Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीमा एक विद्यालयका प्रधानाध्यापक (हेडसर) को निधन भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका- ५, चौरीस्थित जन जागृती माबिका ४० वर्षीय प्रअ जब्बर बडुवालको बुधबार निधन भएको हो। प्रहरी स्रोतका अनुसार उनको रानीजमरामा नुहाउने क्रममा डुबेर निधन भएको हो। उनी ३/४ साथी सहकर्मी सरहरुसहित नुहाउन गएका थिए। तर उनलाई पौडी खेल्न नआएका कारण डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।

Read More

धनगढी- नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले धनगढीमा सरकार र भारतविरुद्ध विरोध प्रदर्शन गरेको छ। आज (बुधबार) साझ धनगढीको पार्कमोडमा अनेरास्ववियुको जिल्ला कमिटीले सरकार र भारतविरुद्ध प्रदर्शन गरेको हो। अनेरास्ववियुका जिल्ला अध्यक्ष किशोर शाहले एमाले र अनेरास्ववियुले आज ईतिहासकै कालो दिन मनाएको जानकारी दिए। उनका अनुसार विद्यार्थीहरु राष्ट्रघाती नागरिकता विधेयक प्रमाणीकरणको विरूद्धमा आन्दोलित बनेका हुन्। यस्तै भारतले आइतवार ‘अखण्ड भारत’ भनेर सार्वजनिक गरेको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुको क्षेत्रलाई समेटिएको विषयका विरुद्ध पनि अनेरास्ववियुले प्रदर्शन गरेको हो। त्यस्तै अहिलेको सरकारले गेटामा चिकित्सा विश्वविद्यालय बनाउने भनेर निर्णय गरेकोमा बजेटमा प्रतिष्ठान बनाउने भनेर आएपछि सो विषयमा पनि अनेरास्ववियुले विरोध जनाएको हो।

Read More

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरूमा शैय्या उपलब्धताको स्थिति वेबसाइटमा राखेर सार्वजनिक गर्न निर्देशन दिएका छन् । बुधवार काठमाडौँ महानगरपालिकाले विश्व धूम्रपान रहित दिवस २०८० को अवसरमा आयोजना गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन ऐन कार्यान्वयनमा स्थानीय सरकारको भूमिका विषयक कार्यक्रम बोल्दै मन्त्री बस्नेतले यसबारे जानकारी दिएका हुन् । उनले अस्पतालहरूमा आइसियु, इमर्जेन्सी वा सिसियु बेडहरु के–कति छन् र कति खालि छन् भन्ने कुराको जानकारी वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएको उल्लेख गरे । उनले सो काम सुरु भइसहेको भन्दै अब त्यसप्रकारको समस्या नहुने बताए । त्यस्तै ओपिडि टिकट अनलाइनमार्फत पनि लिन सकिने उनले बताए । उनले संसारभरमा सुर्तीजन्य पदार्थमा…

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणमा गएका छन्। आफ्नो निजी काम भएको जानकारी गराउँदै लामिछाने दिल्ली गएको रास्वपाका‍ महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए। आजैमात्र प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोली भारतको चार दिने औपचारिक भ्रमणमा गएका छन्। लामिछाने पनि हवाईमार्ग हुँदै आजै दिल्ली गएका हुन्। प्रधानमन्त्री भारत गएकै दिन पारेर लामिछाने किन गए भन्ने विषयलाई चासोका साथ हेरिएको छ। लामिछाने पत्नी निकिता पौडेललाई साथमा लिएर भारत गएका हुन्। उनले भारत जाँदा संसदीय दलको कार्यवाहक जिम्मेवारी दलका उपनेता विराजभक्त श्रेष्ठलाई दिएका छन्। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रह्लाद मोदी केही दिनअघि नेपाल आउँदा लामिछानेसँग भेट…

Read More

महेन्द्रनगर – भारतीय प्रहरीले दुई जना नेपालीलाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका-९ मटेनाको खेलकुद मैदान नजिकबाट बुधबार दिउँसो सादा पोशाकमा आएका भारतीय प्रहरीले स्थानीयबासि ईश्वर पन्त र दिनेश रावतलाई पक्राउ गरेको हो। उनीहरू चरेश खरिद गर्न भन्दै रावतको पसलमा पुगेको र त्यहीँ खानपिन गरी विश्वासमा पारेको स्रोतले जनायो। ‘बिहान देखि सादा पोशाकका प्रहरी त्यहीँ थिए, ग्राहकको भेषमा चरेशको डिल गरी दशगजा पारि बोलाएर पक्राउ गरेको स्रोतले बतायाे । भारतीय प्रहरीले उनीहरूको साथबाट ठुलो मात्रामा चरेश समेत बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका एसपी कमल थापाले घटनाबारे अनौपचारिक जानकारी मात्र आएको र बुझ्ने काम भैरहेको बताए ।

