Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो सुन बरामद भएको छ । अवैधरुपमा नेपाल भित्र्याइएको उक्त सुनसहित तस्करसमेत समातिएका छन् । भन्सार छुटाएर बाहिर निस्किसकेको अवस्थामा शंका लागेपछि घुमुवा प्रहरीको टोलीले छानविन गर्दा सुन बरामद भएको बताइएको छ । यसबारे अहिले छानविन भइरहेको विमानस्थल प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टी सुधारको अभियानमा लाग्ने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा ललितपुरमा भएको कार्यक्रममा उनले आफ्नो पद धरापमा परे पनि पार्टी सुधारको अभियानमा लाग्ने बताएका हुन् । “म काँग्रेसको महामन्त्री छु, पार्टी सुधार गर्ने काममा जोखिम उठाएर काम गर्दैगर्दा महामन्त्री गए जाओस्,” महामन्त्री थापाले भने, “म काँग्रेस कार्यकर्ता मात्रै भएर बस्न परे तयार छु ।” उनले तत्कालको काम पार्टीका नेता कार्यकर्तालाई निराशाबाट बाहिर ल्याउनुपर्ने भन्दै त्यसका लागि सबैको साथ चाहिएको बताए । पार्टी सुधार गरे काँग्रेसप्रतिको भरोसा नटुट्ने र नयाँ/पुराना दलले असर पनि नगर्ने उनको भनाइ छ ।

Read More

धनगढी: धनगढीका विभिन्न क्याम्पसहरुमा नेपाली काङ्ग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले डस्टबिन राखेको छ। आज (सोमबार) गणतन्त्र दिवसको अवसरमा धनगढीका ५ क्याम्पसमा फोहोर विसर्जनका लागि भन्दै डस्टबिनहरु राखिएको हो। नेविसंघको नगर कमिटीले हरेक क्याम्पसमा २/२ कुहिने र नकुहिने गरी डस्टबिन राखेको नगर सभापति दिपेश बोहराले बताए। सरसफाइलाई बढावा दिन डस्टबिन राखिएको उनले बताए। धनगढीको एसपीए क्याम्पस, कैलाली बहुमुखी क्याम्पस, ऐश्वर्य बहुमुखी क्याम्पस, नेपाल वैस्टर्न कलेज र एलाइन्स कलेजमा डस्टबिन राखिएको हो।

Read More

गण्डकी: देशमा गणतन्त्र आउनुपूर्व फेवाताल किनाराको रत्नमन्दिर परिसर एक छिन घोरिएर हेर्न पनि डराउनुपर्थ्यो । सवारीसाधन परिसरको मार्गमा रोक्न त पाइँदैनथ्यो नै नजानेर किनाराबाट पैदल हिँड्ने सर्वसाधारण पनि सुरक्षाकर्मीको गाली खाएपछि अर्को किनाराबाट हिँड्न बाध्य थिए । त्यही रत्नमन्दिर भित्र आज भने हुलकाहुल पोखरेली भित्रै पसेर फोटो र सेल्फी लिन व्यस्त देखिन्थे । गणतन्त्र स्थापनाको १५ वर्ष पूरा भएका अवसरमा पोखरेलीको वर्षौंदेखिको रत्नमन्दिर हेर्ने चाहना आज पूरा भएको छ । नेपाल ट्रष्टको कार्यालयले आजैदेखि सर्वसाधारणका लागि रत्नमन्दिर खुल्ला गरेको हो । पर्यटकीय नगरी पोखरामा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एक कार्यक्रमका बीच औपचारिक रुपमा सर्वसाधारणका लागि रत्नमन्दिर खुल्ला…

Read More

बैतडी: जिल्ला कारागार बैतडीमा रहेका एक जना कैदीबन्दीको सजाय माफ गरिएको छ । गणतन्त्र दिवसको अवसरमा जिल्लाको सुर्नया गाउँपालिका–४ का देवेन्द्रबहादुर कुवँरको बाँकी कैद मिनाहा भएको कारागार बैतडीका प्रमुख धारा भण्डारीले बताइन् । कर्तव्य ज्यान मुद्दामा २०७३ पौष २९ गते कारागार चलान भएका कुँवरको कैद भुक्तान २०८४ असार २८ हुने भएपनि गणतन्त्र दिवसको अवसरमा उनको बाँकी कैद मिनाहा भएको भण्डारीले बताइन् ।

Read More

काठमाडौँ: चलचित्रबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्र पनि प्रवर्द्धनमा मद्दत पुग्छ । दर्शकलाई सजिलै पात्र र कथावस्तुको वातावरणसँग जोड्न सक्नु निर्देशकको खुबी हो । पात्रसँग दर्शक ‘कनेक्ट’ भएपछि त्यसको प्रभाव बाहिर पनि पर्छ । अर्थात् अभिनेता वा अभिनेत्री विविध पहिरन लगाउने, खानेकुरा खाने र समाजमा आफ्नो विचार प्रस्तुत गर्ने काम पनि चलचित्रमा हुने भएकाले यसलाई समयको दस्तावेजका रूपमा समेत बुझ्ने गरिन्छ । अहिले निर्माण भइरहेका चलचित्रमा परिस्थितिसँगै वेषभूषा र त्यो समयको पनि चित्रण गरिएको हुन्छ । विदेशमा विगतमा भएका घटनाक्रमलाई लिएर चलचित्र निर्माण गर्ने प्रचलन बढ्दो छ । कुनै समय वा घटनालाई लिएर बनाइने ती चलचित्र त्यो समयलाई…

Read More

काठमाडौँ: आज १६औँ गणतन्त्र दिवस। सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच मनाइएको छ । नेपाली नागरिकको लामो बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइँदै आएको छ । तस्विर : रासस

Read More

काठमाडौँ: उच्च अदालत पाटनका न्यायाधीश दिपेन्द्रबहादुर बम धनगढी फर्किएका छन्। उनी सोमवार बिहान श्री एयरलाइन्सको विमानबाट धनगढी फर्किएका हुन्। न्यायाधीश बम बिहान साढे ९ बजे काठमाडौँबाट धनगढीका लागि उडेका थिए ।

Read More

धनगढी: धनगढी उपमहानगरपालिकामा भोलि (मङ्गलवार) सार्वजनिक बिदा दिइएको छ । उपमहानगरले आज सूचना जारी गर्दै मङ्गलवार सार्वजनिक बिदा दिइएको जनाएको हो । १६ गते गंगादशहरा पर्व भएको र उक्त दिन वडा नम्बर १६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा सो पर्व मनाइने हुँदा उक्त दिन बिदा दिइएको सूचनामा उल्लेख छ । साथै सो मन्दिर क्षेत्रलाई प्रमुख धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्दै लैजाने उद्देश्य रहेको हुँदा उपमहानगरमा स्थानीय बिदाको रुपमा सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ ।

Read More

धनगढीः धनगढी उपमहानगरपालिकाको छ लेन सडक खण्डको रेलिङ पोलमा ट्रक ठोक्किएको छ । ना.६ ख २६२८ नम्बरको ट्रक ठोक्किएर पोल भत्किएको हो । ट्रकलाई नगर प्रहरीले नियन्त्रणमा लिई जिल्ला ट्राफिक प्रहरीलाई बुझाएको छ । क्षति भएको रेलिङ पोललाई ट्रक धनीले सोमवार बनाउने सहमति भएको जानाइएको छ ।

Read More