Author: महेन्द्रनगर पोष्ट

बाजुराः बाजुराका दुई घरमा आगलागी भएको छ । बुधवार गाैमुल गाउँपालिका-६ का गाेरे विक र उज्ज्वल विकगौको जोडिएको ३ तले ८ कोठे कच्ची घरमा बिजुलीको तार सर्ट भएर आगलागी भएको हो । आगलागीबाट खाद्यन्न, लत्ताकपडा, कागजपत्र ९० हजार नगद पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब ५ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ । त्यस्तै, मंगलवार साँझ बुढीगंगा नगरपालिका–९ सेलीका डम्मरबहादुर रावतको दुईतले ४ कोठे कच्ची घरमा पनि बिजुलीको तार सर्ट भएर आगलागी भएको छ । आगलागीबाट करिब ७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Read More

धनगढीः डडेल्धुरार्मा एक बालिकाको शव फेला परेको छ। बुधबार नवदुर्गा गाउँपालिका–५ का लक्ष्मण बिककी १० वर्षीया छोरी सानु मृत फेला परेकी हुन्। प्रहरीका अनुसार हिजो बाख्रा चराउन जंगल गएकी उनी राति घर नआएपछि खोजतलास सुरु गरिएको थियो। अस्थायी प्रहरी पोष्ट ठाँटाबजारबाट खटिएको प्रहरी टोलीले सानुलाई आज बिहान घरभन्दा एक किलोमिटर दुरीको जंगलमा मृत फेला पारेको हो। अहिले घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ: सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार एकैदिन सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार र तेजावी सुनको मूल्य एक लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ । यसअघि गत २१ वैशाखमा छापावाल सुन एक लाख ११ हजार ८ सय रुपैयाँ प्रतितोलामा खरिद बिक्री भएको थियो । बुधबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ पुगेको छ ।

Read More

विराटनगर: विराटनगरको नोबेल अस्पतालको शौचालयभित्र एक जना युवक मृत भेटिएका छन् । मिक्लाजुङका ३३ वर्षीय पुरुष बुधबार बिहान अस्पतालको शौचालयभित्र झुन्डिएको अवस्थामा भेटिएका मोरङ प्रहरीले जनाएको छ । आज बिहान शौचालय गएका उनी शौचालयबाट ननिस्किएपछि हेर्दा शौचालयको ढोका भित्रबाट बन्द गरी चुकुलको हेन्डिलमा झुन्डिएको अवस्थामा भेटिएका थिए । १३ वर्षीय छोरीलाई करणी गरेको आरोपमा प्रहरीले उनलाई जेठ १२ गते पक्राउ गरेको थियो । यसअघि पनि उनले आत्महत्याको प्रयास गरेका थिए । प्रहरीका अनुसार जेठ १४ गते घाँटी रेटेर आत्महत्याको प्रयास गरेपछि उपचारका लागि आफन्तको जिम्मा लगाइएको थियो । सरकारी वकिल कार्यालयको थुनुवा कक्षको शौचालयमा फलामले घाँटी रेटेर आत्महत्या प्रयास गरेका…

Read More

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रचण्ड नेतृत्वको टोली आज दिउँसो भारत प्रस्थान गरेको हो । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी छन् । टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा। प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, छोरी गंगा दाहाल लगायत छन् । प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली जेठ २० गते स्वदेश फर्किने…

Read More

काठमाडौँ: उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको चारदिने औपचारिक भ्रमणमा जाने भएपछि उपप्रधानमन्त्री खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले खड्काले कार्यवाहक तोकेका हुन् ।

Read More

पर्सा: लगातार बढ्दै गएको तापक्रमले पर्सावासीको जनजीवनलाई नराम्ररी प्रभावित गरेको छ । लामो समयदेखि वर्षा नहुँदा दिउँसोको तापाक्रम ४४ डिग्री पुग्न थालेपछि त्यसकारण बिरामी हुनेको सङ्ख्या बढ्दै गएको छ । गर्मी बढेसँगै वीरगञ्जको नारायणी अस्पतालमा पखाला, निमोनिया, ज्वरोका बिरामीको सङ्ख्या बढेको चिकित्सकले बताएका छन् । गर्मीबाट सबैभन्दा बढी बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएको नारायणी अस्पतालका वरिष्ठ फिजिसियन तथा आकस्मिक औषधि विशेषज्ञ डा।उदयनारायण सिंहले जानकारी दिए । गर्मी बढेसँगै पर्सामा ‘हिट स्ट्रोक’ अर्थात् ‘लू’ लाग्ने जोखिमसमेत बढ्दै गएको उनले बताए । दिउँसोको समयमा तापक्रम उच्च भएका बेला चल्ने गरम हावाले दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिलाई लु लाग्ने जोखिम…

Read More

कञ्चनपुर: कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका १० सडकघाटबाट सोही ठाउँका २५ वर्षीय सुकदेव सिंह र भारतको पिलभित टिल्ला नं.४ बस्ने २२ वर्षीय सोनु सिंह पक्राउ परेका प्रहरीले बताएको हो । भारतबाट नेपाल आउँदै गरेको सोनुले चलाएको यूके ०६ बीएफ ४६९० नम्बरको मोटरसाइकलमा सवार सुकदेवको साथबाट १०.३६ ग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ । लागुऔषध बरामद गरी आवश्यक कारबाहीको लागि सवारी साधनसहित दुबै जनालाई इलाका प्रहरी कार्यालय बेल्डाँडी ल्याई अनुसन्धान भइरहेको बताइएको छ ।

Read More

दार्चुला: दार्चुलामा करेन्ट लागेर एक जना शिक्षकको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको अपिहिमाल गाउँपालिका-३ का दमनसिंह कार्कीको मंगलवार करेन्ट लागेर मृत्यु भएको हो । उनी अपिहिमाल गाउँपालिका-४ स्थित सरस्वती आधारभूत विद्यालय मरखोलामा शिक्षण गर्दै आइरहेका थिए । आफ्नै घर नजिकको बिजुलीको पोलमा चढेर विद्युत मर्मत गरिरहेका बेला करेन्ट लागेर कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Read More

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले बताए । यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण रोकेकी थिइन् । संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक ०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । तर भण्डारीले विधेयकमा असहमति जनाउँदै ८ बुँदाको सरोकार उल्लेख गरेर संसद्लाई फिर्ता पठाएकी थिइन् । दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर भदौ २० मा राष्ट्रपति भण्डारी समक्ष पठाएको थियो । १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि उनले थन्क्याइदिएकी थिइन् । फागुन २५ मा राष्ट्रपति बनेका पौडेलले…

Read More