Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीको चुरे पाउँपालिका-४ स्थित बाजुरागडाका स्थानीयहरुले सिँचाइको माग गरेका छन्। हिजो (शुक्रबार) धनगढीमा याक नेपाल नामक संस्थाले आयोजना गरेको एक कार्यक्रममा उनीहरुले सो क्षेत्रका प्रदेश सभा सदस्य दीर्घ सोडारीसमक्ष आफ्ना मागहरु राखेका हुन्। कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ अन्तरगत पर्ने बाजुरगडामा वर्षौंदेखि खानेपानी र सिँचाइको चरम समस्या छ। बाजुरगडामा २५ परिवार दलित, जनजाति ७ परिवार र ब्राहमण, क्षेत्री परिवार गरी जम्मा ४० परिवारहरु बसोवास गर्दछ्न्। सोही विषयलाई लिएर उनीहरु धनगढी पुगेका थिए। उनीहरुले प्रदेश सरकारले त्यहाँ आधारभूत आवश्यकता प्रत्याभूत गराउनुपर्ने माग राखेका छन्। यस्तै प्रदेश सभा सदस्य सोडारीले पनि आफूले सो क्षेत्रको विकासको लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।…

Read More

डोटी: डोटी बहुमुखी क्याम्पसका प्राध्यापक राजन केसीको निधन भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका-६ का ४० वर्षीय केसीको हिजो नेपालगञ्ज मेडिकल कलेजमा निधन भएको हो। जिब्रोमा क्यान्सर भएर उनको उपचारको क्रममा निधन भएको परिवारिक स्रोतले जनाएको छ। उनी अंग्रेजी विषयका प्राध्यापक थिए।

Read More

डोटी: डोटीको सेती नदीमाथि निर्माणाधीन पुल छिटो सप्पन्न गर्न उच्च अदालत दिपायलले परमादेश जारी गरेको छ। विगत एक दशकदेखि निर्माणाधीन शिखर नगरपालिका-१० र ११ जोड्ने सेती नदी पुलको निर्माण कार्य छिटो सम्पन्न गर्न अदालतले विपक्षीका नाममा परमादेश जारी गरेको हो। डोटीका मानवअधिकारकर्मी तथा पत्रकार रामहरी ओझाले दर्ता गरेको रिट निवेदनमा यहि जेठ १० गते सुनुवाई गर्दै उच्च अदालत दिपायलका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश देशबहादुर सार्कीको संयुक्त इजलासले निर्माण कार्य चाँडो सम्पन्न गर्न उक्त आदेश जारी गरेको थियो। उक्त पुलको निर्माण गर्ने जिम्मेवारी पाएको पप्पु-राजेन्द्र निर्माण सेवाले विभिन्न बहानामा योजना अलपत्र पारेपछि ओझाले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको…

Read More

काठमाडौं: पशुपति क्षेत्र विकास कोषमा सदस्य सचिव र कोषाध्यक्षको जिम्मेवारी सम्हालेका गोविन्द टण्डन पशुपतिको सम्पत्ति खाए शिवस्व लाग्ने डरले घरबाटै पानी बोकेर कार्यालय जान्थे। पशुपतिको सम्पत्तिबाट पानी पनि पिउन हुन्न भन्ने उनलाई लाग्थ्यो। खाजा पनि घरबाटै लान्थे। यहाँसम्म कि कार्यालयको गाडीसमेत उनले चढेनन्। टण्डनले पशुपति क्षेत्र विकास कोषमा दुईपटक गरी ११ वर्ष दुई महिना पदाधिकारीका रूपमा कार्यरत रहे। तर अधिकांश समय उनले तलब भत्ता बुझेनन्। टण्डनले शिवस्व लाग्छ भनेर तलबभत्ता नै नबुझेको थाहा पाएपछि तत्कालीन रानी ऐश्वर्य शाहले उनलाई ‘तपाईंलाई अप्ठयारो परेको होला, थोरै भए पनि तलब बु्झ्नुहोस्’भनी आग्रह गरिन्। रानीको आग्रहलाई इन्कार गर्न नसकेपछि उनले मासिक २ हजार रुपैयाँ…

Read More

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत गुजरात टाइटन्स फाइनलमा पुगेको छ। गएराति भएको खेलमा मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै गुजरात फाइनलमा प्रवेश गरेको हो। गुजरातले दिएको २ सय ३४ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई १० बल बाँकी छँदै १ सय ७१ रन बनाउँदा अलआउट भयो। मुम्बईका सूर्यकुमार यादवले ६१, तिलक वर्माले ४३ र क्यामरन ग्रिनले ३० रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन्। गुजरातका मोहित शर्माले पाँच तथा मोहम्मद शामी र राशिद खानले २÷२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको गुजरातका शुभमन गिलले १ सय २९ रन बनाए । यो सिजनको आईपीएलमा उनको यो तेस्रो शतक हो। गिलले…

