Author: महेन्द्रनगर पोष्ट

धनगढीः अत्तरियामा एक सरकारी नम्बर प्लेटको गाडी तोडफोड गरिएको छ। अत्तरियाको चौकीडाँडामा सरकारी प्रदेश ३ ०१ ००२ झ ५२०२ नम्बरको गाडी गाडी तोडफोड गरिएको हो। रातो नम्बरको कार आज विहान तोडफोड गरिएको हो। कारको पछाडीको सिसा तोडफोड गरिएको छ। ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार चौकीडाँडामा सरकारी गाडी तोडफोड भएको भन्ने खबर प्राप्त भएको जनाएको छ। पुर्व–पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गोदावरी ३ चौकेडाडाँमा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका बन्दकर्ताले जिल्ला अदालत बाँकेको गाडी तोडफोड गरेको बुझिएको छ।

Read More

कैलाली: कैलालीमा लागुऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन्। सोमबार साँझ टीकापुरमा सोही नगरपालिकाको १ नम्बर वडाका २९ वर्षीय बिशाल ज्ञवाली ४ ग्राम ८१० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन्। शङ्काको आधारमा ज्ञवालीले चलाएको सु.प.प्र.०१०११ प ७२४३ नम्बरको मोटरसाइकलको चेकजाँच गर्दा चिनी र दाल राखेको बोराभित्र प्लाष्टिकको पोकामा लुकाई छिपाई राखेको ब्राउनसुगर फेला परेको प्रहरीको भनाई छ। घटनामा पक्राउ परेकामाथि आज मंगलबार अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ।

Read More

बैतडीः बैतडीमा लडेर एक बालिकाको मृत्यु भएको छ। विद्यालयको बिदा भएर घर फर्किने बेला लडेर सोमबार हेमन्ती धामीको मृत्यु भएको हो। सिगास गाउँपालिका–१ को माणौ टोलकी ५ वर्षीया धामी स्थानीय पञ्चोदय माविमा अध्ययन गर्थिन्। धामी विद्यालयबाट घर फर्कने क्रममा सोमवार ४ बजेतिर गडान भन्ने ठाउँमा लडेको विद्यालयका प्रधानाध्यापक मान सिंह धामीले जानकारी दिए। हेमन्ती सल्लापिरोलमा चिप्लीएर तल रहेको सडकमा खसेकी थिइन्।

Read More

धनगढीः शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापर्नाथ संघर्ष समितिले कैलालीमा सरकारी गाडी सञ्चालनमा रोक नदिने भएको छ। समितिले आज बिहान ९ बजेदेखि १२ बजेसम्म सरकारी गाडी सञ्चालनमा रोक लगाउने समितिका सह संयोजक आनन्द भट्टले बताए। गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना गर्न प्रतिनिधि सभाको चालु अधिवेशनबाट विश्वविद्यालय विधेयक पास गर्न, प्रदेश सभाबाट विश्वविद्यालय स्थापनाको सङ्कल्प प्रस्ताव पारित गर्न र आगामी आर्थिक वर्षभित्र गेटामा ६ सय शय्याको अस्पताल सञ्चालनको माग राख्दै समिति २० दिनदेखि नियमित आन्दोलनमा छ। 

Read More

दार्चुलाः दार्चुलामा आज बिहानै भूकम्पका गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो। पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जानेक्रम बढीरहेको छ। यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो।

Read More

धनगढी: सुदूरपश्चिममा सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटप्रति सत्तारुढ दलकै नेताहरू रुष्ट भएका छन्। सरकारमा सहभागी माओवादी केन्द्रभित्र सबैभन्दा धेरै बजेटप्रति असन्तुष्टि छ। माओवादी प्रदेश उपाध्यक्ष मानसिंह मालले हुबहु बजेट पारित गर्न नदिने चेतावनी समेत दिएका छन्। उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘संघीयतालाई स्वयंबाट कमजोर पार्ने प्रयास गरिनु दुखद, सन्दर्भ बजेट।’ उनले बजेट हुबहु पारित हुन नसक्ने बताएका छन्। यस्तै माओवादीबाट सांसद बनेका ओम बिक्रम भाट ‘ सरल’ले पनि बजेटप्रति असन्तुष्टी जनाएका छन्। उनले संघीयता विरोधी बजेटलाई यथास्थितिमा समर्थन गर्न नसकिने बताएका हुन्।’ यदि बजेट पुनर्लेखन हुँदैन र संघीयताको औचित्य पुष्टि हुनेगरि नयाँ कार्यक्रमहरु तय हुँदैनन् भने माओवादीले…

