Author: महेन्द्रनगर पोष्ट

एजेन्सी: ८० वर्षीय अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार कोलोराडोमा एयर फोर्स एकेडेमी कार्यक्रममा ढलेका छन्। उनी यहाँ दीक्षान्त समारोहमा सहभागी हुन आएका थिए। आफ्नो मन्तव्य सकिएपछि आफ्नो सिटतर्फ जाने क्रममा उनी मञ्चबाट ढलेका हुन् । वायुसेनाका अधिकारीहरूले उनलाई उठाएका थिए। उठ्न अलि अप्ठ्यारो परे पनि उनले उभिएपछि भने कसैको मद्दत लिएनन्। ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ट्वीट गर्दै राष्ट्रपति ठिक रहेको र चोट नलागेको जानकारी दिएका छन्।

Read More

धनगढी: सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कुनै पनि योजना सम्बन्धी भेटघाट नगर्न मन्त्रालयका सचिव तथा कर्मचारीलाई निर्देशन दिएका छन्। उनले एक बैठक डाँकेर सबै मन्त्री, लोकसेवा आयोग, निती योजना आयोग, सबै मन्त्रालयका सचिव तथा कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन्। मुख्यमन्त्री शाहले आगामी २०८०/०८१ को बजेट वक्तव्य नहुन्जेलसम्म योजना सम्बन्धी अनावश्यक भेटघाट नगर्न सबैलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा लागु औषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भिमदत्त नगरपालिका १६ मझगाउँबाट हिजो (बिहीबार) प्रेम नेपाली लागु औषधसहित एक जना पक्राउ परेका हुन्। प्रहरीका अनुसार भिमदत्त नगरपालिका १८ बस्ने २८ वर्षीय प्रेमको साथबाट साथबाट २ थान रेक्सोजेसिक एम्पुल, २ थान, फिनारगन तथा ६ वटा एम्पुल रेक्सोजेसिक फुटाएको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। उनलाई अस्थायी प्रहरी पोस्ट मझगाँउको प्रहरी टोलीले पक्राउ गरेको हो। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थप अनुसन्धान गरिरहेको बताइएको छ।

Read More

धनगढी: कैलाली र बैतडीबाट प्रहरीले करीब साढे २ लाख रुपैयाँ बराबरको अवैध समान बरामद गरेको छ । कैलालीको भजनी नगरपालिकाको कुटीबाट बिहीबार अवैध समानसहित भारतको लखिमपुर खिरीका २३ वर्षीय सरिफ अलिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयकाअनुसार उनले चलाएको युपी३१एसी३७३९ को मोटरसाइकलमा ल्याइरहेको ६ पेटी र मोटरसाइकलसहित अन्दाजी एक लाख १० हजारको समान बरामद गरिएको हो । उक्त समान आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ । यस्तै बैतडीको दशरथचन्द नगरपालिकाको गोठलापानीबाट भन्सार छलीको समान बरामद गरिएको छ। भारतबाट भन्सार छलि गरि ल्याएको चप्पल, छाता, पलाष्टिक, अचार, ज्वानो, बिडी, चाबी सलाई, मंगला तेल, बेसन, कापी, ताला,…

Read More

डडेल्धुरा: भारतले आफ्नो सीमा जोडिएका २ स्थानमा मोटरेबल पुल बनाउने घोषणा गरेको छ। महाकाली नदिमाथि डडेल्धुराको शिर्ष र बैतडीको झुलाघाटमा पुल बनाउने भारतले बताएको हो। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा हिजो नयाँ दिल्लीमा भएको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो घोषणा गरेका थिए। नेपालको सुदूरपश्चिम क्षेत्रको कनेक्टीभिटीलाई बढाउन झुलाघाट र शीर्षमा मोटरेबल पुल निर्माण हुने भारतीय प्रधानमन्त्री मोदीले घोषणा गरेका हुन्। संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले नै पुल निर्माण हुने कुरा उल्लेख गरेपछि यो क्षेत्रका नागरिक खुसी भएका छन्। पुरानो नाकाको रुपमा रहेको झुलाघाट नाकामा अब मोटरेबल पुल निर्माणको आसा पलाएको बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खीमानन्द…

