सन्तान जन्माउने आमाबुवालाई सम्मानस्वरूप प्रोत्साहन भत्ता दिने भएको छ। तीन सन्तान जन्माएर वडामा जन्मदर्ता गराउन आउने आमाबुवालाई नगद ५ हजार प्रोत्साहन भत्ता दिइने वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । वडामा जनसंख्या वृद्धि गर्नका लागि पनि यो नीति लिएको उनले बताए । २ भन्दामाथि जति सन्तान जन्माए पनि जन्म दर्ता गर्न आउने परिवारलाई प्रोत्साहन भत्ता उपलब्ध गराइनेछ । गाउँमा जनसंख्या घट्दै जाँदा काम गर्ने जनशक्तिको अभाव हुन थालेको र कृषि गर्ने मानिसको अभावमा खेतबारी बाँझिनुका साथै यहाँका नागरिक भोकै मर्नुपर्ने अवस्था सिर्जना हुँदै गएकाले जनसंख्या वृद्धि गर्न खोजिएको बताइएको छ। त्यस्तै, गाउँका विद्यालय रित्तिँदै गएको…

Read More

काठमाडौँ: पूर्व युवराज्ञी हिमानी शाहले पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवमा वृक्षारोपण गर्ने कार्यक्रम छ । ललितपुरको दुर्गम कोञ्ज्योसोम गाउँपालिकास्थित दलचोकीमा वृक्षारोपण कार्यक्रम राखिएको छ । पूर्वराजा शाहको शुभ जन्मोत्सवको उपलक्ष्यमा हिमानी कोषकी अध्यक्ष हिमानीले बिहान ९ बजे चेरी ब्लोसमको पाँच सय बिरुवा रोप्ने जानकारी दिइएको छ । पूर्वराजाको जन्मदिन असार २३ गते पर्दछ । यो वर्ष ७७औँ जन्मोत्सव मनाउन लागिएको छ ।

Read More

धनगढीः कैलालीमा वन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–१ विशालनगरका हर्कबहादुर सिम्सेली आइतवार पक्राउ परेका हुन् । कैलाली जिल्ला अदालतले २०७६ पुष ८ गते उनलाई ११ हजार ६८० रुपैयाँ जरीवाना तोकेको थियो । जरीवाना नतिरी फरार रहेका उनलाई हिजो पक्राउ गरी आवश्यक कारबाहीका लागि कैलाली अदालतमा उपस्थित गराइएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

Read More