Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर : कैलालीको गेटामा विश्वविद्यालय बनाउने निर्णयबाट पछि हटेर एक सय शैयाको अस्पताल बनाउने गरी बजेट ल्याएकोमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ। संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा आइतबार बसेको बैठकले विश्वविद्यालय भनेर एक सय शैयाको अस्पतालको लागि बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाएको हो। बैठकपछि संसदीय दलका नेता रावलले प्रेस विज्ञप्ती जारी गरी संघ सरकारले अस्पतालका लागि भन्दै बजेट विनियोजन गरेकोमा आपत्ति जनाएका छन। ‘संघीय सरकारले स्थापनाको घोषणा गरेको शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई हाल आएर १०० शय्याको अस्पताल बनाउने गरि बजेट ल्याएकोमा घोर आपत्ति प्रकट गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ। यसअघि सुदूरपश्चिम…

Read More

काठमाडौं : नेकपा एमालेका सांसद तारा लामा तामाङले कैलालीको गेटामा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन छोडेर एक सय शैयाको अस्पताल बनाउन खोज्नु षडयन्त्र भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा आइतबार बोल्दै एमाले सांसद तामाङले भने- ‘पांच सय करोडको लगानीमा सुरु भएको गेटामा विश्वविद्यालय बनाउन छोडेर एक सय शैयाको अस्पताल बनाउने षडयन्त्र भयो ।’ उनले गेटामा विश्वविद्यालय बनाउन छोडेर अस्पताल नबनाउन सरकारलाई चेतावनी समेत दिएका छन् । राष्ट्रपतिले बाचन गरेको र प्रधानमन्त्रीले बोलेको विषयभन्दा फरक निर्णय हुंदा सुदुरपश्चिमेलीहरु आन्दोलित हुनुपरेको भन्दै यसमा उनले सरकारको ध्यानआकर्षण समेत गराएका छन् । सांसद तामाङले कंचनपुरमा वर्षोदेखि रहेको आरक्ष पिडितको समस्या समाधान गर्नेमा…

Read More

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नयाँ दिल्ली उडेका छन् । अध्यक्ष ठाकुर आज दिउँसो सवा २ बजे नेपाल वायुसेवा निगमको उडान नम्बर आर ए २१७ मा काठमाडौंबाट प्रस्थान गरेका हुन् । आजै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल कलकता गएको बताइएको छ । मन्त्रालयका अनुसार कलकत्तामा हुन लागेको बिमस्टेक बिजनेस कन्क्लेभमा सहभागी हुन दिउँसो साढे २ बजे एअर इण्डियामा मन्त्रीसहित चार जनाको टोली गएको हो । टोलीमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टसमेत छन् ।

Read More

धनगढी : कैलालीको गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै आइतबार गरिएको सुदूरपश्चिम बन्द साँझ ६ बजेदेखि खुलेको छ । गत माघ २९ गते सरकारले गेटालाई शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । नीति तथा कार्यक्रममा पनि सोही कुरा समेटिएको थियो । तर, बजेट वक्तव्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने र एक सय शय्याको अस्पताल सञ्चालन गर्ने भनिएपछि यस क्षेत्रका बासिन्दा आन्दोलित भएका हुन् । सोमबार पनि प्रदेशसभा सदस्यहरुलाई प्रदेशसभामा जान रोक लगाइने कार्यक्रम रहेको विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले बताए । आइतबार (आज)काे बन्दका क्रममा सुदूरपश्चिमभर बिहानैदेखि…

Read More

काठमाडौं : प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर स्वदेश फर्केका छन् । सिंगापुरमा आयोजित इन्टरपोलको कार्यक्रममा सहभागी भएर प्रहरी महानिरीक्षक फर्केको बताइएको छ । श्रीमती लक्ष्मीसँगै काठमाडौंबाट नयाँ दिल्ली हुँदै सिंगापुर गएका कुँवर आज पनि सोही मार्गबाट फर्केका हुन् । भिस्तारा एअरको उडान नम्बर युके १५५ मा अपरान्ह ४ बजे काठमाडौं ओर्लिएका हुन् । गत बुधबार त्यता गएका कुँवरले सिंगापुरमा आयोजित तीन दिने कार्यक्रममा भाग लिएका थिए ।

