Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपाल प्रहरीका पदोन्नति भएका ७ जना अधिकृतलाई प्रहरी महानिरीक्षक (आइजीपी) बसन्त कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ पुस ५ गतेको निर्णय अनुसार २ जना प्रहरी नायव महानिरीक्षक (डीआइजी) हरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा र गृह मन्त्रालय (सचिवस्तर) को निर्णय अनुसार ५ जना प्राविधिक प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूलाई प्राविधिक प्रहरी उपरीक्षक (एसपी) पदमा पदोन्नति गरिएको थियो। त्यसपछि आज एआईजीद्वय भरतबहादुर बोहरा र दुर्गा सिंह चन्दलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। सो कार्यक्रममा आइजीपी कुँवरले पदोन्नति प्राप्त गरेका अधिकारीहरूको भूमिकालाई उच्च प्रशंसा गर्दै आगामी दिनमा उनीहरूले थप जिम्मेवारीका साथ काम गर्न निर्देशन दिए। यस्तै आइजीपी…

Read More

काठमाडौं: दार्चुला सदरमुकामनजिक महाकाली नगरपालिका-५ स्थित वीरेन्द्रवन नजिक नेपाल-भारत सीमा नदी महाकाली नदीवारि (नेपालतर्फ) आएको भारतीय स्काभेटर फिर्ता गरिएको छ। गृहमन्त्री रमेश लेखकको ठाडो आदेशमा चालक र स्काभेटर फिर्ता गरिएको बताइएको छ। दार्चुलाका सिडिओ यज्ञराज जोशीले सो स्काभेटर फिर्ता गराइएको जानकारी दिए। उनका अनुसार सो स्काभेटरले नेपाली बाटो सजिलो भएकाले प्रयोग गरेको भनेपछि छोडिएको हो। आइतबार बिहान साढे ११ बजेतिर अनुमतिबिना भारतीय ठेकेदार कम्पनीको स्काभेटर महाकाली नदी तरेर वारि आइपुगेको थियो। अहिले नेपाल र भारतको पश्चिम सिमाना भएर बग्ने महाकाली नदीको धार परिवर्तनका लागि भारतले पुनः प्रयास गरिरहेको छ। दार्चुलाको सीमानामा रहेको साझा नदी महाकालीको नेपालतर्फ किनारमा अनुमति बिना भारतले…

Read More

काठमाडौं: फरार रहेकी निलम्बित इन्सपेक्टर बिनुकुमारी शाही जिल्ला अदालत ललितपुरमा उपस्थित भएकी छन्। उनी लामोसमय पक्राउ पूर्जी जारी भएपछि फरार रहेकी थिइन्। उनलाई गृहमन्त्री रमेश लेखकले संरक्षण पनि गर्दै आएकोले प्रहरीले पक्राउ गरेको थिएन। यद्यपि अदालयमा मुद्दा गैसकेपछि उनी आज आइतबार उपस्थित भएकी हुन्। न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा उनको पेशी चढेको छ। अदालत उपस्थित भएकी शाहीको बयान सकिएपछि बहस हुनेछ। त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने वा साधारण तारेख तथा धरौटीमा रिहा गर्ने भन्ने आदेश आउने छ। उनीमाथि युवतीलाई प्रयोग गरेर बलात्कार मुद्दामा फसाउने भन्दै रकम असुलेको आरोप छ।यसअघि इन्सपेक्टर शाहीसहित ६ जनालाई प्रतिवादी बनाउँदै आपरापधिक लाभ र संगठित अपराधको कसुरमा ललितपुर जिल्ला…

