काठमाडौँ: सुनचाँदीको मूल्य आज पनि घटेको छ । आज तोलामा तीन सय रुपैयाँले घटेर एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको थियो । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर एक हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
Author: महेन्द्रनगर पोष्ट
धनगढी: धनगढीमा प्रहरीले बेवारिसे अवस्थामा भन्सार छलीका सामान फेला पारेको छ । धनगढी उपमहानगरपालिका–३ मिलनचोकमा लेडिज सुट, कुर्ती, पास्ता लगायतका सामान आइतवार प्रहरीको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको हो । भन्सार छली ल्याएका अन्दाजी ४१ हजार ५ सय मूल्य बराबरका ती सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
कञ्चनपुर: कञ्चनपुरमा पछिल्लो समय राहदानी बनाउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि राहदानी वितरणलाई सहज बनाउन कार्यालय समयसँगै अतिरिक्त समय पनि सेवा दिँदै आएको छ । त्यस्तै, जिल्लाबाट गत वर्ष दश हजार एक सय ९४ जनाले राहदानी लिएको प्रशासन कार्यालयको राहदानी फाँटका कम्प्युटर अपरेटर कमल बोहराले जानकारी दिए। “दुई हजार नौ सय १४ महिला र सात हजार दुई सय ८० पुरुषले राहदानी लिएका छन्,” उनले भने, “पछिल्लो समय प्रवीणता प्रमाणपत्र तह पास गरेर विदेश जाने युवायुवती राहदानी बनाउन आउने क्रम बढेको छ ।” पछिल्लो समय खाडीलगायत तेस्रो मुलुक जाने सङ्ख्या वृद्धि भएसँगै राहदानी बढाउनेको सङ्ख्या…
बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का माधव भट्टका १४ वर्षीय छोरा रमेश भट्ट आफ्नो घरपरिवारबाट सम्पर्कविहीन भएका छन् । उनी आइतबार दिउँसोबाट बेपत्ता रहेका बताइएको छ । उनको खोजिका लागि प्रहरी चौकि शैलोडामा निवेदन पनि दिएको उनका आफन्त वीरेन्द्र भट्टले बताए । रमेशलाई कसैले देखे नजिकको प्रहरी चौकी वा ९८६८७४४२६७ मा खबर गरिदिन आग्रह गरिएको छ ।
धनगढीः कैलाली कारागारका एक जना कैदीबन्दीको मृत्यु भएको छ । चोरी मुद्दामा कैद भुक्तान गरिरहेका बैतडीको दोगदाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज विष्टको मृत्यु भएको हो । उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार उनी क्षयरोगबाट पीडित थिए ।
बाजुरा: बाजुराकाे बडिमालिका नगरपालिका ९ स्थित बाउली खाेलाले बगाउँदा ट्याक्टरका चालक बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार कोल्टीबाट मार्तडी आउँदै गरेको से २ त ३२२५ नम्बरको ट्याक्टर बगेकाे स्थानभन्दा केही तल ढुगांमा अड्किएको अवस्थामा फेला परे पनि चालक डुवनारायण चौधरी अझै बेपत्ता छन्। ट्याक्टर डोटीका व्यापारी पुष्प खड्काको रहेको प्रहरीले जनाएको छ। बेपत्ता चालककाे खाेजी भइरहेकाे बाजुराका प्रहरी प्रमुख कविन्द्रसिंह बोहराले बताए।
अछाम: अछामको एक पसलमा पानीको बोतलभित्र मरेको किरा भेटिएको छ। सेती जल नामक पिउने पानीको शिल प्याक बोतलभित्र किरा भेटिएको हो। जिल्लास्थित एकजना ग्राहकले पानी किन्ने क्रममा पानीको बोतलभित्र किरा भेटिएको थियो। उनले उक्त बोतलको भिडियो बनाएर सामाजिक संजाल टिकटकमा पोस्ट गरेका छन्। उक्त सेती जल उत्पदक कम्पनीका सञ्चालक प्रकाश कुँवरले भने आफुहरुले त्यस्तो पानी नबेचेको दाबी गरे। कसैले कम्पनीको नाम खराब गर्न जानाजान शिल खोलेर किरा हालेको उनको भनाई छ।
डोटी: नेपाल प्रेस युनियन डोटीको अध्यक्षमा चक्र कुँवर चयन भएका छन्। आइतबार सम्पन्न ५ औँ अधिवेशनबाट कुँवर अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा चक्र मल्ल र सरिता कठायत चयन भएका छन्। यस्तै, सचिवमा विक्रम खडका, सह सचिवमा प्रतीक्षा धामी, कोषाध्यक्षमा दीपेन्द्र खडका चयन भएका छन्। अधिवेशन शनिवारदेखि सुरु भएको थियो ।
बैतडी: बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु भएको छ। जिल्लाको पुर्चाैडी नगरपालिका-२ को भैरु टोलमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु भएको हो। गएराति घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा अन्दाजी २५ वर्षीया अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजन जागरीको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै मृतक अञ्जुकी सासुआमा ४५ वर्षीया राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीले जानकारी दिए। सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीया जस्मा बोहरा पनि घाइते भएकी छन्। मृतक अञ्जुका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका बताइएको छ। प्रहरीका अनुसार घरमा पूर्ण क्षति पुगेको…
कञ्चनपुरः कञ्चनपुरमा भारतीय नम्बरको कारसहित एक जना पक्राउ परेका छन्। भन्सार छली गरी ल्याएका विभिन्न खुन्टी, चुकुल ताला, स्टेसनरीका सामान र उक्त सामान बोकेको कार गरी अन्दाजी ७ लाख ९९ हजार ७ सय मूल्य बराबरका सामान र कारसहित एक जना भारतीय नागरिकलाई कञ्चनपुर प्रहरीले आइतबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा भिमदत्त नगरपालिका वडा नम्बर–४ बजारमा उनलाई पक्राउ गरेको जनाएको छ। बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाइएको छ।