Read More

कल्पना उपाध्याय, बझाङ: बझाङको एक स्वास्थ्य केन्द्रका कर्मचारीले काम नगरेर तलब खाने गरेको खुलेको छ। जिल्लाको छविस पाथिभेरा गाउँपालिका वडा नम्बर १ काप्रीगाउँ सामुदायिक स्वास्थ्य केन्द्रमा कर्मचारीले काम नगरेर पनि तलब बुझेका हुन्।  स्थानीयले कार्यालय समयमा स्वास्थ्य केन्द्रमा कर्मचारी नहुने गरेको गुनासो गरेका बेला कर्मचारीले किर्ते हाजिर गरेर तलब बुझ्दै आएको पाइएको छ। स्वास्थ्य केन्द्रका अहेव उमेश कठायतले काम छोडेको दुई वर्ष भएको छ। तर उनले तलब सुविधा लिदै आएका हुन्। उनले स्वास्थ्य केन्द्र घरबाट टाढा रहेको, शौचालय, खानेपानीको व्यवस्था नभएको र तलबको समेत राम्रो सुविधा नभएकाले काममा जान छोडेको बताए। आफ्नै मेडिकल चलाउदै आएका कठायतले स्वास्थ्य केन्द्रमा काम गर्न छोडेको…

Read More

काठमाडौं: शिव शिखर सहकारी घोटलाको पहिलो चरणको अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ । सहकारीले मुलुकभरबाट एक लाख निक्षेपकर्ताको १४ अर्ब रुपैयाँभन्दा धेरै रकम हिनामिना गरेको प्रहरीको दाबी छ ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले घटनाको अनुसन्धान गरेको हो । पहिलो चरणमा सिआइबीले भक्तपुरका निक्षेपकर्ताको उजुरीमाथि मात्रै अनुसन्धान सुरु गरेको थियो । यसक्रममा भक्तपुरबाट मात्रै सहकारीका सञ्चालकविरुद्ध एक हजार दुई सय ९२ पीडितको एक सय नौ जाहेरी परेका थिए। ६६ करोड ३१ लाख रुपैयाँको बिगो दाबी गर्दै सहकारीको सञ्चालकविरुद्ध मंगलबार जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरमा अनुसन्धान प्रतिवेदन पेस गरिएको सिआइबी प्रवक्ता एसपी सञ्जयसिंह थापाले जानकारी दिए…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले सडक यातायातको नयाँ भाडा दर कायम गरेको छ। प्रदेश सरकारले सुदूरपश्चिमका विभिन्न सडक रुटको नयाँ भाडा दर सार्वजनिक गरेको हो। प्रदेश राजपत्रमा भाडादर प्रकाशित गर्दै बिहिवारदेखि लागु गरिएको छ। कहाको कति ?

Read More

काठमाडौँ: हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । राति भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Read More

धनगढी – सुदूरपश्चिम प्रदेश सभा सदस्य ललिता सुनारले दलितका लागि बनेका कानुन कार्यान्वयन हुन नसकेको बताएकी छन् । धनगढीमा बिहीबार आयोजित छुवाछूतमुक्त राष्ट्र घोषणाका १७ वर्ष र कानुनको कार्यान्वयन विषयक सुदूरपश्चिम प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएकी हुन् । सुनारले अब सुदूरपश्चिम प्रदेशमा बन्न लागेका नयाँ नीति तथा कानुनमा दलितका कुराहरुको मस्यौदा बनाउने पनि बताईन् । उनले राष्ट्रिय दलित आयोग पछिल्लो समय निष्क्रिय भएको बताउँदै सुदूरपश्चिम सरकारले दलितका सवालमा काम गर्ने र बजेटका लागि आफूले पहल गर्ने पनि बताईान् । दलित समुदायका लागि लक्षित उद्योगहरु खोल्ने कार्यक्रमहरु ल्याइने उनको जिकिर छ। यस्तै संविधान सभा सदस्य हरि सिर्पाइलीले पनि…

Read More