Author: महेन्द्रनगर पोष्ट

दार्चुला: दार्चुलामा एक सुत्केरीको हेलिकप्टरबाट उद्दार गरिएको छ। लेकम गाउँपालिका-२ भटाइजरकी ३३ वर्षीया पार्वती सार्कीको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको हो। बिहिवार दिउँसो गराडी स्वास्थ्य चौकीमा बच्चा जन्माएकी सार्कीलाई उच्च रक्तस्रावको समस्या देखिपछि थप उपचारका लागि शुक्रवार बिहान हेलिकप्टरमार्फत उद्धार गरि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए।

Read More

कञ्चनपुर: कञ्चनपुरमा महिलाको शव फेला परेको छ। आज बेलडाँडी गाउँपालिका–४ झिलमिला गड्डा टोलका राजुथापाकी श्रीमती ४५ वर्षीया दुर्गा थापाको शव फेला परेको हो। बिहीवार घाँस काट्न भनि घरबाट गएकी उनी साँझ घर नफर्किएपछि खोजतलास गर्दा बहादुर रोकायाको उखुबारीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटनापछि झिलमिलाबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Read More

धनगढी: सुदूरपश्चिमकै चर्चित र महत्त्वपूर्ण पर्यटकीयस्थल खप्तडलाई भारतीयको हातमा सुम्पिन लागिएको चर्चा सुरु भएको छ। अस्ति मंगलबार खप्तडमा भारतीय ‘बाबाहरु’लाई हेलिकप्टरमै बोलाएर सरकारले नै तामझामका साथ अन्तरास्ट्रिय सम्मेलन गरेपछि यस्तो चर्चा सुरु भएको हो। यद्यपि सरकार र आयोजकले भने त्यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि उक्त अन्तर्राष्ट्रिय ३ दिने आध्यात्मिक सम्मेलन गरिएको जनाएको छ। सो सम्मेलनमा नेपालका प्रधानमन्त्री स्वयं उपस्थित थिए। प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले नै अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका थिए। सम्मेलनमा भारतीय योगगुरुका नामले चिनिने रामदेवलाई र अर्का आचार्य बालकृष्णलाई डाकिएको थियो। उनीहरु दलबलसहित नेपाल छिरेका थिए। तर रोचक कुरा त के भने उनीहरु खप्तडको प्रचार गर्न नभइ खप्तडमा…

Read More

धनगढी: यतिबेला नेपाल प्रहरीका एसएसपी योगबहादुर पाल गम्भीर आरोपको सामना गरिरहेका छन्। आफ्नै महिला सहायक हवल्दारलाई यौन हिंसा गरेको आरोप पालमाथि लागेपछि अहिले छानबिन प्रक्रिया अघि बढाइएको छ।  सुदूरपश्चिमको महेन्द्रनगरस्थित प्रहरी कार्यालयमा कार्यरत एसएसपी पालले बिदा मागेकी एक महिला सहायक हवल्दारलाई’ तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाऔं’ भनेको भन्दै उनी विवादमा मुछिएका हुन्। यौन दुर्व्यवहार गरेपछि घटनाबारे आन्तरिक छानबिन सुरु गरिएको छ। प्रदेश प्रहरी कार्यालय धनगढीले एसपी श्यामसिंह चौधरीको नेतृत्वमा समिति गठन गरेर छानबिन प्रक्रिया अघि बढाएको हो। पालमाथि थप बुझ्न भन्दै प्रहरी हेडक्वाटरमा समेत बोलाइएको छ। उनी अहिले प्रहरी हेडक्वाटरमा छन्। एसएसपी पालले यसअघि पनि पटकपटक यस्तै…

Read More

धनगढी: नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको सुदूरपश्चिम प्रदेशका सहसंयोजक अरुण कुँवर रुष्ट बनेका छन्। केहि दिनअघि मात्रै संगठनको केन्द्रीय कमिटी बैठकले निर्णय गर्दै उनलाई उक्त जिम्मेवारी दिएको थियो। उनी संयोजक बन्न चाहन्थे। तर, सहसयोजक तोकिएपछि रिसाएर उनले सामाजिक संजालमा लामो स्टाटस लेखेका छन्। ‘के मा कमी गरे म लाई नै थाहा भएन ? हजुरहरुले भनेका हरेक शब्दहरु मलाई नेतृत्वको आदेश ठानेर निभाउने हर संभव प्रयत्न गरेकै हो जस्तो लाग्छ। बरु राष्ट्रिय युवा संघ नेपालमा तिम्रो योगदान अब पुग्यो है छोडी देउ भनेको भय सहर्ष मान्थे! तर आफ्नै प्रस्तावलाई पनि अपमान हुने गरि जुन सर्कुलर जारी गर्नुभएको छ त्यो…

