Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ । सरकारले वन तथा वातावरण मन्त्रालयको लागि १५ अर्ब ५६ करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसद्मा आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै वन मन्त्रालयका लागि १५ अर्ब ५६ करोड रकम व्यवस्था गरेको जानकारी दिए ।

Read More

काठमाडौ – अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक बर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्न मन्तब्य दिईरहेका छन् । संघीय संसद भवन, बानेश्वरमा जारी संघीय संसदको बैठकमा अर्थमन्त्री महतले बजेट सार्वजनिक गरिरहेका हुन । ‘नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि गर्दा शुल्क लाग्दै आएकोमा अबदेखि कुनै पनि शुल्क वा दस्तुर नलाग्ने व्यवस्था मिलाइनेछ, न्यूनतम एक सय रुपैयाँमात्र अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न सक्ने कानूनी व्यवस्था गरिनेछ, अर्थमन्त्री महतले भने, ‘अनलाइनबाट नै कम्पनी दर्ता र खारेजी गर्न सकिने गरी प्रक्रियालाई सरल र पारदर्शी बनाइनेछ। विदेशी लगानीमा सञ्चालित उद्योगका लगानीकर्ता तथा सीपयुक्त जनशक्तिको भिसा प्राप्ति प्रक्रियालाई सरल र लचिलो बनाइने छ।’

Read More

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षदेखि जग्गाको कित्ताकाट फुकुवा गर्ने भएको छ । सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले जग्गाको कित्ताकाट फुकुवा गरिने जानकारी दिए । उनका अनुसार जग्गाको कित्ताकाट फुकुवा भएपछि घरजग्गाको कारोबार विस्तार हुने अपेक्षा गरिएको छ ।

Read More

काठमाडौँ: सरकारले कर्मचारीको प्रोत्साहन र अतिरिक्त समय काम गरेबापत दिइने भत्ता खारेज गर्ने घोषणा गरेको छ । सोमबार संसदमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् ।अर्थमन्त्री महतले स्रोतमा परेको चापलाई मध्यनजर गर्दै प्रोत्साहन र अतिरिक्त समय भत्ता खारेज गरिएको घोषणा गरेका हुन् ।

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित ५ जना मन्त्री भारत भ्रमणमा जाने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको भारत भ्रमण औपचारिक रुपमा स्वीकृत गर्दै ५ जना मन्त्री भारत भ्रमणमा जाने टुंगो लागेको हो । मन्त्रिपरिषद बैठकपछि सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले प्रधानमन्त्रीको टोलीमा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्ति बस्नेत, परराष्ट्र एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाल सहभागी हुने जानकारी दिइन् । प्रधानमन्त्रीसहितको टोली यही जेठ १७ देखि २० सम्मका लागि भारत भ्रमणमा जाँदैछ ।

Read More

काठमाडौँ: नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेका राष्ट्र मध्येमा पर्छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालको वार्षिक औसत तापक्रम शून्य दशमलव शून्य ५६ डिग्री सेल्सियसले बढेको छ । बढ्दो मानवीय क्रियाकलापका कारण वायुमण्डलमा हरितगृह ग्यासको उत्सर्जनमा वृद्धि हुन गई विश्वव्यापी रूपमा तापक्रम वृद्धि भएको हो । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी निकायको प्रतिवेदनअनुसार पृथ्वीको औसत तापक्रम सन् १८५०–१९०० को तुलनामा एक दशममलव एक डिग्री सेल्सियसले बढेको छ । जलवायु परिवर्तनजन्य विपद्बाट नेपालले वर्सेनि मानवीय र आर्थिक नोक्सानी व्यहोर्दै आएको छ । सन् १९९० देखि २०१९ सम्मको नेपालले उत्सर्जन गरेको हरितगृह ग्यासको प्रवृत्ति हेर्दा सन् २००० पछि हरित ग्यास उत्सर्जनको…

