एजेन्सी: ८० वर्षीय अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार कोलोराडोमा एयर फोर्स एकेडेमी कार्यक्रममा ढलेका छन्।
उनी यहाँ दीक्षान्त समारोहमा सहभागी हुन आएका थिए। आफ्नो मन्तव्य सकिएपछि आफ्नो सिटतर्फ जाने क्रममा उनी मञ्चबाट ढलेका हुन् ।
वायुसेनाका अधिकारीहरूले उनलाई उठाएका थिए। उठ्न अलि अप्ठ्यारो परे पनि उनले उभिएपछि भने कसैको मद्दत लिएनन्। ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ट्वीट गर्दै राष्ट्रपति ठिक रहेको र चोट नलागेको जानकारी दिएका छन्।
Facebook Comments Box