Author: महेन्द्रनगर पोष्ट

धनगढी: धनगढीमा लागुऔषधसहित २ युवती समातिएकी छन्। हिजो धनगढी उप-महानगरपालिका वडा नं. ०८ धनगढीगाँउबाट २ युवती समातिएकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूह र वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको टोलीले उनीहरूलाई समातेको हो। पक्राउ पर्नेमा धनगढी उप-महानगरपालिका वडा नं. ०८ बस्ने वर्ष २७ की राममति राना र वर्ष २२ की करिना राना रहेका छन्। उनीहरूलाई शंका लागि चेकजाँच गर्दा शुद्ध तौल १ ग्राम ७० मिलिग्राम खैरो हिरोईन बरामद भएको थियो। अहिले उनीहरूलाई कैलाली प्रहरी कार्यालयको हिरासत कक्षमा राखि थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ।

Read More

काठमाडौं: बाँकेमा जुवातास ह्वात्तै बढेको पाइएको छ। जिल्लाको कोहलपुर क्षेत्रमा दशैं सुरु नहुँदै जुवाखाल बढेको पाइएको हो। अहिले सो क्षेत्रमा दैनिक एक करोडसम्म हारजित हुने जुवाखाल सञ्चालन भइरहेको बताइन्छ। त्यसमा प्रहरीले पनि सेटिङ गरेको स्रोतले जनाएको छ। स्रोतका अनुसार कोहलपुर प्रहरीले सेटिङमा जुवाखाल चल्न दिएको हो। स्रोतका अनुसार जुवा खेलाउनेमध्ये एक सन्तोष बुढाथोकी (गोरे) हुन्। उनले आफ्नै घरमा जुवा खेलाउने गरेका छन्। त्यस्तै, उमेशजंग ठकुरी, शिशिर गिरी, चिन्तन शाह, राजु शाही, कृष्णराज बंशी लगायतले ठूला जुवा चलाउँदै आएका छन्। उनीहरुले होटल तथा भाडामा घरमा जुवा खेलाउने गरेका छन्। जुवामा इप्रका कोहलपुरका घुमुवाहरु इन्द्रबहादुर शाही, जितेन्द्र केसी देवकोटा, मानबहादुर हमाल लगायतसँग…

Read More

डोटीः डोटीमा भीरबाट लडेर घाइते भएकी महिलाको मृत्यु भएको छ। जिल्लाको जोरायल गाउँपालिका–४ नक्कुकी ३४ वर्षीया रोहिता बोहराको उपचारका क्रममा मृत्यु भएको हो। उनी घरदेखि कैलालीको सहजपुर जाने क्रममा जोरायल–४ स्थित पत्थरखानी भिरबाट लडेर करिब एक सय मिटर तल खसी घाइते भएकी थिइन्। उपचारका क्रममा उनको धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।  यस्तै कैलालीमा करेन्ट लागेर बालककाे मृत्यु भएको छ। जिल्लाकाे चुरे गाउँपालिका-१ शिवनगर बस्ने पाँच वर्षीय आकाश क्षेत्रीकाे करेन्ट लागेर मृत्युु भएकाे प्रहरीले जनाएको छ। क्षेत्रीलाई घरमा काेही नभएका बेला खेल्ने क्रममा पानी तान्ने माेटरले करेन्ट लाग्दा घाइते भएका थिए। उनकाे निसर्गमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कैलालीका…

Read More

बझाङः बझाङमा चितुवाको छालासहित एक जना पक्राउ परेका छन्। जिल्लाको जयपृथ्बी नगरपालिका–१० चैनपुरमा थलारा गाउँपालिका–८ का हरिलाल जोशी पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक किशोर जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले ८ फिट २ इन्च  लामो र ३ फिट २ इन्च चौडाइ भएको चितुवाको छालासहित पक्राउ गरेको हो। साथै उनको साथबाट खैरो रंगको दाँत,  र पञ्जा समेत फेला पारेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

धनगढी: कैलालीको अत्तरियास्थित एक होटलभित्र एक जना मृत अवस्थामा फेला परेका छन्। गोदावरी नगरपालिका–२ रीङरोडस्थित बैतडी–पुर्चौडी होटलको कोठा नम्बर १०४ मा एक जना मृत अवस्थामा फेला परेका हुन्। डडेल्धुराको पर्शुराम नगरपालिका–२ घर भएका ७२ वर्षीय काशीसिंह बोहरा शुक्रबार होटलभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। यस्तै कञ्चनपुरमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–४ पिपलाडीका ३६ वर्षीय राजकुमार डगौराको सोही नगरपालिका–११ दिपनगरस्थित सडकको नालीमा जम्मा भएको पानीमा डुबेर मृत्यु भएको हो। माछा मार्ने क्रममा बुधबार बिहान डुबेर अशक्त भएका उनको भारतको भोजपुरास्थित अस्पतालमा थप उपचारको क्रममा शुक्रबार बिहान…