Read More

धादिङ्ग: धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष रमेश राउतमाथि स्थानीयलाई कुटपिट गरेका आरोप लागेको छ । सोही वडाको लाटु बस्ने ४३ वर्षीय राजकुमार थामीले आफू वडाध्यक्षबाट अकारण कुटिएको बताएका हुन् । गत जेठ ११ गते बेलुका ८ बजे आफ्नो फर्म र अनुदानका विषयमा सामान्य वादविवाद हुँदा वडाध्यक्ष राउतले आफूमाथि हातपात गरेको थामीको गुनासो छ । राउतविरुद्ध उनले पिस्कर प्रहरी चौकीमा उजुरीसमेत हालेका छन् । उजुरीमा आफ्नो जिऊज्यानको सुरक्षासहित घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ । त्यस्तै, उनले क्षतिपूर्ति दावी गर्दै आफ्नो स्वास्थ्य उपचारको व्यवस्था मिलाइदिन पनि आग्रह गरेका छन् । वडाध्यक्ष राउतले स्थानीय कुटेको घटनाको…

Read More

धनगढीः कैलालीको चुरे गाउँपालिका-५ का विभिन्न स्थानमा वन क्षेत्र अतिक्रमण गरेर बसेको बस्ती खाली गर्न नोटिस जारी गरिएको छ । सव डिभिजन वन कार्यालय सहजपुरले अतिक्रमित बस्ती खाली गर्न ७ दिने नोटिस जारी गरेको हो । चुरे गाउँपालिका–५ अन्तर्गत निगलाडी खोलादेखि भासुसम्म भीमदत्त राजमार्ग आसपास तथा जमुनीगाडा र खानीडाँडादेखि माल जाने आसपासको पुरै वन क्षेत्र खाली गर्न ७ दिने नोटिस जारी गरिएको छ । सूचना जारी भएको ७ दिनभित्र वन क्षेत्रभित्र निर्माण गरिएका घरटहरा खाली गरेर आ–आफ्नो सामान लैजाने काम नभए बलपूर्वक वन क्षेत्र खाली गरिने र वन ऐन २०७६ बमोजिम कडाभन्दा कडा कारवाही गरिने समेत जारी सूचनामा उल्लेख छ…

Read More

काठमाडौँ: नेपाल बार एशोसिएशनले रेशमलाल चौधरीको आममाफी संवैधानिक सर्वोच्चता, विधिको शासन एवम् आममाफीसम्बन्धी अवधारणाविपरीत भएको बताएको छ । टीकापुर नरसंहारमा दोषी ठहर भएपछि जन्मकैद सजाय भुक्तान गरिरहेका चौधरीलाई नेपाल सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा आममाफी दिएपछि एशोसिएशनले आपत्ति जनाएको हो । सरकारबाट हुने यस्ता कार्यले दण्डहीनतालाई प्रशय दिने उल्लेख गर्दै एशोसिएशनले नेपाल सरकार, राज्यको मुख्य अंग र सोका प्रमुखलाई अदालतबाट भएका सजाय माफी र पीडितको न्यायको विषयमा गम्भीर हुन ध्यानाकर्षण गराएको छ । एशोसिएशनकी महासचिव अन्जिता खनालले आज विज्ञप्ति जारी गर्दै २०७२ सालको टीकापुर घटनासँग सम्बन्धित व्यक्तिलाई सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्णपाठ नआउँदै आममाफी दिइएकोमा असन्तुष्टि जनाएकी…

Read More

काठमाडौँ: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रेशमलाल चौधरीले आममाफी पाएकोप्रति खुसी व्यक्त गरेका छन् । सोमबार साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत चौधरीको रिहाइले आफू खुसी भएका बताएका हुन् । चौधरीको रिहाइका लागि आफूले पनि थुप्रैपल्ट प्रदर्शन गरेको बताउँदै उनले लेखेका छन्, ‘सागर बरु सुकेर गइजाला जान्न माया कहिले नसुकेर । यो गीत गाउँदै रेशम चौधरीलाई सम्झन्थें । उहाँको संगीत हो यो । अनेकनचोटि मैले उहाँको रिहाइको माग गर्दै प्रदर्शन पनि गरें । आज म खुसी छु ।’

Read More