Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षदेखि जग्गाको कित्ताकाट फुकुवा गर्ने भएको छ । सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले जग्गाको कित्ताकाट फुकुवा गरिने जानकारी दिए । उनका अनुसार जग्गाको कित्ताकाट फुकुवा भएपछि घरजग्गाको कारोबार विस्तार हुने अपेक्षा गरिएको छ ।

Read More

काठमाडौँ: सरकारले कर्मचारीको प्रोत्साहन र अतिरिक्त समय काम गरेबापत दिइने भत्ता खारेज गर्ने घोषणा गरेको छ । सोमबार संसदमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् ।अर्थमन्त्री महतले स्रोतमा परेको चापलाई मध्यनजर गर्दै प्रोत्साहन र अतिरिक्त समय भत्ता खारेज गरिएको घोषणा गरेका हुन् ।

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित ५ जना मन्त्री भारत भ्रमणमा जाने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको भारत भ्रमण औपचारिक रुपमा स्वीकृत गर्दै ५ जना मन्त्री भारत भ्रमणमा जाने टुंगो लागेको हो । मन्त्रिपरिषद बैठकपछि सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले प्रधानमन्त्रीको टोलीमा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्ति बस्नेत, परराष्ट्र एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाल सहभागी हुने जानकारी दिइन् । प्रधानमन्त्रीसहितको टोली यही जेठ १७ देखि २० सम्मका लागि भारत भ्रमणमा जाँदैछ ।

Read More

काठमाडौँ: नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेका राष्ट्र मध्येमा पर्छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालको वार्षिक औसत तापक्रम शून्य दशमलव शून्य ५६ डिग्री सेल्सियसले बढेको छ । बढ्दो मानवीय क्रियाकलापका कारण वायुमण्डलमा हरितगृह ग्यासको उत्सर्जनमा वृद्धि हुन गई विश्वव्यापी रूपमा तापक्रम वृद्धि भएको हो । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी निकायको प्रतिवेदनअनुसार पृथ्वीको औसत तापक्रम सन् १८५०–१९०० को तुलनामा एक दशममलव एक डिग्री सेल्सियसले बढेको छ । जलवायु परिवर्तनजन्य विपद्बाट नेपालले वर्सेनि मानवीय र आर्थिक नोक्सानी व्यहोर्दै आएको छ । सन् १९९० देखि २०१९ सम्मको नेपालले उत्सर्जन गरेको हरितगृह ग्यासको प्रवृत्ति हेर्दा सन् २००० पछि हरित ग्यास उत्सर्जनको…

Read More

धादिङ्ग: धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष रमेश राउतमाथि स्थानीयलाई कुटपिट गरेका आरोप लागेको छ । सोही वडाको लाटु बस्ने ४३ वर्षीय राजकुमार थामीले आफू वडाध्यक्षबाट अकारण कुटिएको बताएका हुन् । गत जेठ ११ गते बेलुका ८ बजे आफ्नो फर्म र अनुदानका विषयमा सामान्य वादविवाद हुँदा वडाध्यक्ष राउतले आफूमाथि हातपात गरेको थामीको गुनासो छ । राउतविरुद्ध उनले पिस्कर प्रहरी चौकीमा उजुरीसमेत हालेका छन् । उजुरीमा आफ्नो जिऊज्यानको सुरक्षासहित घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ । त्यस्तै, उनले क्षतिपूर्ति दावी गर्दै आफ्नो स्वास्थ्य उपचारको व्यवस्था मिलाइदिन पनि आग्रह गरेका छन् । वडाध्यक्ष राउतले स्थानीय कुटेको घटनाको…

Read More

धनगढीः कैलालीको चुरे गाउँपालिका-५ का विभिन्न स्थानमा वन क्षेत्र अतिक्रमण गरेर बसेको बस्ती खाली गर्न नोटिस जारी गरिएको छ । सव डिभिजन वन कार्यालय सहजपुरले अतिक्रमित बस्ती खाली गर्न ७ दिने नोटिस जारी गरेको हो । चुरे गाउँपालिका–५ अन्तर्गत निगलाडी खोलादेखि भासुसम्म भीमदत्त राजमार्ग आसपास तथा जमुनीगाडा र खानीडाँडादेखि माल जाने आसपासको पुरै वन क्षेत्र खाली गर्न ७ दिने नोटिस जारी गरिएको छ । सूचना जारी भएको ७ दिनभित्र वन क्षेत्रभित्र निर्माण गरिएका घरटहरा खाली गरेर आ–आफ्नो सामान लैजाने काम नभए बलपूर्वक वन क्षेत्र खाली गरिने र वन ऐन २०७६ बमोजिम कडाभन्दा कडा कारवाही गरिने समेत जारी सूचनामा उल्लेख छ…

