Author: महेन्द्रनगर पोष्ट

‘नेपाली गर्ल एपीके’ नाममा नेपालमा तहल्का मच्चाएको मालवेयर नयाँ स्वरुपमा पुनः सक्रिय भएको पाइएको छ । ‘नेपाली भर्जिन गर्ल’ को नयाँ नाम दिइएको यो एपीके ‘सेक्स पार्टनर खोज्न’ भन्दै ह्वाट्सएपमा फैलिन थालेको हो । विशेषगरी ह्वाट्सएपमा आइरहेको यो मेसेजमा ‘के तपाईँ पनि सेक्स पार्टनर खोजिरहनु भएको छ, अब ढुक्क बस्नुहोस्’ भन्दै प्रयोगकर्तालाई लोभ्याउन खोजिएको छ । जसमा ‘नेपाली गर्ल एपीके’ इन्स्टल गरी सेक्स पार्टनर खोज्न सकिने, त्यसका लागि फोटो सहित सम्पर्क नम्बर तथा रेट समेत राखिएको र यो सेवा नेपालभरका लागि उपलब्ध रहेको उल्लेख गरिएको छ । यो मेसेज नेपाल टेलिकमको ९८५१०४२३२५ नम्बरबाट खोलिएको ह्वाट्सएप आईडीबाट शेयर भइरहेको छ ।…

Read More

काठमाडौं : सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटबारे दिएको अभिव्यक्ति पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेको बताएका छन्। अध्यक्ष ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई शून्य मार्क दिएको उल्लेख गर्दै उपमहासचिव शर्माले उनको सो मूल्यांकन सत्ताबाट विमुख हुनुपर्दाको पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित रहेको प्रतिक्रिया दिएका हुन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेटलाई राजनीतिक रंग दिएर हेर्ने काम वस्तुनिष्ठ हुनै नसक्ने बताए। उपमहासचिव शर्माले आगामी १० वर्षको बजेटको वस्तुनिष्ठ समीक्षा गर्नका लागि उच्चस्तरीय आयोग बनाउन प्रस्तावसमेत गरे। यसरी बनेको उच्चस्तरीय आयोगले बजेटको सही मूल्यांकन गर्न सक्ने र मुलुकमा…

Read More

काठमाडौं : नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीका वस्तुमा २ प्रतिशत विलासिता कर तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सुनचाँदी व्यवसायमा आबद्ध तीन वटै महासंघको संयुक्त बैठकले तत्काल उक्त कर लगाउने घोषणा फिर्ता गर्न माग गर्ने निर्णय गरेका हुन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले सरकारको यो निर्णय सुनचाँदी व्यवसायीको हितविपरीत भएको ठहर गरेको छ । सरकारले विदेशबाट आउने पुरुषले २५ ग्राम र महिलाले ५० ग्राम सुनका गहना ल्याउन पाउने र त्यसमा पनि रसायनसहितका गरगहना हुनुपर्ने विभेदकारी नीति अवलम्वन गरेकोप्रति पनि बिरोध जनाएको छ ।…

Read More

जुम्ला -जुम्लाका स्थानीय तहले बाल विवाह रोकथाम गर्न विवाह गर्दा अनिवार्य वडाको सिफारिस अनिवार्य गरेका छन्। जिल्लाको तिला गाउँपालिकाले विवाह गर्दा अनिवार्य रुपमा वडाको सिफारिसको निर्णय गरेको छ। विवाह गर्ने जोडीले वडापालिकाको सिफारिस लिएरमात्र विवाह गर्नुपर्ने छ। गाउँ कार्यपालिकाको बैठकको निर्णयबाट विवाह गर्न वडाको सिफारिस अनिवार्य गरिएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिइन्। पालिकाका नौवटै वडालाई परिपत्रसमेत गरिएको छ। पछिल्लो समयमा बाल विवाह बढ्दै गएको छ। बाल विवाह रोक्न वडाको सिफारिस अनिवार्य गरिएको उपाध्यक्ष बुढाको भनाइ छ। वडावासीले विवाह गर्नुपूर्व वडाको सिफारिस अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको छ। बाल विवाह न्यूनीकरण गर्न तिला–६ लाई बाल विवाहमुक्त वडा घोषणासमेत गरिएको छ। देखासेखीले…

Read More

धनगढी : कैलालीको धनगढीमा आयोजना हुने ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड— २०७९’ लाई गरिमा पोलिक्लिनिक एन्ड गरिमा डेन्टलले सहयोग गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्न लागेको चौथो संस्करणको अवार्डको ‘लाइफटाइम एचिभमेन्ट’ विधालाई धनगढीमा रहेको गरिमा पोलिक्लिनिक एन्ड गरिमा डेन्टलले प्रायोजन गर्ने भएको हो । अव यो विधाको नाम गरिमा पोलिक्लिनिक एन्ड गरिमा डेन्टल लाइफटाइम एचिभमेन्ट अवार्ड भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठक र पोलिक्लिनिकका सञ्चालक डा. निराजनदत्त शर्मा पौडेलले हस्ताक्षर गर्दै प्रायोजन सम्बन्धी सम्झौता पत्र आदानप्रदान गरे । सम्झौतापछि प्रतिक्रिया दिँदै डाक्टर शर्माले अवार्डसँग जोडिन पाउँदा खुसी लागेको बताए । ‘आफूहरू…

