Author: महेन्द्रनगर पोष्ट

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले सडक यातायातको नयाँ भाडा दर कायम गरेको छ। प्रदेश सरकारले सुदूरपश्चिमका विभिन्न सडक रुटको नयाँ भाडा दर सार्वजनिक गरेको हो। प्रदेश राजपत्रमा भाडादर प्रकाशित गर्दै बिहिवारदेखि लागु गरिएको छ। कहाको कति ?

Read More

काठमाडौँ: हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । राति भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Read More

धनगढी – सुदूरपश्चिम प्रदेश सभा सदस्य ललिता सुनारले दलितका लागि बनेका कानुन कार्यान्वयन हुन नसकेको बताएकी छन् । धनगढीमा बिहीबार आयोजित छुवाछूतमुक्त राष्ट्र घोषणाका १७ वर्ष र कानुनको कार्यान्वयन विषयक सुदूरपश्चिम प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएकी हुन् । सुनारले अब सुदूरपश्चिम प्रदेशमा बन्न लागेका नयाँ नीति तथा कानुनमा दलितका कुराहरुको मस्यौदा बनाउने पनि बताईन् । उनले राष्ट्रिय दलित आयोग पछिल्लो समय निष्क्रिय भएको बताउँदै सुदूरपश्चिम सरकारले दलितका सवालमा काम गर्ने र बजेटका लागि आफूले पहल गर्ने पनि बताईान् । दलित समुदायका लागि लक्षित उद्योगहरु खोल्ने कार्यक्रमहरु ल्याइने उनको जिकिर छ। यस्तै संविधान सभा सदस्य हरि सिर्पाइलीले पनि…

Read More

अमर खत्री, दार्चुला – दार्चुला बहुमुखी क्याम्पसमा चुलियो विवाद, शिक्षण सहायक साउँदले क्याम्पस प्रमुखमाथि लगाईन् गम्भीर आरोप दार्चुला सदरमुकाम खलंगामा रहेको सुदूरपश्चिम विश्व विद्यालय अन्तर्गत दार्चुला बहुमुखी क्याम्पसमा पछिल्लो समय विवाद चुलिएको छ । क्याम्पसमा अध्यापन गराउने दुई जना उप–प्राध्यापक डम्मर सिंह साउँद र शिक्षण सहायक आशा साउँदको क्याम्पस प्रशासनसँग विवाद चुलिएको हो ।त्यस विवादमा शैक्षिक वातावरण प्रभावित भएको भन्दै विद्यार्थी आन्दोलित समेत भएका छन । क्याम्पस प्रशासनको विभेदपूर्ण व्यवहार र स्वेच्छादारी निर्णयका कारण शैक्षिक वातावरण प्रभावित भएको बताइएको छ । क्याम्पसले विगत पाँच वर्षदेखि निरन्तर अध्यापन गराइरहेका शिक्षण सहायक आशा साउँदलाई विना सूचना र व्यक्तिगत कुण्ठाका कारण हटाएको आरोप…

Read More

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) भारत गएका छन् । उपप्रमुख सुनिता डङ्गोललाई कार्यवाहकको जिम्मेवारी दिएर शाह बिहीबार भारत गएका हुन् । भारत जानुका कारणबारे केही खुलाइएको छैन भने कामको सिलसिलामा काठमाडौँ बाहिर जानुपरेकोले १८ जेठदेखि फर्केर नआउन्जेलसम्मका लागि कार्यवाहकको जिम्मेवारीमा रहेर कार्य गर्न मेयर साहले डङ्गोललाई अख्तियारी दिएका छन् ।