Read More

कञ्चनपुर: गृहमन्त्री रमेश लेखककै गृहनगर भीमदत्त नगरपालिकामा भूमाफियालाई संरक्षण दिएको आरोपसहित स्थानीय युवाहरूले विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले नगर विकास समितिको अतिक्रमित जमिन फिर्ता ल्याउन गृहमन्त्रीलाई ध्यानाकर्षण गराउँदै तत्काल कारबाहीको माग गरेका हुन्। भीमदत्त नगर विकास समितिको ६३८ बिगाहा ८ कट्टा १३ धुर जमिन विगत लामो समयदेखि भूमाफियाहरूले हिनामिना गर्दै आएको छ। यसबारे अदालतले दोषी ठहरिएका तत्कालीन अध्यक्ष र कर्मचारीहरूलाई करोडौंको बिगोसहित जेल सजायको फैसला गरेको थियो। गृहमन्त्री नारायणकाजी श्रेष्ठ र रवि लामिछानेको कार्यकालमा सरकारी अतिक्रमणमा परेका जमिन फिर्ता ल्याउन गृहमन्त्रालयले निर्देशन दिएको थियो। सो निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सर्वदलीय बैठकमार्फत अतिक्रमित जमिन खाली गराउने निर्णय गरेको थियो। केही…

Read More

धनगढी: कैलालीको धनगढीमा प्रहरीले २ जना भारतीयलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीले सुनजस्तो देखिने ५४९.२०० ग्राम वस्तु, नगद र अन्य सामग्रीसहित दुई जनालाई पक्राउ गरेको हो। धनगढी उपमहानगरपालिका–३, ट्राफिक चौराहमा शंका लागेपछि चेकजाँच गरिएको भारतीय नम्बर प्लेटको सो गाडीबाट उक्त सामग्री फेला परेको हो। कैलाली प्रहरीका प्रमुख पदम बहादुर बिष्टको कमाण्डमा खटिएको टोलीले युपी ३२ जेभी ९२०० नम्बरको गाडी चेकजाँच गर्दा सुन जस्तो देखिने वस्तु, एक थान ल्यापटप, दुई थान मोबाइल, नेपाली रुपैयाँ ४४ हजार ८१० र भारतीय रुपैयाँ १ हजार २८० फेला पारेको छ। गाडीका चालक, भारतको पलियाका ४४ वर्षीय दिपक गुप्ता र सोही गाडीमा सवार ३४…

Read More

दार्चुला, खलंगा: दार्चुला सदरमुकामनजिक महाकाली नगरपालिका-५ स्थित वीरेन्द्रवन नजिक नेपाल-भारत सीमा नदी महाकाली नदीवारि (नेपालतर्फ) भारतीय एक्स्काभेटर आएको छ। आइतबार बिहान साढे ११ बजेतिर अनुमतिबिना भारतीय ठेकेदार कम्पनीको एक्स्काभेटर महाकाली नदी तरेर वारि आइपुगेको छ। खलंगामा भारतीय स्काइभेटरले अनुमति बिना महाकाली नदी पार गर्दै नेपालको सीमा अतिक्रमण गरेपछि स्थानीयले कडा विरोध जनाएका छन्। नेपाल प्रहरीले स्काइभेटरका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। स्थानीय बासिन्दाका अनुसार भारतीय पक्षले सीमा क्षेत्रमा यस्ता गतिविधि विगतदेखि नै गर्दै आएको छ। स्थानीयले यस घटनालाई नेपालको सार्वभौमसत्तामाथिको अतिक्रमण भन्दै आक्रोश व्यक्त गरेका छन्। घटनास्थलमा भेला भएका स्थानीयले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। उनीहरूले भारतको…

Read More

कञ्चनपुरः कञ्चनपुरको वेदकोट नगरपालिका–९ सुन्दरपुरका लोकेन्द्र विष्टको ६ महिनादेखि कुनै अत्तोपत्तो छैन। रोजगारीको क्रममा लोकेन्द्रले यसअघि मलेसिया, साउदी अरब र संयुक्त अरब इमिरेट्समा पसिना बगाइसकेका थिए। तर त्यहाँको कमाइले घरको गुजारा मात्र चल्यो। एउटा भरपर्दो ओत पनि बनाउन नसकेपछि उनले रुस–युक्रेन युद्धमा होमिने निर्णय गरेका थिए। छिमेकी दाजुभाइ विराजन र निराजन विष्ट रुस जान लागेको थाहा पाएपछि लोकेन्द्रले पनि दलाललाई भेटेका थिए। दलालले उनीहरूबाट सात÷सात लाख उठाए। यसका लागि लोकेन्द्रले पनि गाउँमै ऋण काढेका थिए। दिल्ली हुँदै रुस पुगेका उनीहरूलाई एक सातामै सेनामा भर्ना गरियो। त्यसपछि केही दिन सामान्य तालिम दिएर सिधै युद्धमा खटाइयो। सँगै गएका विराजन वैशाख १७ मा युद्धकै…