Read More

काठमाडौँ: नेपाल बार एशोसिएशनले रेशमलाल चौधरीको आममाफी संवैधानिक सर्वोच्चता, विधिको शासन एवम् आममाफीसम्बन्धी अवधारणाविपरीत भएको बताएको छ । टीकापुर नरसंहारमा दोषी ठहर भएपछि जन्मकैद सजाय भुक्तान गरिरहेका चौधरीलाई नेपाल सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा आममाफी दिएपछि एशोसिएशनले आपत्ति जनाएको हो । सरकारबाट हुने यस्ता कार्यले दण्डहीनतालाई प्रशय दिने उल्लेख गर्दै एशोसिएशनले नेपाल सरकार, राज्यको मुख्य अंग र सोका प्रमुखलाई अदालतबाट भएका सजाय माफी र पीडितको न्यायको विषयमा गम्भीर हुन ध्यानाकर्षण गराएको छ । एशोसिएशनकी महासचिव अन्जिता खनालले आज विज्ञप्ति जारी गर्दै २०७२ सालको टीकापुर घटनासँग सम्बन्धित व्यक्तिलाई सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्णपाठ नआउँदै आममाफी दिइएकोमा असन्तुष्टि जनाएकी…

Read More

काठमाडौँ: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रेशमलाल चौधरीले आममाफी पाएकोप्रति खुसी व्यक्त गरेका छन् । सोमबार साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत चौधरीको रिहाइले आफू खुसी भएका बताएका हुन् । चौधरीको रिहाइका लागि आफूले पनि थुप्रैपल्ट प्रदर्शन गरेको बताउँदै उनले लेखेका छन्, ‘सागर बरु सुकेर गइजाला जान्न माया कहिले नसुकेर । यो गीत गाउँदै रेशम चौधरीलाई सम्झन्थें । उहाँको संगीत हो यो । अनेकनचोटि मैले उहाँको रिहाइको माग गर्दै प्रदर्शन पनि गरें । आज म खुसी छु ।’

Read More

धनगढीः जिल्ला प्रशासन कार्यालय कैलालीमा मिटरब्याजी (अनुचित लेनदेन)विरुद्ध दुई सय ४४ उजुरी परेका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेपछि मिटरब्याजीपीडितले उजुरी दिएका हुन् । उजुरी परेका साहुकारहरूलाई जिल्ला प्रशासन कार्यालयमा बोलाई मिलापत्र गराउने र मुद्दा चलाउन मिल्नेमाथि सम्पत्ति शुद्धीकरणलगायत मुद्दा प्रक्रिया अगाडि बढाइने बताइएको छ । मिटरब्याजी साहुले लिएको ऋणभन्दा बढीको कागज बनाएको र ऋण तिरेपछि पनि अझ धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर, घडेरी नै आफ्नो नाममा पास गर्न थालेपछि त्यस विरुद्ध पीडितले प्रशासनमा उजुरी दर्ता गएका हुन् ।

Read More

डडेल्धुराः डडेल्धुरा कारागारका तीन जना कैदीबन्दीको सजाय माफ गरिएको छ । गणतन्त्र दिवसको अवसरमा डडेल्धुरा कारागारबाट दुई पुरुष र एक महिला कैदीबन्दी रिहा भएका हुन् । मन्त्रिपरिषद्ले गृह मन्त्रालयको प्रस्तावमा गणतन्त्र दिवसका उपलक्ष्यमा ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहा हुने निर्णयपछि उनीहरू रिहा भएका हुन् । कर्तव्य ज्यान मुद्दाका एक महिला, सवारी ज्यान मुद्दाका एक पुरुष र डाका चोरी मुद्दाका एक पुरुषलाई रिहा गरिएको कारागारका जेलेर जितेन्द्र ओझाले बताए।

Read More