Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: हाल देशमा  पश्चिमी  निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी र बागमती प्रदेशका केही भू-भागमा हल्का वर्षा भइरहेको छ। देशका बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रहनेछ। यी तीन प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । 

Read More

काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहले विकास निर्माणका लागि एक आपसमा जुट्न आग्रह गरेका छन् । शनिबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले लम्पसार परेर बाँच्नु नेपालीको अपमान हुने बताएका हुन् । आफ्नो पहिचान नेपालीको शान भएको उनको भनाइ थियो । ‘आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो । कसैको अगाडि लम्पसार परेर बाच्नु हाम्रो अपमान हो,’ उनले भने । एकजुट भएर राष्ट्रको निम्ति एकसाथ अघि बढ्न उनको आग्रह थियो । पूर्वराजा शाहको सम्बोधनको पूर्णपाठः आफ्नो पहिचान हाम्रो शान हो। आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो। कसैको अगाडि लम्पसार परेर बाच्नु हाम्रो अपमान हो। हामी जहाँ…

Read More

काठमाडौँ: काठमाडौँबाट भारतको बैंगलोर उडेको नेपाल वायुसेवा निगमको न्यारोबडीमा चरा ठोक्किएपछि वाइडबडी विमानलाई त्यसतर्फ पठाइएको छ । दिउँसो पौने २ बजे उडेको विमान सर्लाहीको आकाशमा पुग्दा चरा ठोक्किएको थियो । लगत्तै त्यहाँबाट फर्काइएको विमान दिउँसो सवा २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । उक्त न्यारोबडी विमान ए ३२० को दायाँ इञ्जिनमा सामान्य समस्या देखिएपछि जापानको नारिताबाट दिउँसो साढे ३ बजे काठमाडौं आइपुगेको वाइडबडी विमान ए ३३० लाई डेढ सय यात्रुसहित साँझ साढे ६ बजे बैंगलौर उडाइएको छ ।

Read More

काठमाडौँ: माओवादीनिकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालले आज प्रदान गरेको पुरस्कारमा असहमति जनाउँदै केही पत्रकारले राजीनामा दिएका छन् । प्रेस सेन्टरको ललितपुर जिल्ला कमिटीलाई उत्कृष्ट घोषणा नगरिएकोमा अध्यक्षसहित आठ जना पदाधिकारीले राजीनामा दिएका छन् । उनीहरुले सेन्टरको साधारण सदस्यतासमेत त्यागेका हुन् । बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा साँखुको एउटा रिसोर्टमा आयोजित कार्यक्रममा वितरित पुरस्कार असन्तुष्टि जनाउँदै उनीहरुले राजीनामा दिएको बताइएको छ । ललितपुर जिल्ला अध्यक्ष रामहरि कार्की,उपाध्यक्ष गोपाल आलेमगर,सचिव दीपक अर्याल,सहसचिव अनिल पन्त,कोषाध्यक्ष कृष्ण पौडेल,सहसचिव नारायण लिंखा देवान, ललितपुर महानगर समिति सचिव राजु नेपाल संयुक्त राजीनामा बुझाउनेमा छन् । संयुक्त राजीनामा दिनेमा प्रेस सेन्टर नेपालको उपत्यका प्रदेश कमिटीका सदस्य राममणि…

Read More

गुल्मी: गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङ्गमा असल बुहारीहरुलाई सम्मान गरिएको छ । बुहारी सम्मान कार्यक्रम अन्तर्गत बुहारीहरुले ज्येष्ठ नागरिकप्रति गरेको सेवाको आधारमा नौ जना बुहारीलाई सम्मान गरिएको हो । पछिल्लो समय घरमा ज्येष्ठ नागरिकहरुप्रति गरिने सेवाको भाव कम हुँदै गएको अवस्थालाई मध्यनजर गर्दै सो वडामा प्रोत्साहन स्वरुप बुहारी सम्मान अभियान सुरु गरिएको वडाध्यक्ष सुशील चन्दले बताए । वडा कार्यालयले साविकका नौ वडाबाट प्रतिनिधिमूलक रुपमा एक/एक जना असल बुहारीलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेको बताइएको छ । यस्तै, कार्यक्रममा उत्कृष्ट किसान, समाजसेवी, कर्मचारी, शिक्षक, उत्कृष्ट विद्यार्थी, खेलाडीलगायत विभिन्न समाजिक सङ्घ संस्थाका महत्त्वपूर्ण व्यक्तिहरुलाई समेत सम्मान गरिएको बताइएको छ ।

