धनगढी: कैलालीको धनगढीमामा प्रहरीले २ जना भारतीयलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीले सुनजस्तो देखिने ५४९.२०० ग्राम वस्तु, नगद र अन्य सामग्रीसहित दुई जनालाई पक्राउ गरेको हो। धनगढी उपमहानगरपालिका–३, ट्राफिक चौराहमा शंका लागेपछि चेकजाँच गरिएको भारतीय नम्बर प्लेटको सो गाडीबाट उक्त सामग्री फेला परेको हो। कैलाली प्रहरीका प्रमुख पदम बहादुर बिष्टको कमाण्डमा खटिएको टोलीले युपी ३२ जेभी ९२०० नम्बरको गाडी चेकजाँच गर्दा सुन जस्तो देखिने वस्तु, एक थान ल्यापटप, दुई थान मोबाइल, नेपाली रुपैयाँ ४४ हजार ८१० र भारतीय रुपैयाँ १ हजार २८० फेला पारेको छ। गाडीका चालक, भारतको पलियाका ४४ वर्षीय दिपक गुप्ता र सोही गाडीमा सवार ३४…
Author: महेन्द्रनगर पोष्ट
दार्चुला, खलंगा: दार्चुलाको सदरमुकाम खलंगामा भारतीय स्काइभेटरले अनुमति बिना महाकाली नदी पार गर्दै नेपालको सीमा अतिक्रमण गरेपछि स्थानीयले कडा विरोध जनाएका छन्। नेपाल प्रहरीले स्काइभेटरका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। स्थानीय बासिन्दाका अनुसार भारतीय पक्षले सीमा क्षेत्रमा यस्ता गतिविधि विगतदेखि नै गर्दै आएको छ। स्थानीयले यस घटनालाई नेपालको सार्वभौमसत्तामाथिको अतिक्रमण भन्दै आक्रोश व्यक्त गरेका छन्। घटनास्थलमा भेला भएका स्थानीयले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। उनीहरूले भारतको दादागिरी र सीमा मिच्ने प्रवृत्तिको कडा आलोचना गरेका छन्। प्रहरीका अनुसार आज बिहानदेखि स्काइभेटरका चालकलाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको छ। घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको र स्थानीय प्रशासनले यसबारे भारतीय…
कञ्चनपुरः कञ्चनपुरको वेदकोट नगरपालिका–९ सुन्दरपुरका लोकेन्द्र विष्टको ६ महिनादेखि कुनै अत्तोपत्तो छैन। रोजगारीको क्रममा लोकेन्द्रले यसअघि मलेसिया, साउदी अरब र संयुक्त अरब इमिरेट्समा पसिना बगाइसकेका थिए। तर त्यहाँको कमाइले घरको गुजारा मात्र चल्यो। एउटा भरपर्दो ओत पनि बनाउन नसकेपछि उनले रुस–युक्रेन युद्धमा होमिने निर्णय गरेका थिए। छिमेकी दाजुभाइ विराजन र निराजन विष्ट रुस जान लागेको थाहा पाएपछि लोकेन्द्रले पनि दलाललाई भेटेका थिए। दलालले उनीहरूबाट सात÷सात लाख उठाए। यसका लागि लोकेन्द्रले पनि गाउँमै ऋण काढेका थिए। दिल्ली हुँदै रुस पुगेका उनीहरूलाई एक सातामै सेनामा भर्ना गरियो। त्यसपछि केही दिन सामान्य तालिम दिएर सिधै युद्धमा खटाइयो। सँगै गएका विराजन वैशाख १७ मा युद्धकै…
धनगढी: अछाममा अछाममा आफैंमाथि गोली चलाउने प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले राजीनामा दिएका छन्। सो प्रकरणमा छानबिन गर्दा दोषी देखिएपछि चन्दले राजीनामा दिएका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले उनलाई बर्खास्त गर्न सिफारिस गरेपनी सो कारबाहीबाट उन्मुक्ति दिएर उनको राजीनामा स्वीकृत गरिएको हो। केही दिन अगाडिमात्रै चन्दले राजीनामा दिएको र स्वीकृत भैसकेको स्रोतले जनाएको छ। त्यस अगाडि सो घटनामा सुदूरपश्चिमका तत्कालीन डीआईजी रविन्द्र केसीले एक छानबिन समिति बनाएर छानबिन गरेका थिए। त्यसपछि समितिले रिपोर्ट बुझाएको थियो। सो रिपोर्टमा असईको गल्ती ठहर गर्दै उनलाई संगठनबाट बर्खास्त गर्न सिफारिस गरिएको थियो। घटनाको छानविन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले गठन गरेको डोटी…
धनगढी: नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालासँग नेकपा माओवादी केन्द्रका नेता तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री ओम विक्रम भाट सरलले भेटवार्ता गरेका छन्। आज धनगढीमा भएको भेटवार्तामा उनीहरुबीच समसामयिक विषयवस्तुमा कुराकानी भएको बताइएको छ। स्रोतका अनुसार सरलले शेखरलाई सुदूरपश्चिममा स्वागत गर्दै सुदूरपश्चिमका समस्याहरुबारे छलफल गरेका थिए। जसमा हिजो बाजुरामा गएको भुकम्पबारे संघीय सरकार र प्रदेश सरकारको गैरजिम्मेवार रवैयाका कारण राहत नपाएको पिडित अलपत्र रहेको सम्बन्धमा सरकारसंग आवस्यक पहल गरिदिन आग्रह गरिएको थियो। यस्तै सरलले दशरथ चन्द राष्ट्रिय चिकित्सा विश्वविद्यालय कांग्रेसकै कारण अगाडि बढ्न नसकेकोहुँदा यसलाई अगाडि बढाउन भुमिका निर्वाह गरिदिन आग्रह गरेको बताइन्छ। त्यसैगरी सुख्खाबन्दरगाह, विकास,…
