Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : आर्थिक वर्ष २०८०-८१ बजेटमाथिको छलफल सकिएको छ । प्रतिनिधि सभामा बजेटमाथि आइतबार (आज) सम्म सांसदले बोल्ने कार्यक्रम रहेको थियो । सोहीअनुसार आजदेखि बजेटमाथिको छलफल सकिएको सभामुख देवराज घिमिरेले बताएका छन् । आजसम्म बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. प्रकाशशरण महतले भोलि (जेठ २९ गते) दिने भएका छन् । भोलि दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित भएको सभामुख घिमिरेले बताए ।

Read More

तनहुँ: आबुखैरेनी गाउँपालिका–५ रसौलीमा आज एक्साभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । सल्यान स्थायी घर भएका अन्दाजी २५ वर्षका खेमराज चलाउनेको सो दुर्घटनामा मृत्यु भएको हो । आबुखैरेनी–२ मार्किचोकबाट भरतपुर चितवनका लागि दुई सय २० केभी हाइटेन्सनको टावर निर्माणका लागि जाने कच्ची सडक बनाउने क्रममा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । आबुखैरेनी–५ रसौलीबाट ग ३ क ३९७४ नम्बरको एक्साभेटर अन्दाजी एक हजार पाँच सय मिटर तल खोंचमा खस्दा उक्त दुर्घटना भएको हो । एक्साभेटर चालक चितवन स्थायी घर भएका सुन्दर श्रेष्ठ हालसम्म फरार रहेकाले निजको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

Read More

डोटी: सेती नदीमा डुबेर डोटीका एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको पूर्विचौकी गाउँपालिका–४ सानागाउँका अन्दाजी ३८ वर्षीय तेज खड्काको नुहाउने क्रममा डुबेर मृत्युु भएको हो । दिउँसो सेती पुल नजिक नुहाउने क्रममा डुबेर बेपत्ता भएका खड्काको प्रहरी र स्थानीयले खोजी गर्दा शव फेला परेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

Read More

बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिका-१ स्थित पञ्चेश्वर स्वास्थ्य चौकीमा पानी सकिएपछि सुत्केरी सेवा बन्द गरिएको छ । आकाशे पानीको भरमा सञ्चालन भइरहेको सो स्वास्थ्य चौकीमा जम्मा गरेर राखेको पानी पनि सकिएपछि सुत्केरी सेवा बन्द गरिएको हो । पानीका लागि विभिन्न निकायसँग हारगुहार गर्दा पनि पानी दिनका लागि कतैबाट कुनै किसिमको सहमति नभएको अस्पतालले जनाएको छ । अस्पतालले पानीको व्यवस्था नहुन्जेलसम्मका लागि सुत्केरी सेवा बन्द गरिएको जनाएको छ ।

Read More

कञ्चनपुर: कञ्चनपुरको एक फोटो स्टुडियो र भू-सेवा केन्द्रमा आगलागी भएको छ । जिल्लाको भीमदत्त नगरपालिका-४ मालपोत कार्यालय अगाडि रहेको भीमदत्त-२ का गणेश रावलको भू सेवा केन्द्रमा आगलागी भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बिजुलीको तार सर्ट भएर आगो लागेको र आगलागीबाट भू-सेवा केन्द्रमा रहेका सम्पूर्ण सामान जल्दा दुई लाख ८१ हजार सात सय रुपैयाँको क्षति भएको छ । त्यस्तै, सोही स्थानमा भीमदत्त-१० सुकासालकी भगवती रावल थापाले सञ्चालन गरेको रेखा फोटो स्टुडियोमा पनि आगलागी भएको छ । फोटो स्टुडियोका कम्प्युटर, प्रिन्टर र स्क्यानर क्यामरा जलेर नष्ट भएका र क्षतिको विवण नखुलेको बताइएको छ ।

Read More

दार्चुला: दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरुमा चुच्चे नक्सा अंकित राष्ट्रिय स्तम्भमा नेपाली झण्डा फहराइएको छ । गाउँपालिकाले ०७९ असोजमा १५ फिट अग्लो १५ लाख बढीको लगानीमा छाङरुमा चुच्चे नक्सा अंकित राष्ट्रिय स्तम्भ बनाएको थियो । सोही स्तम्भमा नेपाली झण्डा फहराइएको हो । भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानीमुनिका बस्ती छाङरु र तिंकरमा राज्यको उपस्थिति तथा देश–विदेशमा नेपाल चिनाउन स्तम्भ तयार पारिएको बताइएको छ ।