Read More

धनगढी: सुदूरपश्चिममा यहीँ जेठ १४ र १५ गते प्रादेशिक नीति संवाद तथा युवा महोत्सव हुने भएको छ। बालबालिका, किशोरकिशोरी तथा युवाका क्षेत्रमा एक दशकदेखि कार्यरत पूर्व बालक्लब सदस्यहरूद्वारा गठन गरिएको संस्था युवालयले उक्त महोत्सव आयोजना गर्न लागेको हो। यस्तै युवालयलाई राष्ट्रिय युवा परिषद्ले सहकार्य तथा प्रदेश युवा परिषद्ले समन्वय गरेको छ। यस्तै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले पनि सहयोग गरेका छन्। सो महोत्सवमा युवा उद्यमशीलता, सुरक्षित वैदेशिक रोजगारी, सीप तथा अवसर, गलत वा मिथ्या सूचना, दुष्प्रचार तथा घृणास्पद अभिव्यक्ति जस्ता विषयमा अधिकतम युवालाई सहभागी गराई सो क्षेत्रका विज्ञहरूबाट अभिमुखीकरण प्रदान गरिने जनाइएको छ। त्यस्तै, युवाको अर्थपूर्ण सहभागितामा युवा लक्षित…

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषध मुद्घाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको शुक्लाफाटा नगरपालिका –८ का दिनेश जप्रेल घरमा लुकिछिपि रहेको अवस्थामा शुक्रबार पक्राउ परेका हुन। जप्रेललाई जिल्ला अदालत कञ्चनपुरबाट २०७८ मंसिर २१ गते लागुऔषध चरेशको मुद्घामा १ बर्ष ९ महिना ३ दिन कैद र १५ हजार जरिवाना तोकिएको थियो। जप्रेललाई हिजो कञ्चनपुर जिल्ला अदालतले तोकिएको सजाय  भुक्तानको लागी कारागार चलान गरिएको कञ्चनपुर प्रहरी प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश डांगीले बताए।

Read More

धनगढीः हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज शनिवार दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू–भागहरुका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ। तराईका केही स्थानहरुमा हावा–हुरीको समेत सम्भावना रहेको उल्लेख गरिएको छ। राति देशको पहाडी भू–भागहरूमा आँशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Read More

धनगढीः सुदुरपश्चिम पृतना हेड क्वाटरले लम्कीचुहा नगरपालिका वडा नम्बर –३ स्थित कर्णाली नदीमा मनसुन जन्य विपद् न्युनीकरण सम्बन्धि संयुक्त कृतिम अभ्यास सञ्चालन गरेको छ। उक्त अभ्यासमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी, युएनडिपी, विश्व दृष्टि नेपाल लगायत संघ संस्थाको सहभागिता रहेको  थियो। अभ्यासमा नेपाली सेनाले बाढी तथा डुबानको समयमा फसेका व्यक्तिहरुलाई  मोटर डुङ्गा , रबरबोट र डोरीबाट खोज तथा उद्धार अभ्यास गरेको थियो। साथै खोचमा फसेका व्यक्तिहरुलाई क्यराविनको सहायताबाट कर्णाली पुलबाट झरेर उद्धार अभ्यास पनि गरिएको थियो। सशस्त्र प्रहरी बल नेपालका गोताखोर टोलीले नदीमा वेपत्ताहरुको खोज तथा उद्धार तथा नेपाल प्रहरीले समेत रबर बोटबाट अभ्यास…

Read More

काठमाडौं – प्रमुख विपक्षी दलको अवरोधका कारण २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक फेरि बस्दै नबसी साढे ६ घन्टापछि भोलिका लागि सरेको छ । नेताहरुका अनुसार सभामुख देवराज घिमिरेको कार्यकक्षमा औपचारिक रुपमै तीनवटा सर्वदलीय बैठक बसे पनि पशुपतिनाथको मन्दिरमा राखेको जहलरीबारे उठेको प्रश्न र त्यसउपर संसदले गर्न सक्ने कार्यका सम्बन्धमा निचोड निकाल्न सकेन । त्यसैले सभामुख घिमिरेले भोलि ४ बजेका लागि बैठक सारेका छन् । नेताहरुका अनुसार एमालेले पशुपतिनाथको जलहरीमा सुनको सट्टा एमाले अध्यक्ष केपी शर्मा ओलीले पित्तल हालेको भन्ने माओवादी सांसद लेखनाथ दाहालले माफी माग्नुपर्ने एक सुत्रीय अडान राखिरहेका छन् । माओवादी केन्द्रले माफी नमाग्ने बरु यस विषयमा…

Read More