Read More

काठमाडौं: प्रहरीको सई हुँ भन्दै ठगी गरेको आरोपमा एक वर्षअघि नै प्रहरीको कार्यालय सहयोगीबाट जागिर छाडेका एक जना पक्राउ परेका छन्। प्रहरीको सई हुँ भन्दै मान्छे पक्राउ गरिदिने भनेर ठगी गरेको आरोपमा प्रहरीले गोविन्द श्रेष्ठलाई पक्राउ गरेको हो। ठगी आरोपमा पूर्वकार्यालय सहयोगी तथा नक्कली सई खोटाङको जन्तेढुंगा गाउँपालिका–३ घर भइ काठमाडौं बस्दै आएका २९ वर्षीय गोविन्द श्रेष्ठलाई पक्राउ गरिउको प्रहरीले जनाएको छ। उनले चेक बाउन्स मुद्दाका फरार प्रतिवादी सरिता तामाङलाई पक्राउ गरिदिने भन्दै १५ हजार रुपैयाँ लिएर ठगी गरेको खुलेको छ। श्रेष्ठले आफू नेपाल प्रहरीको सई भएको बताउँदै तामाङलाई पक्राउ गरिदिने र त्यसका लागि १५ हजार चाहिने भन्दै ठगी गरेको…

Read More

काठमाडौं: सरकारले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जग्गा समस्या समाधानका लागि अधिकार सम्पन्न आयोग गठन गरेको छ। मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश जयानन्द पनेरुको अध्यक्षतामा ६ सदस्यीय अधिकार सम्पन्न आयोग गठन गरेको हो। ‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तत्कालीन वन्यजन्तु आरक्ष) विस्तार हुँदा राष्ट्रिय निकुञ्जभित्र परेका नम्बरी आवादी जग्गाहरूको सट्टाभर्ना समस्या समाधान गर्ने सम्बन्धमा उच्च अदालतका पूर्वन्यायाधीश श्री जयानन्द पनेरुको अध्यक्षतामा ६ सदस्यीय अधिकार सम्पन्न आयोग गठन गर्ने,’ मन्त्रिपरिषद् निर्णयमा उल्लेख छ। यसअघि नेपाली कांग्रेसका सांसद एनपी साउद लामो समयदेखि शुक्लाफाँटा आरक्ष पीडितको समस्या समाधान गर्न सरकारसँग माग गर्दै आएका थिए। उनले भदौ १८ मा बसेको प्रतिनिधि सभा बैठकमा पनि न्यायिक आयोग गठन…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट प्रहरीले ६ जना जुवाडेलाई पक्राउ गरेको छ। बिहीबार दिउँसो धनगढी धनगढी उपमहानगरपालिका–७ क्याम्पस चोकमा प्रेम जोशीले सञ्चालन गरेको नास्ता पसलको तेस्रो तलाबाट जुवातास खेलिरहेको अवस्थामा सञ्चालकसहितका ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनीहरुलाई २३ हजार ३४० रुपैयाँसहित पक्राउ गरेको हो। उनीहरुलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यी हुन् जुवाडे प्रेम जोशीरुपक रोकायागङ्गादत्त भट्टऐन भण्डारीधर्म बिष्टकमल बिष्ट

Read More

काठमाडौं: सरकारले इजाजत प्राप्त गरेका व्यक्तिले पनि हातहतियार बोकेर सरकारी कार्यालय तथा सार्वजनिक स्थलमा हिड्न रोक लगाएको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै हातहतियार बोकेर सार्वजनिक स्थलमा हिड्न रोक लगाएको हो। संसद भवन, अदालत, सरकारी कार्यालय, अस्पताल, शैक्षिक संस्था, सार्वजनिक यातायात, हाटबजार तथा सपिङ मल, सिनेमा हललगायत सरकारी तथा सार्वजनिक स्थलमा इजाजतप्राप्त गरेको व्यक्तिले पनि हतियार बोकेर हिँड्न नपाउने गरी रोक लगाएको हो। इजाजत हतियार प्रयोगसम्बन्धी मापदण्ड बनाउँदै दर्ता हतियार घरबाहिर लिएर हिँड्न रोक लगाउने निर्णय भए अनुसार राजपत्रमा सूचना प्रकाशित भएको गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले जानकारी दिए।

Read More

धनगढी: कञ्चनपुरमा एक जना मृत अवस्थामा भेटिएका छन्। बेदकोट नगरपालिका वडा नम्बर ३ भम्कास्थित भित्रि सडक खण्डको छेउमा डडेलधुराको आलीताल गाउँपालिका वडा नम्बर ७ घर भएका ४१ वर्षीय जोगी महरा मृत भेटिएको प्रहरीले जनाएको छ। उनी बेदकोट नगरपालिकामा बसोबास गर्दै आएका थिए। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Read More