Author: महेन्द्रनगर पोष्ट

धनगढीः शनिवार साँझ कैलालीको अत्तरियामा सिट्टी बजाएर प्रदर्शन गरिएको छ। गेटामा निर्माणाधिन शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक चालु संसदबाटै अनुमोदन गरिनुपर्ने लगायतका माग गर्दै अत्तरियामा सिट्टी बजाएर विरोध प्रदर्शन गरिएको हो। शनिवार साँझ शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले विधेयक अनुमोदनसंगै गेटामा तत्काल ६ सय शैय्याको अस्पताल संचालन गरिनुपर्ने माग गर्दै सिट्टी बजाएर प्रदर्शन गरेको थियो। संघर्ष समितिका संयोजक लोक राज पाण्डेयले गेटामा स्वास्थ्य विश्वविद्यालय स्थापनाका लागि भइरहेको चरणवद्ध आन्दोलनका कार्यक्रम अन्तरगत सरकारको कान, आँखा खोल्न सिट्टी बजाएर विरोध प्रदर्शन गरिएको बताए।

Read More

डडेल्धुरा: डोटीकी एक महिलाको भारतमा हत्या भएको छ। जिल्लाको शिखर नगरपालिका सुर्काल घर भइ हाल भारतको गुजरातस्थित वापीमा बस्दै आएकी लक्ष्मी पार्कीको हत्या भएको हो। उनको शव गत जेठ ३० गते घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको थियो। उनी पति अर्जुन पार्कीसहित छोरीहरुसँग विगत ४ महिनादेखि बसिरेकी थिइन्। पति कोठाभन्दा केही पर एक होटलमा काम गर्ने गरेको र घटनाको रात पनि होटलमै रहेको आफन्त नरेश पार्कीले बताए। उनको अनुसार ३ छोरी साथमा रहेको बेला कोठामा ३ जना अज्ञातव्यक्ति प्रवेश गरि बलात्कारपछि लक्ष्मीको हत्या गरेको भनेर प्रहरीले बताइरहेको छ। प्रहरीले तिनै आरोपितलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको मृतकका आफन्त नरेश बताउँछन्।…

Read More

धनगढी: नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको सचेतकमा गिताकुमारी चौधरी नियुक्त भएकी छन्। अस्ति नै संसदीय दलका नेता कमलबहादुर शाहले उनलाई दलको सचेतकमा नियुक्त गरेका हुन्। निर्णय अस्ति नै भएको भएपनी आज मात्र सार्वजनिक गरिएको हो। उनलाई सचेतक बनाइएको कुरा काँग्रेसका प्रदेश सभा सदस्य प्रकाश बमले पुष्टि गरे।

Read More

धनगढी: नेपाली काङ्ग्रेस निकट नेपाल प्रेस युनियन दार्चुलाको छैटौं जिल्ला अधिबेशनले पत्रकार कमलराज जोशीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। जिल्ला समन्वय समिति प्रमुख महादेव बडुको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सत्रपछि आयोजित बन्दसत्रले सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको हो। जिल्ला शाखाको उपाध्यक्षमा गणेश सिंह धामी, समावेशी उपाध्यक्षमा बिशन सिह बुढाथोकी, सचिवमा प्रकाशचन्द्र भट्ट, सहसचिवमा बिजया जोशी र कोषाध्यक्षमा नरेन्द्र राज बडू निर्वाचित भएका छन्। यस्तै सदस्यहरुमा क्रमश: रणजित सिंह खत्री, दिपक साउद, हिरा सिंह धामी, गोबिन्द सिंह धामी, मनिषा बिष्ट, सुनिता कार्की र हेमन्ती भट्ट चयन भएका छन्। युनियनका केन्द्रीय उपाध्यक्ष प्रेम चुनाराको उपस्थितिमा अधिवेशन सम्पन्न भएको थियो।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अछामको बयालपाटा अस्पतालका लागि बजेट विनियोजन गरिएको बताएका छन्। नमूना अस्पतालका रूपमा सञ्चालित सो अस्पतालमा बजेट छुट्याइएन भनेर सामाजिक सञ्जालमा आक्रोश पोखिएपछि मुख्यमन्त्री शाहको प्रतिक्रिया आएको हो। शनिबार कञ्चनपुरको बेलौरीमा थारु जातिमा देखिने सिकलसेल एनिमिया र थालेसिमिया रोगको पहिचान र निदानलाई प्रभावकारी कार्यान्वयन, नियन्त्रणका लागि स्थानीय तहसँगको समन्वयमा निःशुल्क शिविरको उद्घाटनका क्रममा शाहले विगतमा झैँ बयालपाटा अस्पतालमा बजेट छुट्याइएको बताए। ‘‘प्रदेश सभामा बजेट सार्वजनिक गर्दा केही दुबिधा भएको छ’’, उनले भने, ‘‘बयालपाटा अस्पतालका लागि अघिल्लो वर्ष प्रदेश सरकारले दिएको सुविधा यथावत् राखिएको छ। अघिल्लो वर्ष नौ करोड रुपियाँ सो अस्पतालका लागि छुट्याएको थियो।’’ अस्पतालको…