Read More

हुम्ला: हुम्लामा ढुङ्गा खस्दा शनिबार साँझ एक बालकको मृत्यु भएको छ । ढुङ्गाले लागेर सर्केगाड गाउँपालिका–८ राहदेवका १० वर्षीय भूपेन्द्र रोकायाको ज्यान गएको हो । ढुङ्गाले लागेर अर्का एक बालक घाइते भएका छन् । घाइते हुनेमा सर्केगाड–८ कै ११ वर्षीय खनिल ऐडी रहेका छन् । दुवैजना बाख्रा चराउन वनमा गएका थिए । रोकायाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । ऐडीको दाहिने हात भाँचिएको छ । उनको स्वास्थ्य चौकी राहदेवमा उपचार भइरहेको छ । आगलागी हुँदा एक लाख ६५ हजार बढीको क्षति यसैबीच हुम्लाको चङ्खेली गाउँपालिका–३ का वर्षबहादुर ऐडीको घरमा शुक्रबार आगलागी हुँदा रु एक लाख…

Read More

कञ्चनपुर: बैतडीका प्रदेशसभा सांसद सुरेन्द्र पालले सरकार बैतडी र दार्चुलाका पर्यटकीय सम्भावनाप्रति बेखबर देखिएको र आव २०८०/०८१ को नीति तथा कार्यक्रममा ती विषय नसमेटिएको बताएका छन्। नीति तथा कार्यक्रमको बुँदा नं. ५२ मा मुख्यमन्त्री एकीकृत पर्यटन विकास कार्यक्रमबारे उल्लेख गरिएपनि त्यसमा बैतडी र दार्चुलाका पर्यटकीय क्षेत्रहरु नसमेटिएको सांसद पालले बताए। एमालेका तर्फबाट बैतडीको प्रदेशसभा (क) मा विजयी सांसद पालले नीति तथा कार्यक्रमबारे आज प्रदेशसभामा आफ्नो धारणा व्यक्त गर्दै सल्लाह, सुझाव पनि दिएका छन्। ‘खप्तड, बडिमालिका, रामारोशन, चिसापानी, राजकाडा शुक्लाफाँटा पर्शुराम धाम, घोडाघोडी, बेहडाबाबा, अपि शैपाल लगायत पर्यटनका सम्भावना भएका क्षेत्रको एकीकृत विकास गर्ने भनिएको छ तर सुदूरपश्चिमको दोस्रो उचाईमा रहेको…

Read More

पत्रकार ऋषि धमला ‘जनता जान्न चाहन्छन्’ टेलिभिजन कार्यक्रमको पर्यायवाची हुन् । उनी अतिथिलाई स्टुडियोमा बोलाएर कहिलेकाँही हुर्मत लिन्छन् । हालै एमाले नेता डा. भीम रावलसँगको अन्तर्वार्तामा धमलाले एकोहोरो बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उनै धमलाको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमको थेगोलाई श्रीमती एलिजा गौतमले साथी विशाल गुरुङसँग चियर्स गर्दै उडाएकी छन् । गुरुङको टिकटकमा धमलालाई उडाउँदै ‘हामीचाहिँ एक अर्कालाई सहि तरिकाले चाहन्छौं’ भनी वाइन चियर्स गरेको देखाइएको छ । विशालले लेखेका छन्, ‘जनताले के जान्न चाहन्छन् त्यो थाहा भएन । हामीचाहिँ एक अर्कालाई सहि तरिकाले चाहन्छौं ।’ निकै अर्थपूर्ण स्टाटस, स्टाटससँग मेल खाने फोटो र भिडियोका कारण एलिजा…

Read More

धनगढीः नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सुरेन्द्र पाल नियुक्त भएका छन्। एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले पाललाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्। एमाले बैतडीका अध्यक्ष समेत रहेका पाल बैतडीबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। उनलाई एमालेले प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को १ बमोजिम एमाले संसदीय दलको प्रमुख सचेतक पदमा सोही विधानको दफा १२ अनुसार काम, कर्तव्य र अधिकार प्रयोग गर्ने गरी नियुक्त गरेको दलका नेताद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

Read More