Author: महेन्द्रनगर पोष्ट

धनगढी: कृषि पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहेका पत्रकार हिमेश विकविरुद्ध नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखामा निवेदन परेको छ । उनले होटेलमा खाना खाएको पैसा नतिरेको भन्दै निवेदन परेको हो । डडेल्धुराको अमरगढी नगरपालिका-५ किर्तिपुरस्थित अम्बिका होटेलमा विकसहितका ५ जनाले गत जेठ १२ गते खाना खाएर पैसा नतिरेकाले रकम असुली गराइदिन भन्दै होटेल सञ्चालक दिपेन्द्रबहादुर साउँदले महासंघमा निवेदन दिएका छन् । उनीहरुले ५ हजार ६६५ रुपैयाँको खाना खाएर पैसा नतिरेको बताइएको छ ।

Read More

बैतडी: बैतडीको सतबाँझमा सिसी क्यामेरा लाएकै दिन चोरी भएको छ । सुर्नया गाउँपालिका-२ स्थित सतबाँझ बजारमा रहेको बाशुलिङ्ग ट्रेर्डस एण्ड सप्लार्यसमा गत बिहीवार राति चोरी भएको हो । व्यवसायी हरिश पाण्डेका अनुसार पसल अगाडि राखेका एक बण्डल सरिया बिहीवार राती चोरी भएका हुन् । सोही दिन दिउँसो सतबाँझ बजारमा चोरी, डकैतीलगायतका आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सिसीटिभी क्यामेरा जडान गरिएका थिए । पाण्डेको पसल अगाडिबाट यसअघि पनि जेठ १० गते एक बण्डल सरिया चोरी भएका थिए । एक बण्डलमा करिब १ क्विन्टल ६ किलो सरिया हुने उनले बताए । सरिया चोरी भएपछि उनले प्रहरीमा निवेदन दिएका छन् । सतबाँझ प्रहरीले अनुसन्धान…

Read More

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी एकता अभियानको संयोजक रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतम र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी रहेको छ । ओलीलाई भेट्न गौतम एमाले मुख्यालय च्यासल पुगेका हुन् । एमालेमा फर्किन उमेरहद हटाउनुपर्ने सर्त राख्दै आएका गौतमले गत जेठमा एमालेले ७० वर्षे उमेरहद खारेज गर्ने निर्णय गरेसँगै एमालेमै फर्किएर पार्टीमा क्रियाशील हुने र सदस्यता पनि नवीकरण गर्ने बताएका थिए ।

Read More

काठमाडौँ: विश्वकप क्रिकेट छनोट अन्तर्गत जिम्बाव्वेविरुद्ध भइरहेको खेलमा कुशल भुर्तेल ९९ रनमा आउट भएका छन् । जिम्बाव्वेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा बोल्ड गरे । ९५ बल खेलेका उनले १३ चौका र २ छक्का हाने ।

Read More

काठमाडौँ: आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा नेपालले घरेलु टोली जिम्बावेसँगको खेलमा राम्रो प्रदर्शन गरिरहेको छ । हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २८ ओभरको खेल सकिँदा एक विकेट पनि नगुमाई १ सय ५४ रन बनाएको छ । नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले कीर्तिमानी साझेदारी गरेका छन् । कुशल र आसिफको यो साझेदारी नेपालले कुनै पनि विकेटका लागि गरेको सर्वाधिक रनको साझेदारी हो ।

Read More

काठमाडौँ: भारतीय चलचित्र ‘आदिपुरुष’ का पटकथा लेखक मनोज मुन्तशिरले सीताको जन्म र नेपालको राष्ट्रियतालाई लिएर विवादित प्रतिक्रिया दिएका छन् । चलचित्रमा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने गलत संवादबारे भारतीय टेलिभिजन च्यानलसँग कुरा गर्दै उनले नेपाल सन् १९०३ सम्म भारतकै हिस्सा भएको दाबी गरेका छन् । अन्तर्वार्तामा उनले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी रहेको दाबी गरे । यो कुरा नेपालीले बुझ्न नसकेको पनि उनको भनाइ छ । नेपालको राष्ट्रियतामाथि नै प्रश्न उठाउने उनको विवादित भनाइलाई लिएर सामाजिक सञ्जालमा विरोध भइरहेको छ । यसबारे सरकारीस्तरबाटै प्रतिवाद हुनुपर्ने माग उठिरहे पनि परराष्ट्र मन्त्रालय मौन छ ।