Read More

काठमाडौं : स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिवकुमार गिरीको सवारी दुर्घटनामा निधन भएको छ । सदरमुकाम पुतलीबजारको बर्जामा भएको सवारी दुर्घटनामा उनको ज्यान गएको बताइएको छ । राति बालिङबाट पुतलीबजारतर्फ आउँदै गरेको अवस्थामा उनी चढेको जिप दुर्घटनामा परेको हो । बा. १५ च १७०१ नम्बरको स्कारपियो जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिपले च्यापेको अवस्थामा फेला परेका गिरीको जिल्ला अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको हो । चालक सुरज नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चापाकोट नगरपालिका ४, दार्सिङ निवासी ६० वर्षे गिरी पुतलीबजारमा बस्दै आएका थिए ।

Read More

धनगढी: कैलालीमा भन्सार छलीका २ लाख बढीका सामानसहित मोटरसाईकल फेला परेको छ। जिल्लाको भजनी नगरपालिका–५ हलुवाघाट जंगलमा भारतबाट भन्सार छलीगरि ल्याएका जुता, चप्पल, प्लाष्टिक पाईप अन्दाजी १ लाख ६१ हजार ५० मुल्य बराबरको सामान फेला परेको छ। शनिवार इलाका प्रहरी कार्यालय भजनी र इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सामानसहित मोटरसाईकल बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ। से.४ प.१४१२ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ: निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई मातृशोक परेको छ । उनकी ९० वर्षीया आमा डम्बरकुमारी थपलियाको शुक्रवार निधन भएको हो । प्रमुख निर्वाचन आयुक्त थपलिया तीन भाइमध्येका कान्छा हुन् । उनका दुई जना दाइहरुमध्ये जेठा योगराज थपलिया र माइला सुरेश थपलिया हुन् ।

Read More

धनगढी: धनगढीमा भन्सार छलीका सामान बरामद गरिएको छ । उप–महानगरपालिकाको वडा नम्बर २ ट्राफिक चौराहमा भारतबाट भन्सार छली ल्याएका नौँ हजार मूल्य बराबरका सामान बरामद गरिएको हो । चिनी, ललिपप, पास्ता, माउन्टेन डिउ, बिडी लगायतका सामानहरु बेवारीसे अवस्थामा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । त्यस्तै, धनगढी–१९ थापाघाटमा भारतबाट भन्सार छली ल्याएका १० हजार मूल्य बराबरका चिनी, पास्ता बेवारिसे अवस्थामै फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Read More

धनगढीः धनगढी उपमहानगरपालिका-१ पशुपति टोलका शेख मुनिर अहमदको घर नेपाल कम्युनिष्ट पार्टीले कब्जामा लिएको छ । मुनिरको घरमा सूचना टाँस गर्दै नेपाल कम्युनिष्ट पार्टीले घर कब्जामा लिएको जनाएको हो । जनताको आग्रहमा घर कब्जा गरिएको जनाउँदै सूचनामा लेखिएको छ,‘सयौँ जनालाई घरबारविहीन बनाउने, कयौँलाई आत्महत्या गर्न बाध्य पार्ने तथा कयौँलाई बेपत्ता हुन बाध्य बनाउने कुख्यात मिटरव्याजी शेख मुनिर अहमदको घर जनताको आग्रह र सहभागितामा जननियन्त्रणमा लिइएको छ ।’ नेपाल कम्युनिष्ट पार्टीले अहमदलाई कुख्यात मिटरव्याजीको संज्ञा दिँदै लेखेको छ, ‘कुख्यात अपराधिका अन्य चल–अचल सम्पत्तिको सूचना पाउने बित्तिकै जफत गरिनेछ र सो सम्पत्तिको स्वामित्व पनि पीडित जनतामै रहनेछ ।’

Read More