Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपाल प्रहरीकी बदनाम इन्सपेक्टर भनेर चिनिएकी बिनुकुमारी शाहीलाई मुद्दा चलाउन सिआईबीले सिफारिस गरेको छ। ललितपुरको प्रहरी प्रभाग भैंसेपाटीमा व्यापारीलाई थुनामा राखेर पैसा असुलिएको घटनामा इन्स्पेक्टर शाहीलाई पनि प्रतिवादी बनाउन प्रहरीले सिफारिस गरेको हो। इन्स्पेक्टर शाही समेत हनि ट्रापिङ गिरोहमा मिलेको प्रहरी अनुसन्धानको निष्कर्ष छ। सोही अनुरुप करिब दुई महिना लामो अनुसन्धानपछि मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय पुगेको छ। जसमा इन्स्पेक्टर शाहीसहित ६ जनाविरुद्ध मुद्दा चलाउन सिआइबी (नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो) ले सिफारिस गरेको छ। जसमा दुई जना फरार छन्। गिरोहका नाइके ताज इस्लाम, उनका सहयोगी सुष्मा विक र भिमादेवी थापा तथा प्रहरी हवल्दार महेन्द्र हमाल थुनामै छन्।…

Read More

धनगढी : बझाङमा एक वर्षीया नाबालिकाको घाँटी थिचेर हत्या गरिएको छ। जिल्लाको सुर्मा गाउँपालिका–१ नउलाका ३२ वर्षीय प्रेमबहादुर बोहराले एक वर्षीया नाबालिकाको घाँटी थिचेर हत्या गरेका हुन्।  बोहराले एक वर्षीय गीता साउँदको घाँटीमा च्यापेर हत्या गरेका प्रहरीले बताएको छ। प्रहरीका अनुसार बोहराले अछामको मंगलसेन नगरपालिका–३ का प्रेम साउँदकी श्रीमती २० वर्षीया मनकला साउँदलाई विवाह गरेर २०८१ भदौ २२ गते ल्याएका थिए। मनकला र बोहराको बिचमा २०८१ मङ्सिर २ गते विवाद भएपछि उनले नाबालिकाको घाँटी थिचेका हुन्। बोहरालाई बझाङ प्रहरीले पक्राउ गरेको छ। जिल्ला सरकारी वकिलको कार्यालयबाट सात दिनको म्याद थप गरेर अनुसन्धान जारी रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। 

Read More

काठमाडौं: नेपाल प्रहरीका ३२ जना प्रहरी नायव निरीक्षकलाई प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा गर्न सिफारिस गरिएको छ। मंगलबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका उनीहरुलाई वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस गरेको हो। प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) बमोजिम सिफारिस गरिएको सूची सार्वजनिक गरिएको छ। सार्वजनिक सूचीअनुसार, सिफारिस प्राप्त अधिकृतहरूले अब प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा पदोन्नति पाउनेछन्। बढुवा सिफारिस हुनेमा भरत बहादुर चन्द, मम बहादुर साउँद, महेन्द्र प्रसाद काफ्ले लगायतका व्यक्तिहरु रहेका छन्। यस्तै नेपाल प्रहरीका १५५ जना प्रहरी सहायक निरीक्षकलाई प्रहरी नायव निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ। मंगलबार बसेको…

Read More

धनगढी: डडेल्धुराको परशुराम नगरपालिका-९ नौलामा भएको जिप दुर्घटनामा मृत्यु भएकाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा परशुराम नगरपालिका-९ सल्लेटाकी ४० वर्षीया मोतिदेवी सार्की र आलीताल गाउँपालिका-७ की ३८ वर्षीया धनादेवी बुढा रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा परी ९ जना घाइते भएको जनाइएको छ। घाइतेको भने महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीदेखि परशुराम नगरपालिकाको जोगबुडातर्फ गइरहेको लु १ ज ४५७९ नम्बरको बोलेरो जिप कञ्चनपुर र डडेलधुराको सीमा नजिकै नौलामा मंगलबार दिउँसो दुर्घटना भएको थियो। जिप सडकबाट सय मिटर तल खसेको प्रहरीले जनाएको छ। जिपमा १२ जना सवार रहेको प्रहरीले जनाएको…

