Author: महेन्द्रनगर पोष्ट

दार्चुला: महाकाली राजमार्गको दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरूद्ध भएको छ । गएरातिको वर्षाका कारण सडकमा ढुंगामाटो खसेको छ । ढुंगामाटो खसेर सडक अवरूद्ध भएपछि यातायात सेवा पनि अवरूद्ध छ । सडक खुलाउने प्रयास भइरहेको बताइएको छ ।

Read More

काठमाडौँ: आज सुनको मूल्य सात सय रुपैयाँले घटेको छ । सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेर एक लाख नौ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर एक हजार तीन सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Read More

लमजुङ: लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङ जिल्लाको राइनास नगरपालिकास्थित भलायखर्क आसपास केन्द्रविन्दु भएर आज बिहान ५ बजेर ५५ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का लमजुङ, तनहुँ र गोरखा जिल्लामा महसुस गरिएको थियो । यसअघि गत असार ५ गते बिहान दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ । रासस

Read More

काठमाडौँ: काठमाडौँबाट भारतको गुजरातको लागि छुटेको बस दुर्घटना भएको छ । एआर–०६ इ ७०३१ नम्बरको यात्रुबाहक बस धादिङको गल्छीमा दुर्घटना भएको हो । बस पल्टिँदा एक बालकको मृत्यु भएको र १२ जना घाइते भएका घटनास्थलमा खटिएका सुरक्षा अधिकारीहरूले बताएका छन् । प्रहरीले घटनास्थलबाट घाइतेहरूको उद्धार गरिरहेको छ ।

Read More

कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रबाट प्रहरीले ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ। बिहीबार साँझ भीमदत्त नगरपालिका–१८ का १८ वर्षीय अभिषेक सोनाम र सोही ठाउँका २४ वर्षीय प्रशान्त कुँवरलाई प्रहरीले ५.९९ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो। उनीहरु सोही वडाको एक घरमा डेरा गरी बसिरहेका थिए। शङ्काको आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले खानतलास गर्दा उनीहरुको साथबाट ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ।

Read More

कैलाली: कैलालीमा ब्राउनसुगरसहित तीनजना पक्राउ परेका छन्। बिहीबार साँझ जिल्ला गोदावरी नगरपालिका–४ अत्तरियाबाट सोही ठाउँ बस्ने २३ वर्षीय राजेन्द्र बोहरा र धनगढी उपमहानगरपलिका–३ का २० वर्षीय आशिष भण्डारी २ सय ६० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन्। भण्डारीले चलाइरहेको सु.प.प्र. ०१००९ प ४९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा बोहराको साथबाट ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ। यस्तै बिहीबार साँझ नै धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलमा भारतबाट नेपाल आउँदै गरेका गोदावरी नगरपालिका–२ का १९ वर्षीय योगेन्द्र देउवालाई २ ग्राम ७ सय ६० मिलिग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार शङ्काको आधारमा खानतलास गर्दा देउवाको साथबाट ब्राउनसुगर फेला परेको हो।

Read More

धनगढी: पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी पत्नीको निधन भएको छ। सुदूरपश्चिमको बैतडी पुर्ख्यौली घर भएका चन्दकी पत्नी दिव्येश्वरीको ८३ वर्षको उमेरमा निधन भएको हो। बैतडी कुरकुटया पुरख्यौली घर भएको चन्द परिवार हाल भक्तपुरको लोकन्थलीमा बस्दै आएको थियो। उच्च रक्तचाप, पक्षघात लगायत रोगबाट पीडित चन्दको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान निधन भएको परिवारका एक सदस्यले बताए। चन्दको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। चन्द लामो समयदेखि पक्षघातबाट पीडित थिइन्।

Read More

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ८८ करोड रुपैयाँको बजेट ल्याएको छ। नगरपालिकाले नगरका गौरवका आयोजनालाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८०/८१ का लागि ८८ करोड ७ लाख ९६ हजार विनियोजन गरेको छ। बिहीवार नगरपालिकाले १४औं नगर सभाबाट बजेट पारित गरेको हो । नगरपालिकाले नगर गौरवका योजनालाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको छ। नगरपालिकाले कोल्ड स्टोर निर्माणका लागि ४ लाख, नगरस्तरीय कभर्ड हल निर्माणका लागि ९० लाख, बसपार्क निर्माणका लागि ४ लाख, नगर चक्रपथ निर्माणका लागि १ करोड ४० लाख, वडा नम्बर २ स्थित निर्माणाधीन खानेपानी योजनाका लागि १ करोड १४ लाख र सेफहाउस सञ्चालनका लागि २ लाख बजेट…

Read More

गोरखा : गोरखाको मनकामना सिलिङमा शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु हुने ५ जनाकै सनाखत भएको छ। दुलहा दुलहीसहित सहिदलखन ३ कोटगाउँबाट १९ जना जन्ती बोकेर सहिदलखन ५ पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नंबरको बोलेरो जीप सहिद लखन गाउँपालिका ३ सिलिङमा शुक्रबार बिहान करिब दुई बजे दुर्घटना भएको थियो।  दुर्घटनामा पाँचजनाको मृत्यु हुनुको साथै १२ जना घाइते भएका छन्। मृत्यु हुनेमा गोरखा सहिद लखन गाउँपालिकाका १९ वर्षीय प्रविण थापा, २८ वर्षीय वीरबहादुर थापा, अन्दाजी १९ वर्षीय निरज थापा, १९ वर्षीया नविना थापा र ६४ वर्षीय धनबहादुर थापा रहेका प्रहरीले जानकारी दिए। त्यस्तै घाइतेहरुमध्ये सबैजना सहिदलखन ५ पोखरीडाँडाका रहेका छन्।…

Read More

डडेल्धुरा: कञ्चनपुरका मातृकाप्रसादको अनौठो ठगी धन्दाबारे खुलासा भएको छ। उनले बिहे गर्छु भन्दै २ युवतीको पैसा खाएको खुलासा भएको हो। आफूलाई डाक्टर हुँ भन्दै युवतीसँग ७८ लाख बढी ठगी गर्ने उनी अहिले प्रहरीको खोरमा पुगेका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका–७ घर भई हल्ल भक्तपुर कौशलटार बस्ने बस्दै आएका मातृकाप्रशाद जैशीले नक्कली डाक्टर बनेर युवतीसँग बिहे गर्ने बहानमा ७८ लाख ठगी गरेको प्रहरीले जनाएको छ। जैशीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो। जैशीले आफू १२औं तहको डाक्टर हुँ भने पनि उनी डाक्टर नभएको खुलेको छ। एक युवतीलाई बिहे गर्ने भनेर उनले पटकपटक गरेर ४० लाख रुपैयाँ मागेका थिए। त्यसपछि अर्की युवतीलाई पनि बिहे…

Read More