Read More

ललितपुर: अर्काकी गर्लफ्रेन्डलाई फोन गरेको भन्दै ललितपुरमा तीन जनामाथि खुकुरी प्रहार भएको छ।प्रहरीले खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।  महाँकाल गाउँपालिकाका सुमन घलान, अनिश बजगाई, नविन वाइबा, विनोद न्यासुर, सौरभ विक, विजय वाइबा, प्रकाश घलान, आशिष बजगाई र छिरिङ स्याङतानलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूबाट तीन वटा मोटरसाइकल समेत बरामद भएको छ। सोमबार राति उनीहरूले बर्दिया मधुवन नगरपालिका-२ का सुनिल थारू, कोञ्ज्योसोम गाउँपालिकाका सुजेन लामा र रशेम लामालाई घाइते बनाएका थिए। प्रहरी स्रोतका अनुसार युवतीको विषयलाई लिएर उनीहरूबीच झडप भएको हो।  खुकुरी प्रहार गर्ने समूहका एक युवककी गर्लफ्रेन्डको नम्बर एक घाइते पुरूषले पाएका थिए। उनीहरू सडक…

Read More

धनगढी: कैलालीको धनगढीमा बेवारिस शव फेला परेको छ। धनगढी उपमहानगरपालिका–१९ दक्षिण लल्लीपुरस्थित खेतमा नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।

Read More

कैलाली: सांसद डिल्लीराज पन्तले प्रतिनिधिसभाको बैठकमा उखान भनेपछि विवाद निम्तिएको छ। हिजो आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि धारणा राख्ने क्रममा उनले ‘अन्धो मामा हुनुभन्दा कानो मामा वेश’ भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नियमापत्ति जनाएका हुन्। सांसद पन्तले देश आर्थिक संकटमा परेको बेला अर्थमन्त्रीले छोटो समयमा बजेट ल्याएको र बजेट पूर्ण नभएकोले ‘अन्धो मामा हुनुभन्दा कानो मामा वेश’ भन्दै आफूले समर्थन गरेको बताए। सांसद पन्तले सो उखान भनेपछि सांसद ढकालले फरक क्षमता भएका व्यक्तिलाई असर पर्ने शब्द संसदमा बोलिएको भन्दै नियमापत्ति जनाए। उनले संसद्को रेकर्डबाट सो उखान हटाउन सभामुखलाई आग्रह गरेपछि सांसद पन्तले क्षमा मागे। यस्तै उनले गेटा…

Read More

काठमाडौँ: हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । राति पनि देशका पहाडी भू-भागको एक-दुई  स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।  देशका तराईका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने महाशाखाले जनाएको छ । जसका कारण त्यहाँ अझै केही दिन ‘लू’…

Read More

धनगढी : धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा व्यावसायिक पत्रकारिताका चुनौतीबारे कार्यशाला आयोजना गरिएको छ । बिहीबार सो क्याम्पसमा सञ्चार विज्ञ, धनगढीका पत्रकार र पत्रकारिताका विद्यार्थीबीच अन्तरक्रिया गर्न सो कार्यशाला आयोजना गरिएको हो । छलफलमा सञ्चार विज्ञ डा. भानुभक्त आचार्यले पत्रकार स्वयम् आफै राजनीतिक दल र व्यावसायिक घरानामा प्रत्यक्ष वा अप्रत्यक्ष ढङ्गले संलग्न हुँदा समस्या भएको बताए । डा. आचार्यले व्यावसायिक पत्रकारिताका चुनौती, सो क्याम्पसका आमसञ्चार विभाग उपप्राध्यापक भुवन भण्डारीले सुदूरपश्चिमको व्यावसायिक पत्रकारिताका चुनौतीबारे जानकारी गराए । पत्रकार मनमोहन स्वाँरले सुदूरपश्चिमको व्यावसायिक पत्रकारिताको अवस्था र सम्भावना बारे प्रस्तुत गरे। कार्यक्रममा क्याम्पस प्रमुख डा। धर्मराज उपाध्याय, पत्रकार जगत साउदलगायतले धारणा राखेका थिए ।

Read More