Read More

डडेल्धुरा: डडेल्धुराको जंगलमा घातक बम फेला परेको छ। जिल्लाको आलितालको आलिताल गाउँपालिका–१ रतनटुडास्थित चित्रकुट सामुदायिक वनभित्र उक्त विष्पोटक बस्तु फेला परेको हो। उक्त बम स्थानीय ४५ वर्षीय भक्तबहादुर बोहराले देखेपछि प्रहरीलाई खबर गरेका थिए। बाख्रा चराउन वनमा गएका बोहराको खबर पाएपछि घटनास्थल गएको प्रहरीले फेला परेको बम ८१ मोटर सेलको रहेको पहिचान गरेको थियो। अहिले दह ब्यारेगबाट सेनाको टोली उक्त स्थानमा पुगेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। उनीहरुले बम डिस्पोज गर्ने तयारी गरेको डडेल्धुराका डिएसपी मनोहर भट्टले जानकारी दिए।

Read More

काठमाडौँ: सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुले आन्दोलन स्थगित गरेका छन् । नेपाल विद्यालय कर्मचारी युनियन, नेपाल सामुदायिक विद्यालय कर्मचारी संघ र नेपाल विद्यालय कर्मचारी परिषद्ले आज संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनको कार्यक्रम फिर्ता लिएको जनाएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्राललयले सरकारको तर्फबाट वार्ता टोली गठन गरी संवादको वातावरण निर्माण गर्दै वार्तामा आउन आहृवान गरिएको र आम जनभावनाको उच्च कदर गर्दै विद्यालय बन्दको कार्यक्रम तत्कालका लागि स्थगन गरिएको विज्ञप्तिमार्फत जनाइएको छ । सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई हालसम्म पनि ८ हजार, १३हजार ५ सय रुपैयाँ मासिक पारिश्रमिकमा काम गर्न वाध्य पारिएकोले विभिन्न सेवा सुविधासहित पेशागत स्थायित्वको माग राख्दै आन्दोलनमा…

Read More

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी बुधबारदेखि अमेरिकाको औपचारिक भ्रमणमा जाँदै छन् । उनको भ्रमण न्युयोर्कस्थित संयुक्त राष्ट्र संघ मुख्यालयमा आयोजना गरिने अन्तर्राष्ट्रिय योगा दिवसबाट औपचारिक शुरुवात हुने बताइएको छ । संयुक्त राष्ट्र संघले योगालाई सन् २०१४ देखि जुन २१ का दिन अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउन थालेको हो । स्थानीय समयअनुसार प्रधानमन्त्री मोदी त्यहाँबाट लगत्तै राजधानी वाशिंगटन डिसी जाने कार्यक्रम छ । भोलिपल्ट ह्वाइट हाउसमा राष्ट्रपति जो बाइडेनले मोदीको सम्मानमा रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ । त्यसअघि दिउँसो अमेरिकी राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच द्विपक्षीय वार्ता र मोदीले अमेरिकी संसद कंग्रेसको संयुक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको भारतीय विदेश मन्त्रालयले जनाएको…

Read More

धनगढीः भारतको बरेलीमा रहेको श्री राम मुर्ती स्मारक ईन्स्टिच्युट अफ मेडिकल साइन्सेजले नेपाली बिरामीलाई निःशुल्क उपचार सेवा दिइरहेको छ। अस्पतालले जेठ ३२ देखि एक हप्तासम्मका लागि निःशुल्क उपचार सेवा दिइरहेको हो। अस्पतालमै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर नेपालका बिरामीको शल्यक्रियासहितको उपचार भइरहेको छ।अस्पतालका मार्केटिङ म्यानेजर डाक्टर आइए खानले जेठ ३२ देखि एक हप्तासम्मका लागि नेपाली बिरामीको उपचार गर्न निःशुल्क स्वास्थ्य शिविर लागेको बताएका हुन्। स्वास्थ्य शिविरमा हर्निया, एपेन्डिक्स, पत्थरी, पाइल्स जस्ता रोगको निःशुल्क शल्यक्रिया भइरहेको उनले बताए। एक हजार शय्याको अस्पतालश्री राम मुर्ती स्मारक अस्पताल ट्रष्टद्वारा सञ्चालित मेडिकल कलेज हो। मेडिकल कलेजमा १ हजार शय्या छन् भने ११ वटा विभाग…

Read More