Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: नेपाल विद्यार्थी संघ मोरङका अध्यक्ष सरोज पोखरेल पक्राउ परेका छन् । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालमाथि कालोमोसो दलेको आरोपमा उनी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख प्रभु ढकालका अनुसार उनलाई आज बिहान मोरङको बुढीगंगाबाट नियन्त्रणमा लिइएको हो । विश्वविद्यालयले कालोमोसो दलेको घटनामा संलग्न अध्यक्ष पोखरेलसहित ३ जनाविरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा किटानी जाहेरी दिएको छ ।

Read More

कञ्चनपुर: कञ्चनपुरको वेदकोट नगरपालिका–४ बगुनका देवराज भट्टको गोठमा आगलागी भएको छ । प्रहरीका अनुसार भान्सा घरको चुलोबाट दुईतले काठ र खरले छाएको कच्ची गोठमा आगलागी भएको हो । आगलागीबाट गोठ पूर्ण रुपमा जलेर नष्ट भएको र एक लाख ५० हजारको क्षति भएको प्रहरीले जनाएको छ । आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको छ ।

Read More

काठमाडौँ: नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक दर्जन कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत अगाडिबाट नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर प्रदर्शनमा उत्रिएका विप्लवका कार्यकर्तालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सो पार्टीनिकट अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीसहित १५ जना रहेको बताइएको छ । उनीहरुलाई प्रहरी वृत्त सिंहदरबार पुर्याइएको छ ।

Read More

कञ्चनपुर: यस वर्षको मनसुन नेपाल भित्रिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष एक दिन ढिला गरी भित्रिएको हो । बुधवार पूर्वी नेपालबाट नेपाल भित्रिएको मनसुन कोशी, पूर्वी मधेश, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा फैलिएको छ । कैलाली र कञ्चनपुरसहित देशका अन्य भू–भागमा भने केही दिनमा क्रमिक रुपमा मनसुन फैलिँदै जाने महाशाखाले जनाएको छ ।

Read More

नुवाकोट: नुवाकोटको ककनी गाउँपालिका–२ को वडाध्यक्ष तिलकबहादुर लामाको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएसँगै उपचारका लागि काठमाडौँतर्फ लैजाँदै गर्दा ४४ वर्षीय लामाको आज बिहान निधन भएको हो । उनको दुवै मिर्गौलाले काम गर्न छाडेकाले पछिल्लो एक वर्षदेखि ‘डायलासिस’ गराउँदै आइरहेका थिए । गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट ककनी गाउँपालिका–२ को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । लामो समयदेखि राजनीति र समाजसेवामा सक्रिय रहेका लामा नेपाली कांग्रेस नुवाकोटको क्षेत्र नं १ को प्रदेश ‘ख’को सदस्य रहेका थिए । उनको निधनमा आज ककनी गाउँपालिकाले गाउँपालिका कार्यालयसहित मातहतमा रहेका शाखा, सेवा केन्द्र, वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक…

Read More

धनगढी: धनगढीमा मंगलवार राति मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक पुरुषको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा से.७ प ५४८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धनगढी–१७ का ४५ वर्षीय धनिराम चौधरी घाइते भएका थिए । उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

Read More

दोधारा चाँदनी: महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले स्वास्थ्य सेवामा गुणस्तर वृद्धि गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशद्वारा गरिएको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमअन्तर्गत महाकाली प्रादेशिक अस्पतालमा गरिएको अनुगमन मूल्याङ्कनमा विगतको तुलनामा अस्पतालले स्वास्थ्य सेवामा उलेख्य सुधार गरेको पाइएको हो । स्वास्थ्य सेवा विभागले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार अस्पतालमा सेवा सञ्चालन भए/नभएको हरेक छ/छ महिनामा अनुमगन गर्ने गरेको छ । विभागका अनुसार सन् २०१९ मा महाकाली अस्पतालको गुणस्तर ३५ प्रतिशतमात्रै रहेको थियो । हाल अस्पतालले गुणस्तर वृद्धि गर्दै ८५ प्रतिशत पुर्याएको छ । त्यसैगरी २०२० मा अस्पातलले सेवा सुधार गर्दै ६३ प्रतिशत पुर्याएको थियो । सन् २०२१…

Read More

धनगढीः कञ्चनपुरको बंक–नायल–बुडर सडकखण्ड अन्तर्गत ओदाल खोलामा पुल निर्माणका लागि काम चालु भएको छ। पुल निर्माणका लागि सम्झौता भएको ८ वर्षदेखि अलपत्र पारिएको पुल निर्माणको काम हिजोबाट सुरु भएको हो। स्थानीयका अनुसार सुदूरपश्चिम प्रदेश सभा सदस्य ओमविक्रम भाट ‘सरल’ले पहल गरेर ठेकेदार र निर्माण कम्पनीलाई हाँटहुँट पारामा चेतावनी दिएपछि काम थालिएको हो। काम सुरु भएपछि स्थानीयहरु खुसी भएका छन्। पुल निर्माणको जिम्मा पाएको थेगिम गाल्वा जेभी कैलालीले समयमै काम सम्पन्न नगर्दा पुल निर्माण कार्य अलपत्र परेको थियो। पुलको काम रोकेर अलपत्र छोडेको थाहा पाएपछि प्रदेश सांसद भाटले पहल गरेको र काम सुरु भएको बताइएको छ। कृष्णपुरको वडा नम्बर १ स्थित…

Read More

झापा: सादा पोशाकमा घुमुवाको रुपमा खटिएका सशस्त्र प्रहरीका निरीक्षकले सशस्त्र प्रहरीकै हवल्दार तथा जवानलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ । झापाको सीमावर्ती क्षेत्र नकलबन्दामा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका हवल्दार तथा जवानलाई सशस्त्र प्रहरीको बराह बाहिनी पकलीबाट घुमुवाको रुपमा खटिएका प्रहरी निरीक्षक नभप्रभात राईले पानीमा डुबाउँदै भाटैभाटाले हानेको घटना सार्वजनिक भएको हो । कुटपिटबाट सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट नकलबन्दामा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी हवल्दारहरु गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवल्दार शान्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशी घाइते भएका छन् । उनीहरुको मेचीनगरको मेची आम्दा अस्पतालमा उपचार भइरहेको छ । प्रहरी निरीक्षक…

Read More

कञ्चनपुर: कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएका छन् । जिल्लाको बेलौरी नगरपालिका–६ दुम्लीमा अवैध रुपमा भन्सार छली ल्याएका कुलर, डिउ (पेय पदार्थ) बेवारीसे अवस्थामा फेला पारी प्रहरीले बरामद गरेको हो । २४ हजार मूल्य बराबरका उक्त सामान बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस्तै, शुक्लाफाँटा नगरपालिका–१ बन्साह चौराहबाट चिनि, स्याम्पू, सलाई, लगायत ११ हजार ६ सय मूल्य बराबरका सामानहरु बेवारीसे अवस्थामा फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

Read More