Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले फेरि भारतमा ठूलो मात्रामा विद्युत् निर्यात सुरु गरेको छ । पछिल्ला हप्तामा वर्षातसँगै नदीमा पानीको सतहमा भएको वृद्धिका कारणले विद्युत् निर्यात सुरु भएको हो । नेपाल विद्युत् प्राधिकरणका अनुसार विगत ५ दिनदेखि ३०० मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ । अब नेपालमा मनसुन प्रवेश गरेकाले असार महिनाभर नै विद्युत् निर्यात गर्न सकिने अनुमान गरिएको छ । असारपछि मंसिरसम्म त झन् ठूलो मात्रामा विद्युत् निर्यात गर्नुपर्ने प्रक्षेपण छ । प्राधिकरणले औसत प्रतियुनिट भारु ५.२४ अर्थात् ८ रुपैयाँ ३८ पैसामा भारतलाई बिजुली बेचिरहेको छ । भारतबाट केही समयका लागि माग व्यवस्थापन गर्न दैनिक १ हजार मेगावाट आवर…

Read More

दोधारा चाँदनी: कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित निर्माण भएको सभागृह (सिटीहल) प्रयोगविहीन बनेको छ । विसं २०७५ मा निर्माण सम्पन्न भएको उक्त सभागृह हालसम्म प्रयोगमा आउन सकेको छैन । तीन तले सुविधा सम्पन्न सभागृहमा तीन हलका साथै चेन्जिङ रुम, अन्डरग्राउण्ड पार्किङको सुविधा पनि छ । तर निर्माण सम्पन्न भएको पाँच वर्ष बित्दासमेत उक्त सभाहल सञ्चालनमा आउन सकेको छैन । सभाहल सञ्चालनमा नआउँदा चर्को भाडा तिरेर निजी हल, होटेल प्रयोजन गर्नुपरेको स्थानीयवासीको गुनासो छ । तत्कालीन महेन्द्रनगर नगर विकास समितिले आठ करोडको लगानीमा निर्माण गरेकोे सभागृह अहिले भीमदत्त नगरपालिका मातहत छ । तत्कालीन नगर विकास समिति अहिले भीमदत्त नगर विकास समिति बनेको…

Read More

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्ततर्फका वकिलको बहस सकिएको छ । अभियुक्ततर्फको बहस सकिएसँगै आजको बहसको क्रम पनि सकिएको छ । शुक्रबार सरकारी वकिलका तर्फबाट जवाफी बहस गर्दै अभियुक्त तर्फका वकिलले उठाएको कानुनी प्रश्नको जवाफ दिने बताइएको छ । जवाफी बहस जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले गर्ने बताइएको छ । शुक्रबार दुई बजेसम्म जवाफी बहस गर्न दिएर भोलि नै अभियुक्तहरूलाई थुनामा पठाउनेरनपठाउने आदेश हुने आँकलन गरिएको छ ।

Read More

काठमाडौं: जिल्ला प्रहरी परिसर काठमाडौंले बैंकिङ कसुरका फरार प्रतिवादीलाई पेस्तोलसहित पक्राउ गरेको छ । एसपी सिताराम रिजालका अनुसार सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–३ बस्ने ३२ वर्षीय रमेश बानिया पक्राउ परेका हुन् । उनी प्रहरीको भ्यान देख्ने बित्तिकै आफूले बोकेको कालो झोला सडकमा फालेर भागेका थिए । उक्त झोलाभित्रबाट एउटा पेस्तोल, म्यागजीन र ११ वटा गोली बरामद भएको बताइएको छ । उनी बुधबार राति पौने १० बजे भक्तपुर नयाँ ठिमीबाट पक्राउ परेका हुन् । बैंकिङ कसुरमा उच्च अदालत पाटनले उनीविरूद्ध गत चैत १८ गते पक्राउ पुर्जी जारी गरेको थियो । उनीविरूद्ध बैंकिङ कसुर तथा हातहतियार खरखजानासम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाएको एसपी रिजालले…

Read More

धनगढी: नेपाल प्रहरीका २७ प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा भएको छ। जसअनुसार कैलालीको टीकापुर र अछामका डिएसपीद्वयको पनि सरुवा भएको छ। टीकापुरका डिएसपी उद्दवसिंह भाटको सरुवा भएकोमा उनको ठाउँमा काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गणका तुल्सीराम अर्याल आउने भएका छन्। भाटको नेपाल प्रहरी विषेश सुरक्षा गण सुनवल सरुवा भएको छ। यस्तै अछामका डिएसपी नारायण डाँगीको सरुवा भएकोमा त्यहाँ सन्तोष पाठक जाने भएका छन्। पाठक जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत थिए भने डागीको जिल्ला प्रहरी कार्यालय बाँकेमा सरुवा भएको छ। प्रहरी महानिरीक्षकको २०८० जेठ ३२ गतेको निर्णयानुसार डीएसपीहरूको सरुवा गरिएको हो। सरुवा भएको दरबन्दीबाट तलबभत्ता खान पाउने गरी उनीहरूको…

