Author: महेन्द्रनगर पोष्ट

पाँचथर: पाँचथरको याङ्वरक गाउँपालिका–१ फेदी गाउँमा पहिरोमा फसेका १२ जनाको उद्धार गरिएको छ । तीन घरका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो । उनीहरुलाई याङवरक-१ च्याङथापुमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । शनिवारदेखि परेको अविरल वर्षाका कारण फेदीगाउँ बस्तीनजिकै माथिबाट पहिरो बग्न थालेपछि जोखिम बढेको हो ।

Read More

बैतडी: बैतडीका १० ओटै स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएका छन् । स्वास्थ्य कार्यालय बैतडीका सूनचा अधिकारी विपिन लेखकका अनुसार १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुले राष्ट्रिय खोप तालिकाअनुसार पाउनुपर्ने खोप पाएपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । यही असार ५ गते जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने तयारी गरिएको छ । २०७२ सालमै पूर्ण खोपयुक्त जिल्ला घोषणा भइसकेको बैतडीलाई हरेक वर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिँदै आएको छ ।

Read More

धनगढीः धनगढी उपमहानगरपालिकाले ४२८ जना घरधनीलाई सम्मान गर्ने भएको छ । मुख्य सडक विस्तारका लागि आफ्नो घर आफै भत्काएर ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ अभियानमा योगदान पुर्याएको भन्दै उपमहानगरले सम्मान गर्न लागेको हो । नगरप्रमुख गोपाल हमालले बुधवार मुख्य सडकको शिलान्यास गरेर धनगढीकै सौराइ पार्टी प्यालेसमा एक कार्यक्रमकाबीच ती घरधनीलाई सम्मान गरिने बताए । भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले बुधवार कैलाली पुलदेखि क्याम्पस चोक सडकको उद्घाटन गर्ने बताइएको छ ।

Read More

काठमाडौँ: पोखरा महानगरपालिकाले पनि आजदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ । भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश नहटाएसम्म भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाएको महानगरपालिकाले जनाएको छ । यसअघि कामाडौँ महानगरपालिकाले आजदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको थियो ।

Read More

काठमाडौँ: माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा आज हुँदैछ । राष्ट्रिय सभागृहमा आज अपराह्न तीन बजे घोषणा सभा आयोजना गरिएको छ । समाजवादी मोर्चामा माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा छन् । समाजवादी मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ ।

Read More

हुम्लाः हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ च्याछरा भिरबाट कर्णाली नदीमा जिप खसेको छ। सिमकोटबाट हिल्सा जाँदै गरेको प्रदेश २, २२२६ नम्बरको जिप च्याछरास्थित कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जिपमा चालकसहित १३ जना सवार थिए । हाम फालेर बाँच्न सफल भएका चालक जनकपुरका २५ वर्षीय राजेश लामा सख्त घाइते भएका र उनको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ। उकालोमा जीपमा सवार यात्रु ओर्लिएर चालक मात्रै गएका कारण अन्य मानवीय क्षति नभएको बताइएको छ ।

Read More

काठमाडौं: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। सोमबार बिहान ओली निवास बालकोटमा उनीहरूबीच भेटवार्ता तथा छलफल भएको हो। सो भेटवार्तामा दुवै नेताका बिचमा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको थियो । जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकोमा चौधरीले ओलीलाई धन्यवादसमेत दिएका थिए। ‘हामीबीच राजनीतिक भेटघाट भएको हो। भेटमा उहाँले साह्रै अन्यायमा पर्नुभएको बताउनुभयो’, रेशमले भने। ओलीले आफू जेल बसेका कुरा पनि रेशमसँग स्मरण गरेका थिए। उनले न्यायका लागि लड्दा आफू कसरी जेल परेको र जेलमा के-कस्ता यातना दिएको कुरा स्मरण गरेको रेशमले बताए। गणतन्त्र दिवसमा आममाफी पाएर रिहाइ भएका रेशम चौधरी पछिल्लो…

Read More

धनगढी: भारतमा एक नेपाली महिलाको ज्यान गएको छ। कञ्चनपुर स्थायी घर भएकी निर्मला रावल सेठीको मुम्बईमा मृत्यु भएको हो। आफन्तका अनुसार जेठ ३१ गते उनी मृत फेला परेकी थिइन्। उनी झुन्डिएको अवस्थामा फेला परेको बताइएको छ। तर, मृतकका बुबा र माइती पक्षले भने उनको हत्या भएको आरोप लगाएका छन्। उनीसितै बस्ने २ नन्दहरुले हत्या गरेको आफन्तको आरोप छ। कैलालीको गोदावरी नगरपालिका माइत भएकी मृतकको गत माघमा बिहे भएको थियो। बिहेपछि उनी भारत गएकी थिइन्। त्यहाँ उनी श्रीमान, नन्दहरु र सासू ससुरासित बस्दै आएकी थिइन्।

Read More

धनगढी: प्रहरीले कैलाली र कञ्चनपुरबाट ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ। आइतबार साँझ कैलालीको जानकी गाउँपालिका–४ कञ्चनपुरमा सोही ठाउँका १९ वर्षीय नबीन कठरीयालाई खानतलास गर्दा उनको साथबाट प्रहरीले दुई सय मिलिग्राम ब्राउनसुगर फेला पारेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले कठरियालाई पक्राउ गरेको थियो। त्यस्तै हिजो साझनै कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तीबोझामा सोही ठाउँ बस्ने २६ वर्षीय बिरेन्द्र बडायकलाई प्रहरीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेको अवस्थामा खानतलास गर्दा उनको साथबाट ०.३७ मिलिग्राम ब्राउनससगर भेटिएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त प्रहरी टोलीले बडायकलाई पक्राउ गरेको हो। घटना सम्बन्धमा थप…

Read More

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परेका एक व्यक्तिबाट लागुऔषध फेला परेको छ। भीमदत्त नगरपालिका–१२ ओदालीका २७ वर्षीय शंकरदत्त भट्टको साथबाट अवैध रेक्सोजेसिक औषधीको ८ सिसी, जेनारगन २ सिसी, अवैध चरेशको २ डल्ला पाइएको प्रहरीले जनाएको छ। भट्टले चलाएको बा७१प ३१६९ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा उनी घाइते भएका थिए। दुर्घटनापछि उद्दार गर्न पुगेको प्रहरी टोलीले उनको साथबाट ती लागुऔषधीको फेला पारेको थियो। प्रहरीले घाइते भट्टलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताइएको छ।

Read More