कञ्चनपुरः महेन्द्रनगर बजारमा सहरी विकास परियोजना अन्तर्गतको सडक स्तरोन्नति कार्य अस्तव्यस्त बनेको छ। सडक कालोपत्रे भए पनि बिजुली र टेलिफोनका पोल बीचमै रहँदा र खाल्डाखुल्डी पुरिन नसक्दा समस्या उत्पन्न भएको छ। एसियाली विकास बैंकको सहयोगमा सुरु भएको यस परियोजना ६ वर्षपछि पनि पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन। नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमले पोल सार्न ढिलाइ गर्दा सडक निर्माणको प्रगति प्रभावित भएको भीमदत्त नगरपालिकाका सबइन्जिनियर पवन लेखकले बताए। पहिलो चरणमा १४ किलोमिटर सडक स्तरोन्नति र अन्य भौतिक पूर्वाधार निर्माण लगभग ९६ प्रतिशत सम्पन्न भएको छ। दोस्रो चरणको कामका लागि पनि ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
काठमाडौं: नेपाल प्रहरीमा ३ नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी रिक्त छ। अहिलेसम्म उमेर हदले अवकाशमा गएका र केही डीआईजीको बढुवा भएपछि ३ पद रिक्त भएको हो। हालैमात्र डीआईजी अर्जुन चन्द ठकुरी अवकाशप्राप्त बनेका थिए भने डीआईजीद्वय दुर्गा सिंह चन्द र भरतबहादुर बोहरा अतिरिक्त महानिरीक्षकमा बढुवा भएका थिए। उनीहरूले भोलि फूली लगाउने सम्भावना छ।अब उनीहरुको स्थानमा पनि बढुवा गर्ने तयारी थालिएको छ। जसका लागि एसएसपीहरु शक्तिकेन्द्र धाईरहेका छन्। जसमा एसएसपी ओमबहादुर राना अब डीआईजीमा बढुवा हुने एसएसपीको पहिलो नम्बरमा छन्। यस्तै ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, दिलिप देउवा, अरुण पौडेल र गोविन्द थपलिया लगायतमा मुख्य दाबेदार देखिएका छन्। त्यसबाहेक हालै…
धनगढी: कैलालीमा थुनामुक्त गरिदिन्छु भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ परेका छन्। हिजो (शुक्रबार) साँझको समयमा यसरी घुस खाने तीन जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। जिल्लाको धनगढी उपमहानगरपालिका–१ बाट लागुऔषध मुद्दामा अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका एक जना थुनुवालाई थुनामुक्त गरादिन्छु भन्दै थुनुवाका परिवारका सदस्यहरुबाट ३९ हजार ५ सय भारु लिने व्यक्ति पक्राउ परेका हुन्। गौरीगंगा नगरपालिका–७ का २९ वर्षीय रुपक साउँद, सोही स्थानका २२ वर्षीय रमेश साउँद १९ वर्षीय हर्क साउँद पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर बिष्टले जानकारी दिए। उनका अनुसार तिनीहरूले नक्कली मिसिल र कागजात…
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बम सवार गाडी दुर्घटना भएको छ। राज्यमन्त्री बम सवार गाडी आज साँझ भारतको पलिया बजार नजिक दुर्घटनामा परेको हो। भारतको पलियाबाट धनगढी फर्किने क्रममा उनी सवार गाडी अर्को गाडीमा ठोकिँएर दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर बिष्टका अनुसार बमकी पत्नी कल्पन बम, नेपाल प्रहरीका एसएसपी दिलिपसिंह देउवाकी पत्नी र मन्त्रीका सहयोगी पदम बम सवार गाडी भारतको पलियाबाट फर्किने क्रममा दुधुवा टाइगर रिजर्भ क्षेत्रमा अर्को गाडीमा ठोक्किएको हो। दुर्घटनामा उनीहरू घाइते भएको बताइएको छ। उनीहरुको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार जारी छ। मन्त्री बमले भारत पस्दा सरकारबाट अनुमती लिनुपर्ने…
बैतडीः डोरी घाँटीमा कस्सिएर बैतडीमा एक १४ वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका–९ ग्वालेकका खेमराज जोशीका छोरा सन्दीप जोशीको घाँटीमा डोरी कसिएर मृत्यु भएको हो। घर नजिकै साथीहरुसँग डोरी खेल्ने क्रममा डोरी घाँटीमा अल्झिदा घाँटी कसिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलराम पाण्डेले बताएका छन्। उनको जिल्ला अस्पताल बैतडीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता पाण्डेले बताएका हुन्।