Read More

डोटीः सेती नदीमा नुहाउने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ। जिल्लाको पुर्विचौकी गाउँपालिका–४ सानागाउँका अन्दाजी ३८ बर्षका तेज खड्काको दिउँसो सेती पुल नजिक नुहाउने क्रममा डुबेर मृत्युु भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रूप सिं थापाले बताए। डुबेर बेपत्ता भएका खड्काको प्रहरी र स्थानीयको खोजिकार्य पछि शव फेला परेको थियो ।

Read More

धनगढी: कञ्चनपुरको लालझाडी गाउँपालिकाले करार खेती सम्बन्धि नीति तथा कार्यक्रम निर्माण गर्ने भएको छ। सो पालिकाका अध्यक्ष निर्मल रानाले पालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा करार खेती सम्बन्धिको विषय समावेश गरिने बताए। खाद्य अधिकार अवधारणा तथा खाद्य अधिकार कानुनी प्रावधानको कार्यान्वयनबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुराको प्रतिबद्धता जनाएका हुन्। लालझाडी गाउँपालिकाको कार्यालयमै शुक्रबार परिवर्तनका लागि कार्यरत युवा समूह नेपाल (याक नेपाल) धनगढी र जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि-बर्ड) को आयोजनामा उक्त अन्तरक्रिया कार्यक्रम गरिएको थियो। सो क्रममा पालिकाका अध्यक्ष रानाले स्थानीय मुक्त हलिया, कमैया लगयातका समुदायका लागि लक्षित कार्यक्रमहरु ल्याइने बताए। २०६१ सालमा दर्ता…

Read More

काठमाडौं : प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागिएको छ । पूर्वबाल लडाकुसहितले प्रधानमन्त्री प्रचण्ड र डा बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कारबाही गर्नुपर्ने माग गर्दै सर्वाेच्च अदालतमा रिट दर्ता भएपछि उनको राजीनामा मागिएको हो । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल चलिरहँदा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नैतिकताका आधारमा पनि प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने माग गरेका हुन् । प्रधानमन्त्रीका हिसाबले अदालतमा उपस्थित हुन नमिल्ने भन्दै उनले तत्काल प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएर अदालतलाई काम गर्ने वातावरण बनाउनुपर्ने बताए । ‘प्रतिनिधिसभा नियमावलीको २०६९ को नियम २६ अन्तर्गत प्रधानमन्त्रीज्यू यो संसदको सदस्य पनि हो । तर, प्रधानमन्त्रीज्यूको…

Read More

काठमाडौँ : सेयर बजारमा आइतबार परिसूचक नेप्सेसहित सबै उपसमूहका सूचक बढेका छन् । नेप्से परिसूचक ४०.४ अङ्क बढेर १९८० अङ्कमा पुगेको छ । ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो । यो कारोबार रकम पछिल्ला दिनको औसतभन्दा बढी हो । कुल २१२ कम्पनीको मूल्य बढ्दा ६ को घट्यो भने ५ को स्थिर रह्यो । बैंकिङ ८.८, विकास बैंक १६५, फाइनान्स ९१, होटेल तथा पर्यटन ५२, जलविद्युत् ५६, जीवन बीमा १८७, उत्पादन १७१, माइक्रोफाइनान्स ८२, निर्जीवन बीमा १६५, अन्य २७ र व्यापार उपसमूह ९५ अङ्क बढे । प्रतिशतका आधारमा फाइनान्स उपसमूह सबैभन्दा धेरै ५ प्रतिशत बढ्यो । भूगोल इनर्जी…

Read More

काठमाडौँ : आर्थिक वर्ष २०८०-८१ बजेटमाथिको छलफल सकिएको छ । प्रतिनिधि सभामा बजेटमाथि आइतबार (आज) सम्म सांसदले बोल्ने कार्यक्रम रहेको थियो । सोहीअनुसार आजदेखि बजेटमाथिको छलफल सकिएको सभामुख देवराज घिमिरेले बताएका छन् । आजसम्म बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. प्रकाशशरण महतले भोलि (जेठ २९ गते) दिने भएका छन् । भोलि दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित भएको सभामुख घिमिरेले बताए ।

Read More