Read More

धनगढी: अछाममा अछाममा आफैंमाथि गोली चलाउने प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले राजीनामा दिएका छन्। सो प्रकरणमा छानबिन गर्दा दोषी देखिएपछि चन्दले राजीनामा दिएका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले उनलाई बर्खास्त गर्न सिफारिस गरेपनी सो कारबाहीबाट उन्मुक्ति दिएर उनको राजीनामा स्वीकृत गरिएको हो। केही दिन अगाडिमात्रै चन्दले राजीनामा दिएको र स्वीकृत भैसकेको स्रोतले जनाएको छ। त्यस अगाडि सो घटनामा सुदूरपश्चिमका तत्कालीन डीआईजी रविन्द्र केसीले एक छानबिन समिति बनाएर छानबिन गरेका थिए। त्यसपछि समितिले रिपोर्ट बुझाएको थियो। सो रिपोर्टमा असईको गल्ती ठहर गर्दै उनलाई संगठनबाट बर्खास्त गर्न सिफारिस गरिएको थियो। घटनाको छानविन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले गठन गरेको डोटी…

Read More

धनगढी: नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालासँग नेकपा माओवादी केन्द्रका नेता तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री ओम विक्रम भाट सरलले भेटवार्ता गरेका छन्। आज धनगढीमा भएको भेटवार्तामा उनीहरुबीच समसामयिक विषयवस्तुमा कुराकानी भएको बताइएको छ। स्रोतका अनुसार सरलले शेखरलाई सुदूरपश्चिममा स्वागत गर्दै सुदूरपश्चिमका समस्याहरुबारे छलफल गरेका थिए। जसमा हिजो बाजुरामा गएको भुकम्पबारे संघीय सरकार र प्रदेश सरकारको गैरजिम्मेवार रवैयाका कारण राहत नपाएको पिडित अलपत्र रहेको सम्बन्धमा सरकारसंग आवस्यक पहल गरिदिन आग्रह गरिएको थियो। यस्तै सरलले दशरथ चन्द राष्ट्रिय चिकित्सा विश्वविद्यालय कांग्रेसकै कारण अगाडि बढ्न नसकेकोहुँदा यसलाई अगाडि बढाउन भुमिका निर्वाह गरिदिन आग्रह गरेको बताइन्छ। त्यसैगरी सुख्खाबन्दरगाह, विकास,…

Read More

कञ्चनपुरः महेन्द्रनगर बजारमा सहरी विकास परियोजना अन्तर्गतको सडक स्तरोन्नति कार्य अस्तव्यस्त बनेको छ। सडक कालोपत्रे भए पनि बिजुली र टेलिफोनका पोल बीचमै रहँदा र खाल्डाखुल्डी पुरिन नसक्दा समस्या उत्पन्न भएको छ। एसियाली विकास बैंकको सहयोगमा सुरु भएको यस परियोजना ६ वर्षपछि पनि पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन। नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमले पोल सार्न ढिलाइ गर्दा सडक निर्माणको प्रगति प्रभावित भएको भीमदत्त नगरपालिकाका सबइन्जिनियर पवन लेखकले बताए। पहिलो चरणमा १४ किलोमिटर सडक स्तरोन्नति र अन्य भौतिक पूर्वाधार निर्माण लगभग ९६ प्रतिशत सम्पन्न भएको छ। दोस्रो चरणको कामका लागि पनि ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

Read More