Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले करोड रकम लिएर क्यासिनोको लाइसेन्स बाँडेको दाबी गरेका छन्। प्रसिद्ध पर्यटन व्यवसायी समेत रहेका गोरखा १ बाट निर्वाचित सांसद बजगाईँले भैरहवास्थित रोयल टाइगर रिक्रियसन प्रालिलाई क्यासिनो सञ्चालन इजाजतपत्र दिँदा घुस खाएको आरोप लगाएका हुन्। बजगाईँले क्यासिनो सञ्चालन अनुमतिपत्र समेत सार्वजनिक गर्दै भनेका छन्- एक क्यासिनो सञ्चालकले हामीहरूलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड करोड रकम दिएको पुष्टि गरे। मन्त्रीले कांग्रेस नेताको घरमा पैसा पठाउन निर्देशन गर्‍यो। उपरोक्त नेताले त्यो पैसा फिर्ता पठायो। मन्त्री भ्रष्ट क्यान कर्मचारी हटाउन चाहन्थेँ सभापति र उहाँको परिवारले दिएनन् भन्दै हिँड्छ। यो झुट हो…

Read More

काठमाडौं: मुद्धा जिताइदिने भन्दै सेवाग्राहीसंग घुस लिँदै गरेका कपिलवस्तु जिल्ला अदालतका ४ जना कर्मचारी रङ्गेहात समातिएका छन्।  अदालतको तसहिल फाँटका तहसिलदार सन्तोष मिश्रा, कम्प्यूटर अपरेटर विकास पाण्डे, नासु पशुपति डुम्रे र वेगम भुसाल २० हजार घुस रकम लिँदै पक्राउ परेका हुन्। अख्तियारको टोलीले आज दिउँसो ३ बजे तौलिहवा गौढीचोकस्थित एक चिया पसलबाट उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ। प्रहरी स्रोतले दिएको जानकारीअनुसार अंशबण्डा मुद्धाका प्रतिवादीलाई घुस नदिएसम्म जग्गा बाडफाँड नगरिदिने र कामसमेत रोकिराख्ने भन्दै कर्मचारीहरुले १ महिनादेखि झुलाउँदै आएका थिए। सेवाग्राहीलाई बाध्य पारेर घुस दिन राजी बनाई उनीहरुले आज चिया पसलमा बोलाएका थिए। विशेष सुराकीका आधारमा त्यहाँ पुगेको बुटवलस्थित अख्तियार कार्यालयबाट…

Read More

काठमाडौं: प्रहरी प्रधान कार्यालयले सेवानिवृत्त तीन प्रहरी अधिकारीको विदाइ गरेको छ। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सेवानिवृत्त भएका एआईजीद्वय रामदत्त जोशी र किरण राणासँगै डीआईजी राजेशनाथ बास्तोलालाई मंगलबार विदाइ गरेका हुन्। विदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले संगठनले सुम्पिएका हरेक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवानिवृत्त भएको भन्दै उनीहरूको प्रशंसा गरे। संगठनले सुम्पिएका हरेक पदीय दायित्व सफलतापूर्वक निर्वाह गरी हासिल गरेको अनुभव तथा विज्ञता संगठनको हितका लागि सदैव आवश्यक हुने भएकोले आगामी दिनमा समेत सेवानिवृत्त अधिकृतहरूको उपलब्धिमूलक सत्प्रयासको अपेक्षा रहेको आईजीपी कुँवरको भनाइ छ। सेवानिवृत्त भएका जोशी, राणा र बास्तोलाले आफ्नो सेवा अवधिमा गरेका विभिन्न काम स्मरण गर्दै सेवा अवधिभर संगठनले…

Read More

काठमाडौं: ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेलाई सदरखोर डिल्लीबजारको ‘ख’ ब्लकमा राखिएको छ। कात्तिक २० गते सर्वोच्चले दोषी ठहर गरेसँगै फरार रहेका उनी आज बिहान सानोभर्याङस्थित कम्फर्ट हाउजिङमा रहेको एक महिला साथीको अपार्टमेन्टबाट पक्राउ परेका थिए। लगत्तै फैसला कार्यान्वयनको निम्ति काठमाडौँ जिल्ला अदालत पुर्याइएका मनाङेलाई अपरान्ह डिल्लीबजार कारागार लगिएको हो। मनाङ्गे उनै मान्छे हुन्, जो लामो समयसम्म काठमाडौंलाई आधार क्षेत्र बनाएर गुण्डागर्दीमा राज चलाउथे। सोही क्रममा मनाङे एकाएक राजनीतिमा लागे। राजनीतिमा लागेको तीन वर्ष भित्रै छ पटक मन्त्री बन्न सफल मनाङे आज हातमा हत्कडी भिरेर डिल्लीबजार कारागार प्रवेश गरेका हुन्।…

Read More

काठमाडौं: नेपाली काँग्रेसका नेता तथा पूर्व परराष्ट्र मन्त्री एनपी साउद नेतृत्वको टोली भारत भ्रमणमा छ। जसक्रममा टोलीले उत्तर प्रदेशका मुख्यमन्त्री याेगी आदित्यनाथ निकट नेतासँग हरिद्वारमा भेटघाट गरेको छ। साथै योगीलाई पनि भेट्न खोजेको बताइएको छ। नेपालमा मन्त्रिपरिषद् हेरफेरको चर्चा चलिरहेका बेला हरिद्वारस्थित पतन्जली योगपिठमा भएको उक्त भेटघाटमा धार्मिकभन्दा राजनीतिक कुराकानीले महत्व पाएको बुझिएको छ। भेटमा नेता साउदसहित आचार्य बालकृष्ण, पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाह सहभागी थिए। उनीहरूले ओली नेतृत्वको कांग्रेस सम्मिलित सरकारको समीक्षा गर्नुका साथै मन्त्री हेरफेरको सम्भावना र आफ्ना आकांक्षा भारतीयहरुलाई सुनाएको बताइन्छ। जसक्रममा नेपालमा मन्त्री फेर्नपर्ने कुरामा छलफल भएको थियो। बताइएअनुसार साउदले मुख्यमन्त्री याेगीसँग पनि भेटको आकांक्षा राखेकोमा अहिलेसम्म समय पाइसकेका…