Read More

काठमाडौँ: नेपाल प्रहरीमा जनपदतर्फ हालै प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएका ४६ जना अधिकृतहरूको पदस्थापन भएको छ। नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को जेठ २९ गतेको निर्णयअनुसार बढुवा भएका उनीहरूको प्रहरी प्रधान कार्यालयले बिहीबार पदस्थापन गरेको हो। cn_10316_dsp_padasthapanDownload

Read More

कैलाली: कैलालीमा एक घरबाट प्रहरीले भरुवा बन्दुकसहितका अवैध खरखजाना बरामद गरेको छ । बिहीवार जिल्लाको कैलारी गाउँपालिका–८ पृथ्वीपुरका ५५ वर्षीय दयाराम चौधरीको घरबाट प्रहरीले दुई थान एकनाले भरुवा बन्दुकसहित चार डिब्बा बारुद, ३६ थान गोली, २४ वटा सिसा, आठवटा केप र एक थान कम्पास लुकाइछिपाई राखेको अवस्थामा फेला पारी बरामद गरेको हो । प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

काठमाडौँ: सांसदहरुले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्ने सांसदहरुले सवारी दुर्घटनाको तथ्याङ्क प्रस्तुत गर्दै न्यूनीकरणका लागि ध्यानाकर्षण गराए । सांसद शिशिर खनालले नेपालमा सडकमा हुने दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको बताए । “पछिल्लो एक दशकमा १९ हजारले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । जुन १० वर्षीय सशस्त्रद्वन्द्वमा मारिनेकोभन्दा बढी सङ्ख्या हो”, उनले भने, “गत वर्ष भएका २४ हजारभन्दा बढी सवारी दुर्घटनाको ९० प्रतिशत कारण चालकको लापरबाही देखिएको छ ।” उनले चालक लाइसेन्सको प्रणाली र सुरक्षित ड्राइभिङको संस्कृतिमा सुधार गर्नुपर्नेमा जोड दिए । सांसद सिता मिजारले सवारी दुर्घटनाको तथ्याङ्क प्रस्तुत…

Read More

आर.एस भट्ट, काठमाडौंः स्थानीय तह निर्वाचन २०७९ अगाडि नै बहुत चर्चामा आएका पात्र हुन बालेन्द्र साह उर्फ बालेन। काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बनेदेखि नै उनको चर्चा सुरु भएको थियो। स्वतन्त्र रुपमा उम्मेदवारी दिएका बालेनले निर्वाचन पनि जिते। त्यसपछि उनको चर्चा लोकप्रियतामा परिणत भयो। कार्यकालको पहिलो वर्षमा नै बालेनले विभिन्न काम गरेर निकै चर्चा कमाएका छन्। तर उनको पछिल्लो एक निर्णय भने लोकहितका विपरीत छ। यसले उनलाई विवादमा ल्याउने संकेत देखिएको छ। काठमाडौंको सार्वजनिक सवारी साधनका सवालमा महानगरपालिकाले एक सार्वजिक सूचना जारी गरेको छ। असार १ गतेदेखि लागू हुने गरि महानगरपालिकाले सार्वजनिक सूचना जारी गरेको हो। यात्रुवाहक सवारी साधनहरु नयाँ बसपार्कबाट…

Read More

धनगढी: सुकुम्बासी समस्या समाधान आयोगका पूर्व अध्यक्ष एवम् तत्कालीन कञ्चनपुर जिल्ला विकास समिति सभापति ऋषिराज लुम्साली नेपाल संस्कृत विश्व विद्यालयबाट दीक्षित भएका छन् । ७६ वर्षीय लुम्साली संस्कृत विश्वविद्यालयबाट आचार्य (स्नातकोत्तर) तह पूरा गरी दीक्षित भएका हुन्। उनले संस्कृत भाषाको सर्वदर्शन विषयमा सर्वोत्कृष्ट भई नेपाल संस्कृत विश्व विद्यालयबाट आचार्य (स्नातकोत्तर) तह पूरा गरी दीक्षित भएका हुन्। उनी सामुदायिक रेडियो शुक्लाफाँटा एफएमका संस्थापक अध्यक्षका साथै सकृय उद्यमी, समाजसेवी पनि हुन्। वामपन्थी पृष्ठभुमिका उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दीक्षित गरेका थिए। २०५३ सालमा सुकुम्बासी समस्या आयोगको आधी बनेका लुम्साली २०५४ देखि ५९ सम्म कञ्चनपुर जिल्ला विकास समितिको सभापति रहेका थिए। उनको पत्रकारिता…

Read More