काठमाडौँ – भारतबाट डिजेल, पेट्रोलमा बढेर र ग्याँसमा घटेर इन्धनको नयाँ मूल्य घटेर आएको छ ।
निगमलाई बिहीबार बिहान प्राप्त नयाँ मूल्यअनुसार डिजेल लिटरमा २ रुपैयाँ ११ पैसा र पेट्रोलमा २ रुपैयाँ ४ पैसा मूल्य बढेको छ ।
यस्तै हवाई इन्धनको मूल्य लिटरमा ७ रुपैयाँले घटेर आएको छ भने खाना पकाउने ग्याँसका मूल्य सिलिण्डरमा ४९ रुपैयाँले घटेर प्राप्त भएको निगमले जनाएको छ ।
नयाँ मूल्यपछि १५ दिनमा निगम एक अर्ब ७५ करोड रुपैयाँ नाफामा छ । नयाँ मूल्य पछि उपभोक्ता मूल्य बढाउने वा नबढाउने भन्ने निर्णय भने निगम सञ्चालक समितिले गर्न बाँकी छ ।
Facebook Comments Box