Read More

काठमाडौं: ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नेपाल प्रहरीका प्रमुख आईजीपी बसन्तबहादुर कुँवरमाथि कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। ललितपुर महानगरपालिकाको १२ नम्बर वडा कार्यालय र प्रहरी कार्यालय भत्काएर भूमाफियासँगको सेटिङमा नयाँ कम्प्लेक्स बनाई राज्यलाई ठूलो आर्थिक घाटा पुर्याउन लागिएको भन्दै ललितपुरका विभिन्न १९ वटा संघ–संस्थाहरुले सरकारी सम्पत्ति नोक्सान पुर्याउनेहरुमाथि कारबाहीको माग गर्दै आयोगमा उजुरी दर्ता गराएका हुन्। २०७९ भदौ १ गते बुधबार भएको बैठकमा लगनखेलमा रहेको १२ नम्बर वडा कार्यालय र सँगै रहेको महानगरीय प्रहरी प्रभाग भवन खाली गराई वडा कार्यालय सहितको मत्च्छेन्द्र कम्प्लेक्स भवन निर्माण गर्ने निर्णय भएको थियो। आईजीपी कुँवरले आफ्नो पदीय हैसियत…

Read More

धनगढीः  कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका–४ लक्ष्मीस्विट चोकमा सोमवार साँझ सोही ठाँउका १८ वर्षीय बिमल राना र धनगढी उपमहानगरपालिका–१३ कैलालीगाँउका १८ वर्षीय दिपेन्द्र राना पक्राउ परेका हुन्। शंकालागि चेकजाँच गर्दा बिमल रानाको साथबाट ८.६० ग्राम खैरो हेरोइन फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो। दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिइएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

काठमाडौं : नयाँ गीत ‘नेपाली हाम्रो जात’ विवादमा आएको छ। गायक राजु परियारले गाएको उक्त भिडियोमा ‘बाहुन क्षत्रीलाई मुर्दावाद’ भन्ने शब्द मिसाएपछि गीत विवादमा आएको हो। अहिले सो गीतको विरोध भइरहेको छ।  गीतको आलोचना बढेपछि गायक परियारले आफूले जानीजानी नभएर झुक्काएर गाउन लगाइएको आरोप लगाए। ‘यो गीत रेकर्ड हुँदा मैले गाउने गीतको अन्तरा मात्रै दिइएको थियो। पछि क-कसले के गाउनु भयो मलाई जानकारी भएन। भोलिपल्ट अरूले गाउनुभएछ। सो गीतका सर्जक डीआर सुजनसँग सम्पर्क हुन सकेको छैन र यस किसिमका गीत संगीत दिएर मलाई विवादमा ल्याउने काम नगरिदिनु हुन सम्बन्धित सबैमा अनुरोध गर्छु’ उनले भने।  उनले गीतको विवादित शब्द हटाउन माग…

Read More

कैलाली: सुदूरपश्चिम प्रदेशमा यस वर्षको मनसुन प्रवेश गरेको छ। प्रदेशभरि मनसुनी बादल फैलने क्रम सुरु भएको छ। मनसुन प्रवेश गरेसँगै सुदूरपश्चिमका तराईंका जिल्लाको तापक्रम ह्वात्तै घटेको छ। आज कञ्चनपुरको अधिकतम तापक्रम ३३ डिग्री र कैलालीको ३५ डिग्री सेन्टिग्रेड रहने सो प्रणालीले अनुमान गरेको छ। सोमबार कञ्चनपुरको अधिकतम तपाक्रम ४० र कैलालीको ४१ डिग्री पुगेको थियो। सोमबार पूर्वबाट चलेको वायुले सुदूरपश्चिममा मनसुनी प्रक्रिया सुरु भएको हो। अहिले अधिकांश जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिनभरि नै बेला–बेलामा सबै जिल्लामा वर्षा हुने भूउपग्रहमा आधारित मौसम पूर्वानुमान प्रणाली वेदर डटकमको प्रक्षेपण रहेको छ। प्रदेशका सबै जिल्लामा आज मेघगर्जन र चट्याङको सम्भावना पनि…

Read More