Read More

काठमाडौँ: मिस नेपाल वर्ल्ड-२०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । ललितपुरको गोदावरीमा शनिवार भएको फाइनलमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै प्रधानले मिस नेपालको उपाधि जितेकी हुन् । २३ वर्षीया श्रीच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितेकी छन् । उनलाई पूर्व मिस नेपाल प्रियंका रानी जोशीले ताज पहिर्याएकी हुन् । यस्तै, प्रसिद्धि शाहले मिस नेपाल इन्टरनेशनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जितेका छन् । २४ जना सुन्दरीले मिस नेपाल वर्ल्ड-२०२३ को उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

Read More

बझाङ: बझाङमा यार्सा सङ्कलकबीच झडप भएको छ । जिल्लाको साइपाल गाउँपालिका-२ स्थित माझा वनमा यार्सा सङ्कलकहरुबीच झडप भएको हो । प्रहरीका अनुसार यार्सा सङ्कलन गर्न गएका साइपाल-२ र तल्कोट गाउँपालिका लोकण्डका युवाहरुबीच झडप भएको हो । झडपमा लोकण्डका पवन रोकाया र साइपालका देवजंग बोहरा घाइते भएका र उनीहरुको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Read More

बैतडी: बैतडीको मेलौली नगरपालिका ७ को एक होटेलमा शनिवार बेहोस पाइएका एक पुरुषको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका २ का ५७ वर्षीय रनि चन्दको मृत्यु भएको प्रहरीले बताएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार भारतबाट आएका चन्द जेठ ११ गतेदेखि रिसब होटेलमा बस्दै आएका थिए । आज बिहान होटेलका कर्मचारीले खाना खानका लागि बोलाउन जाँदा उनलाई बेहोस अवस्थामा फेला परेका थिए । उनको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

Read More

धनगढीः कैलाली बहुमुखी क्याम्सपका प्राध्यापकहरुले सामूहिक राजीनामा दिएका छन् । क्याम्पसका विभागीय प्रमुखहरूले सामूहिक राजीनामा दिएका हुन् । शुक्रवार विभागीय प्रमुखबाट राजीनामा दिएर आन्दोलनमा उत्रिएका प्राध्यापकहरूले क्याम्पसमा तालाबन्दी समेत गरेका छन् । केन्द्रीय क्याम्पसका प्राध्यापकहरूको निहित स्वार्थका कारण सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा पहिलो चरणमा समाहित भएका क्याम्पसका प्राध्यापकहरूको समायोजन अहिलेसम्म टुङ्ग्याउन नसकेको प्राध्यापकहरूको आरोप छ । विश्वविद्यालयले समायोजना हुँदा गरेका वाचा पूरा नभएपछि प्राध्यापकहरू आन्दोलित हुनुपरेको कैलाली बहुमुखी क्याम्पस, प्राध्यापक संघका सभापति शिवप्रसाद सापकोटाले बताए । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले समायोजन हुँदा कैलाली बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायको डिनको कार्यालय राख्ने सहमति गरेको थियो । यसैगरी २०७८ बाट क्याम्पसमा वन विज्ञान, २०७९ मा अर्किटेक्चर इन्जिनियरिङ,…

Read More

कञ्चनपुर: कञ्चनपुरको कञ्चन बहुमुखी क्याम्पसमा अध्ययनरत भागेश्वरी देउवाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका गुलरियाकी देउवा बीए तेस्रो वर्षमा अध्ययनरत थिइन् । अन्दाजी २४ वर्षीया देउवा मुटु सम्बन्धी रोगबाट पीडित थिइन्।

Read More