Read More

काठमाडौँ – प्रमुख प्रतिपक्षी एमालेले नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा बुधबार प्रदर्शन गरेको छ। बुधबार साँझ नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा राष्ट्रपति रामचन्द्र पौडेलको पुतला जलाएको छ। त्यस्तै, युवासंघले भारतीय संसद्‌मा अखण्ड भारतको नक्सा राख्ने क्रममा नेपालको कपिलवस्तु र लुम्बिनीसमेतलाई समेटेको भन्दै राष्ट्रपति पौडेलको अर्को पुतला पनि जलाएको छ। युवा सङ्घले नयाँ बानेश्वरमा राष्ट्रपति तथा सरकारविरुद्ध मसालसमेत बालेर प्रदर्शन गरेको छ।

Read More

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार थप चार जना प्रतिवादीको बयान लिइएको छ । प्रतिवादीहरू गोविन्द चौधरी, सचिव टेकनारायण पाण्डे, मुख्य योजनाकार भनिएका सानु भण्डारी र रामशरण केसीको बयान लिइएको हो । उनीहरूको बयान काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा लिइएको हो। शुक्रबार सागर राई र केशवप्रसाद दुलालको बयान लिइएको थियो भने आइतबार प्रतिवादी टङ्ककुमार गुरुङ, सन्दीप रायमाझी, लक्ष्मी महर्जन, सागर राई र केशवप्रसाद दुलालको बयान लिइएको थियो। यस प्रकरणमा पक्राउ परेका १७ जना मध्ये १२ जनाको आजसम्म बयान सकिएको छ। प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना प्रतिवादी विरुद्ध मुद्दा दर्ता गरीएपनि १३ जना अझै फरारको सूचीमा…

Read More

भक्तपुर – विश्व सेवा विस्तार संस्थाले पछिल्लो एक वर्षमा तीनवटा नेपाल भारत सिमा नाकाबाट मानव बेचविखनबाट जोगाई दुई सय ६१ जना किशोरीलाई घर फर्काउन सफल भएको जनाएको छ । संस्थाको आर्थिक वर्ष २०७९/८० को बुधबार भक्तपुरमा भएको सामाजिक लेखा परीक्षण कार्यक्रममा शंकास्पद पाँंच हजार दुई सय ४२ जनालाई सोधपुछ गरिएको जानकारी गराइको छ । संस्थाले नेपाल भारतका तीन वटा सिमा नाका काकरभिात, विराटनगर र भद्रपुरमा तीन वटा सिमा नाकाबाट मानव वेचविखनको सम्भाबना भएका किरोरीलाई जोगाउन निगरानी गर्दै आएको जनाएको छ । संस्थाकी कार्यक्रम निर्देशक सरस्वती मानन्धरले आर्थिक वर्ष २०७१/०७२ देखि जिल्ला प्रशाशन कार्यालय भक्तपुरमा दर्ता गरी संस्थाले मानववेचविखनबाट जोगाउने उद्देश्यका…

Read More

धनगढी – नागरिक उन्मुक्ति पार्टीका संस्थापक समेत रहेका पूर्व प्रतिनिधि सभा सदस्य रेशमलाल चौधरीले आफू २०८४ सालमा चुनाव लडेर जित्ने बताएका छन्। टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेल जीवन बिताइरहेका चौधरी अस्ति गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि रिहा भएका थिए। त्यसपछि आज (बुधबार) कैलालीको धनगढीस्थित कारागार पुगेका उनले फेरि २०८४ सालमा प्रतिनिधि सभा चुनाव लडेर जनप्रतिनिधि बन्ने बताएका हुन्। २०७२ भदौमा कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा भएको हिंसात्मक झडपमा ७ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो। उक्त घटनामा दोषी ठहर भई उनलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो। टीकापुर घटनामै दोषी ठहर भई जेलमा रहेका अन्य बन्दीहरुलाई उनले बुधबार…

Read More

नयाँ दिल्ली – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रासँग भेटघाट गरेका छन् । बुधबार दिउँसो चार दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका प्रधानमन्त्री दाहालले डोभाल र क्वात्रासँग आफू बसिरहेको होटलमा भेटवार्ता गरेका हुन् । भेटमा दुई देशको सम्बन्ध लगायत विविध विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री दाहाल सरदर पटेल मार्गस्थित मौर्य होटलमा बसिरहेका छन् । प्रधानमन्त्रीको औपचारिक कार्यक्रम भने भोलिदेखि मात्र सुरु हुनेछ ।

Read More