Read More

काठमाडौं: नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शान्ति सुरक्षाको स्थिति थप मजबुत बनाउन नेपाल प्रहरी प्रतिबद्ध रहेको बताए। मंगलबार गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै आईजीपी कुँवरले यस्तो बताए हुन्। उनले शान्ति सुरक्षाको स्थिति थप मजबुत बनाउन, व्यावसायिक तथा सहज प्रहरी सेवा सुनिश्चित गराउन, कानुनको निष्पक्ष कार्यान्वयन गर्न, न्यायको प्रत्याभूति दिलाउन र विकासमैत्री वातावरण सिर्जना गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको बताए। गोष्ठीबाट प्राप्त निर्देशनलाई अक्षरस पालना गरी समग्र प्रदेशमा शान्ति सुरक्षा तथा सुशासन कायम गर्न थप सक्रियताका साथ काम गर्नुपर्नेमा उनले जोड दिए। स्थानीय तहको उपनिर्वाचनमा विगतमा सामना गरिएका सुरक्षा चुनौतिहरू तथा जोखिमहरूको…

Read More

डडेल्धुरा : डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाकाे आलिताल गाउँपालिका-२ गांखेत डोबरा भन्ने स्थानमा आज अपरान्ह ट्याक्टर दुर्घटना हुँदा चालक दलबहादुर बिष्टको मृत्यु भएको हो। सुप प्र ०१००२ त ६३८२ को ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी इन्सपेक्टर उपेन्द्र बमले जानकारी दिए। उनकाअनुसार डोबरा गाउँबाट दाउरा ल्याउन जंगलतिर जाँदै गर्दा अनियन्त्रित भई ट्याक्टर दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीको छ। ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसको छ। ट्याक्टरमा सवार अन्य तीन जना भने सकुशल छन्। उनीहरूले हाम फालेकाे बताइएको छ।

Read More

डडेल्धुरा: डडेल्धुरामा बोलेरो जिप दुर्घटना हुुँदा दुई महिलाको मृत्यु भएको छ। मंगलबार दिउँसो ३ः५० बजेतिर परशुराम नगरपालिका–९ नौलास्थित दैजी–जोगबुढामा जिप दुर्घटना भएको हो। परशुराम नगरपालिका–११ एक्लेगडाका २४ वर्षीय प्रकाश कुँवरले चलाएको लु १ ज ४५७९ नम्बरको बोलेरो जिप कञ्चनपुको दैजीबाट जोगबुढातर्फ आउँदै थियो। जिप सडकबाट करिब एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यायल डडेल्धुराले जनाएको छ। जिपमा चालकसहित १२ जना सवारमध्ये दुई महिलाको घटनास्थलमै मृत्यु भएको र ९ जना घाइते भएको जिप्रका डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिए। उनका अनुसार मृतक र घाइतेहरूको परिचय खुल्न बाँकी छ। घाइतेहरूलाई उपचारको लागि जोगबुढा अस्पतालको दुईवटा एम्बुलेन्सद्वारा कञ्चनपुरतर्फ पठाएको…

Read More

डडेल्धुरा : डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका-९ स्थित दैजी-जोगबुढा सडकखण्डको लिप्नामा जीप दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय जोगबुढाका अनुसार महेन्द्रनगरबाट सलेता आउदै गरेको लु १ ज ४५७९ नम्बरको जीप सडकबाट ३० मिटर तल खसेको हो। दुर्घटनामा ७ जना घाइते भएका छन्। ती मध्ये ४ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि धनगढी लगिएको प्रहरीले जनाएको छ। मृतक दुबै महिला रहेको बताइएको छ। मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ।

Read More

धनगढी: कैलालीको गोदावरीमा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सोमबार राति गोदावरी नगरपालिका–४ वनदेवी नजिकै सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३२२८ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना हुँदा चालक बझाङको दुर्गाथली गाउँपालिका–५ भलान्याका २५ वर्षीय मोहन जप्रेलको मृत्यु भएको हो। बस मुनी च्यापिएर गम्भिर घाइते भएका जप्रेलको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

Read More

काठमाडौं: सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच आठौं समन्वयात्मक बैठक काठमाडौंमा सकिएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा मंसिर १ गतेदेखि सुरु भएको समन्वयात्मक बैठकमा हिजो (सोमबार) सकिएको हो। बैठकमा सीमामा हुने अवैध क्रियाकलाप रोकथाम तथा नियन्त्रण,लागु औषधको ओसारपसार नियन्त्रण, तस्करी नियन्त्रण,सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन नियमित संयुक्त सीमा गस्ती, सीमा स्तम्भहरूको रेखदेख तथा संरक्षण, सूचना आदान प्रदानलगायत दुई निकायबीच निरन्तर समन्वय तथा सहकार्य गर्ने सम्बन्धमा छलफल भएको छ। समन्वयात्मक बैठकमा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र सशस्त्र सीमा बल (एसएसबी) को तर्फबाट महानिर्देशक अमृत मोहन प्रसादले…

Read More