Read More

गोविन्द आचार्य,प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चार दिने औपचारिक भ्रमण पूरा गरी नेपाल फर्केको एक साता बितेको छ। तर भ्रमण र त्यसबाट पैदा भएको तरङ्ग भने अझै कायम छ। भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डले देशका पक्षमा स्पष्ट अडान राखेकै कारण नेपालले महत्वपूर्ण उपलब्धी हासिल गरेको छ, जसलाई प्रधानमन्त्रीको कुटनीतिक सफलता मानिएको छ। प्रधानमन्त्रीको भ्रमणपछि विगत केही समयदेखि अवरुद्ध जस्तै भएका दुई देशबीचका कतिपय संयन्त्रका संयुक्त बैठक बस्नु, विगत केही समयदेखि नवीकरण हुन नसकेका व्यापार तथा पारवाहन सम्झौता नवीकरण हुनु, नेपालमा उत्पादित ठूलो परिणाममा विद्युत खरिद गर्न भारत तयार हुनु तथा नेपालले लामो समयदेखि उठाउँदै आएको सीमा समस्या आपसी सहमतिमा समाधान गर्न…

Read More

कैलाली: कैलालीमा प्रहरीले ७७ हजार रुपैयाँ बराबर मूल्यको भन्सार छलीको सामान बरामद गरेको छ । आज बिहान धनगढी उपमहानगरपालिका–३ बिशालनगरबाट लेगिज, सुपरपावर, बिँडी, आन्टी लगायतका सामाहरु फेला पारेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले फेला बरामद गरेको मालसामान भन्सार कार्यालयमा बुझाईएको छ । यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–८ मा शुक्रबार बिहान भन्सार छलेर ल्याएको ३५ हजार रुपैयाँ मूल्य बराबरको अण्डा, डिउ(पेय पदार्थ), प्लाष्टिक, गुट्खा, बिँडीलगायतका सामान फेला पारेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले बेवारिसे अवस्थामा ती सामान फेला पारेको बताइएको छ ।

Read More

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले गेटामा निर्माणाधीन मेडिकल स‌ंरचनामा दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नै खोलिनु पर्ने बताएका छन्। काठमाडौंमा आयोजित स्वास्थ्य सरोकार समूहको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले गत माघ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले गेटामा दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय खोल्ने निर्णय गरेकाले सोही अनुरूप अगाडि बढ्नु पर्ने धारणा राखे। २०४४ सालतिर शंकराचार्यले गेटामा मेडिकल कलेज स्थापना गर्ने भन्दै केही जग्गा किनेको र सानो घर पनि बनाएको स्मरण गराउँदै महरले भने, ‘शंकराचार्यले नै २०५६ मा जयन्त सरस्वती स्वर्ण महोत्सव ट्रस्ट स्थापना गर्नु भएको हो। त्यही वर्ष सरकारले गेटा आँखा अस्पताल अगाडिको ७७…

Read More

धनगढी : सुदूरपश्चिमको तराई क्षेत्रमा गर्मी बढेको बढ्यै छ। विषेशगरि कञ्चनपुर र कैलालीमा गर्मी अत्यधिक बढिरहेको छ। गर्मी बढेसँगै यहाँका विद्यालयहरु बन्द हुने क्रम पनि बढेको छ। पछिल्लो एक साताको अवधिमा कैलाली र कञ्चनपुरको तापक्रम लगातार उकालो लागेको छ। धनगढी लगायतका क्षेत्रमा अचेल तापक्रम ४० डिग्री नाघ्ने गरेको छ। तर, आगामी बिहीबारबाट तापक्रम घट्ने भूउपग्रहमा आधारित मौसम पूर्वानुमान अनलाइन सेवा वेदर डटकमको प्रक्षेपण छ। आज (शुक्रबार) मध्यान्ह कैलाली र कंचनपुरको तापक्रम ४० डिग्री पुगेको छ भने शनिबारदेखि गर्मी झन् बढ्ने पूर्वानुमान छ। यस्तै सुदूरपश्चिममा यस वर्ष ढिलो गरेर १३ असारमा मात्रै मनसुन भित्रिने मौसम विज्ञान विभागको पूर्वानुमान छ।

Read More

बैतडी : बैतडीको मेलौलीमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । आज बिहीबार बिहान मेलौली नगरपालिका–३ का ३८ वर्षीय देवबहादुर चन्दको मेलौलीकै भिटा भीरबाट एक सय मिटर तल खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीबाट गएको प्रहरी टोलीले अहिले अनुसन्धान गरिरहेको बताइएको छ ।

Read More