Read More

गोरखा – करेन्ट चाउचाउमा गोरखाका उपभोक्ताले किरा फेला पारेका छन्। पिरो चाउचाउ भनेर नाम कमाएको करेन्ट चाउचाउमा गोरखा नगरपालिका-७ डण्डीडाँडामा उपभोक्ताहरूले चाउचाउ खान लाग्दा किरैकिरा फेला पारेका हुन्। चाउचाउलाई तातोपानीमा उमालेर हेर्दा किरैकिरा तैरिरहेको भेटिएको हो । चाउचाउ २०२१ मे मा बनेको लेखेको र डेटअफ नभेटिएको उपभोक्ताले बताएका छन् । एशोदा फुड्स प्रालिद्वारा उत्पादित करेन्ट चाउचाउ गोरखा लगायतका क्षेत्रहरूमा लोकप्रिय छ। कम्पनीबाट हिफाजतसाथ पठाएको चाउचाउ म्याद गुज्रिएर वा खोल च्यातिएर बिग्रिएको हुनसक्ने गण्डकी प्रदेशका सेल्स मेनेजर सूर्यराज बरालको भनाइ छ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले बिहीबार दिल्लीको हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् । भारत नजिकको छिमेकी मात्रै नभएर व्यापारको समेत ठुलो साझेदार भएकाले प्रधानमन्त्री मोदीले नेपाल भ्रमण गर्नुपर्ने भन्दै उनले निम्तो दिएका छन् ।

Read More

काठमाडौँ – चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गरेको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले बोर्डले आवश्यक ठानेर पठाएको मागको बेवास्ता गर्दै सरकारले बजेटमा चलचित्र क्षेत्रलाई उपेक्षा गरेको बताएका हुन्। उनले नेपाली चलचित्र प्रवर्द्धनका लागि स्टुडियो बनाउने कुराले खुसी बनाए पनि बोर्डले विज्ञ र सम्बन्धित संस्थाहरूसँग छलफल गरी बजेट निकासा गर्न आग्रह गरेको फाइलअनुसार अर्थ मन्त्रालयले चलचित्र क्षेत्रका लागि बजेट नदिएको बताए। उनले बजेटमा सरकारले विदेशी चलचित्र आयात गर्ने कुरामा ५ प्रतिशत कर लगाउन बेवास्ता गर्दै १ प्रतिशत मात्रै लगाउने नीति लिएकोप्रति पनि असन्तुष्टि जनाए। उनले भने, ‘नेपाली चलचित्र प्रवर्द्धनका स्टुडियो आवश्यक छ। एउटा…

Read More

डडेल्धुरा: डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिंह कायम हुने गरि सर्वोच्च अदालतले आदेश दिएको छ। अदालतले अस्पतालको अध्यक्षमा नियुक्त सिंहको नियुक्ति खारेज नगर्न अन्तरिम आदेश दिएको हो। सिंहले नियुक्ति खारेज भएको भन्दै रिट निवेदन दर्ता गरेका थिए। सर्वोच्च अदालतको नियमावली २०७४ को नियम ४९ को उपनियम २ अनुसार नियुक्ति खारेज नगर्न र तत्कालका लागि सिंहलाई नै अध्यक्षका रुपमा काम गर्न दिन अन्तरिम आदेशमा उल्लेख गरिएको छ। सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मन्त्री मोहनबहादुर बस्नेत र डडेल्धुरा अस्पताल विकास समितिविरुद्ध अन्तरिम आदेश माग गर्दै अदालतमा रिट निवेदन दर्ता गरेका थिए। वैशाख १७ गतको प्रधानमन्त्रीस्तरीय निर्णयले सिंहलाई अस्पताल विकास समितिको अध्यक्षमा…

Read More

काठमाडौँ – भारतबाट डिजेल, पेट्रोलमा बढेर र ग्याँसमा घटेर इन्धनको नयाँ मूल्य घटेर आएको छ । निगमलाई बिहीबार बिहान प्राप्त नयाँ मूल्यअनुसार डिजेल लिटरमा २ रुपैयाँ ११ पैसा र पेट्रोलमा २ रुपैयाँ ४ पैसा मूल्य बढेको छ । यस्तै हवाई इन्धनको मूल्य लिटरमा ७ रुपैयाँले घटेर आएको छ भने खाना पकाउने ग्याँसका मूल्य सिलिण्डरमा ४९ रुपैयाँले घटेर प्राप्त भएको निगमले जनाएको छ । नयाँ मूल्यपछि १५ दिनमा निगम एक अर्ब ७५ करोड रुपैयाँ नाफामा छ । नयाँ मूल्य पछि उपभोक्ता मूल्य बढाउने वा नबढाउने भन्ने निर्णय भने निगम सञ्चालक समितिले गर्न बाँकी छ ।

Read More