Read More

बैतडीः बैतडीमा जेठानीले काठको चिर्पट प्रहार गर्दा देवरानीको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका–२ छेपट्टामा ३० वर्षीया दिपा बोहराले आफ्नै देवरानी २५ वर्षीया सुनिता बोहराको टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। घरायसी विवादका कारण दिपाले सुनिताको टाउकोमा चिर्पटले हिर्काएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।  सोमवार राति ८ बजेको समयमा जेठानी दिपाले घरायसी विवादका क्रममा देवरानी सुनिताको टाउकोमा हिर्काएको र उनको घटनास्थलमै मृत्यु भएको जानकारी आएको प्रहरी निरीक्षक पाण्डेयले बताए। घटनालगत्तै इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउँदको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। चिर्पटले हानेर देवरानीको हत्या गर्ने…

Read More

धनगढी: अछाम जिल्लाको तुर्माखाद गाउँपालिका-१ रहफस्थित प्रहरी चौकीका इन्चार्जलाई जिल्ला तानिएको छ। सो प्रहरी चौकीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक (असई) महेशसिंह धामीलाई जिल्ला तानिएको हो। यहीँ कार्तिक १४ गते राति मदिरा सेवन गरेर एक्लै गाउँ पुगेका असई धामीलाई देउसी भैलोको टिमले कुटपिट गरेको थियो। सो घटनामा असई धामीको कमजोरी देखिएपछि जिल्ला तानेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए। साथै उनले कुटपिटमा संलग्नको पनि खोजी कार्य हुने जानकारी दिए। मदिरा सेवन गरेर एक्लै गाउँ पुगेका असई धामीले देउसी भैलो टोलीसँग विवाद गरेको बुझिएको छ। सोही क्रममा असईमाथि कुटपिट भएको…

Read More

धनगढीः कैलालीमा बोक्सी लागेको भन्दै अमानवीय व्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका–९ कालाकुण्डामा १४ वर्षीया बालिकामाथि बोक्सी लागेको भन्दै ५५ वर्षीय महिलामाथि अमानवीय व्यवहार गरेको आरोपमा धामीसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा धामीझाक्रीको काम गर्दै आएका माता भनिने ५५ वर्षीय सुनिल मिस्त्री, ३७ वर्षीय लाली चौधरी र बालिकाको ३० वर्षीया आमा रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए। उनका अनुसार कात्तिक २२ गते बिहीबार राति बालिकाको आमाले छोरी बिरामी भएपछि झारझुकका लागि माता भनिने सुनिल मिस्त्रीको घरमा लगेकी थिइन्। त्यही बेला उनीसँगै सुनिलको घरमा पुगेकी बालिकाको ठूलो आमामाथि बोक्सी लागेको…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो कार्यकालको सय दिनको अवधिमा भएका उपलब्धि विवतरण सार्वजनिक गरेका छन्। मुख्यमन्त्री कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री शाहले सय दिनको अवधिमा राजनीतिक, प्रशासनिक र आर्थिक पक्षमा सरकारले केही महत्त्वपूर्ण काम गरेको दाबी गरे। निर्धारित अवधिमा बजेट आउन नसकेर प्रदेश बजेट शून्यताको अवस्थामा रहेका वेला नयाँ सरकारले बजेट ल्याएर आर्थिक गतिविधि चलायमान बनाएको, केही ऐनहरू निर्माण तथा संशोधन गरेको उनले बताए। प्रभावकारी सेवा प्रवाह र विकासको माध्यमबाट प्रदेशका आमनागरिकबिच विकास, स्थायित्व र सुशासनका लागि आशा र भरोसा बढाउने काम सरकारले गरेको मुख्यमन्त्री शाहले दाबी गरे। सूचना, प्रविधि र सामाजिक सञ्जालको प्रयोगमार्फत स्थानीय तह र प्रदेश…

Read More

काठमाडौं: कञ्चनपुरमा स्कुल बसको ठक्करबाट गम्भीर घाइते भएका बालकको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका–५ का ८ वर्षीय अनमोल कुँवरको बसको ठक्करबाट मृत्यु भएको हो। सोमबार उनी कृष्णपुर नगरपालिका–२ स्थित डायमण्ड इङगलिस बोर्डिङ स्कुलको ना ३ ख ८१४६ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका थिए। विद्यार्थी उतारेर बस अघि बढ्दा सोही स्कुलमै अध्ययरत अनमोलको खुट्टामा गम्भीर चोट लागेको थियो। भारतको लखनौंस्थित ईभीए अस्पतालमा उपचारको क्रममा बालकको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले बताए। स्कुल बसको ठक्करबाट बालकको मृत्यु भएपछि आफन्त र स्थानीय आक्रोशित बनेका छन्। दोषीमाथि कारबाहीको माग गर्दै विद्यालयमा भेला भएका उनीहरुले आक्रोशित विद्यालयभित्रबाट फर्निचर निकालेर…

Read More