Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः कञ्चनपुरमा एक लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाको बेलौरी नगरपालिका–१० भुडा लठ्ठाघाट स्थित नेपाल भारत सीमा नजिकबाट टमाटर, बोडी, हरियो खुर्सानी, काक्रा, सिम्ला मिर्च, भिण्डी लगायतका १५ हजार मूल्य बराबरको तरकारी बरामद गरिएको हो । प्रहरीका अनुसार ती तरकारी बेवारिसे अवस्थामा फेला परेको हो । यस्तै, बेलौरी–२ बैजुडाँडाबाट अवैध रुपमा भंन्सार छली ल्याएका ९० हजार आठ सय मूल्य बराबरका कुरकुरे, चिसो पेय पदार्थ, मैदा, लिचि लगायतका पनि बरामद गरिएको छ । सामानसँगै से.७ प.७१५ नम्बरको मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: सशस्त्र प्रहरीका जवान महेन्द्र बिकको मृत्यु भएको छ । बाँकेमा कार्यरत उनको हिजो राति मृत्यु भएको हो । मृगौला रोगबाट पीडित उनको कर्णाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता राजेन्द्र खड्काले महेन्द्रनगरपोष्टलाई बताए ।

Read More

स्याङ्जा: स्याङ्जाको अर्जुनचौपारीमा हँसिया प्रहार गरी एक बालकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालका अनुसार अर्जुनचौपारी– ६ सिउँडीबारी बस्ने २१ वर्षीय सुजन चुवाई (सुवेदी)ले हँसिया प्रहार गरी सोही ठाउँ बस्ने ९ वर्षीय बालक हर्षित देवकोटाको हत्या गरेका हुन् । शुक्रबार साँझ हँसिया प्रहार गरी बालकको हत्या गर्ने सुवेदी घटनापश्चात् फरार रहेकोमा प्रहरीले पुतलीबजार–१ बाट पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । हत्याको कारण खुल्न सकेको छैन । रासस

Read More

कञ्चनपुर: कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित दोदा नदीमाथिको पक्की पुल निर्माणको काम आठ वर्षदेखि अलपत्र छ । निर्माण सुरु भएको आठ वर्षमा उक्त पुलका तीन पिल्लर मात्रै ठडिएका छन् । व र्षौंदेखि देखतभुली–पर्सीया जोड्ने पक्की पुल निर्माण अलपत्र भएपछि लालझाडी गाउँपालिका ओहोरदोहोर गर्न स्थानीयले सास्ती खेपिरहेका छन् । विसं २०७२ पुस २६ गते तीन वर्षभित्र सक्ने गरी लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कम्पनीसँग पक्की पुल निर्माणको सम्झौता भएको थियो । त्यसपछि पटक पटक म्याद थप हुँदा पनि अहिलेसम्म पक्की पुल निर्माण हुन सकेको छैन । पक्की पुलको पिल्लरको फाउण्डेसन परीक्षणका क्रममा त्रुटि देखिएपछि निर्माण रोकिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर…

Read More

काठमाडौँ: ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । बिहान ललितपुरको लुभुबाट लगनखेलका लागि छुटेको बा २ ख ८५८३ नम्बरको बस सडकमै पल्टिएको हो । प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक हरि डाँगीका अनुसार सो दुर्घटनामा परी घाइते भएका मध्ये ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा १८ जनाको र नजिकैको किस्ट अस्पतालमा एकजनाको उपचार भइरहेको छ । बसमा २४ जना यात्रु थिए । बस तीव्र गतिमा गुडिरहेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

Read More

काठमाडौं: सशस्त्र प्रहरी बल नेपाल नं.१६ गण काभ्रे (सिन्धुपाल्चोक हेर्ने) दरबन्दीमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार विजय नकर्मी मृत फेला परेका छन्। गएराति उनी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता राजेन्द्र खड्काले नकर्मीले छतमा डोरी बानेर झुन्डिई आत्महत्या गरेको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ। पछिल्लो समय सशस्त्रमा अनावश्यक स- सानो कुरामा कार्बाही हुन थालेपछि र बढुवा,सरुवामा निष्पक्ष नभएपछि असन्तुष्टि चर्किदै गएका छन्। सोही कारण सशस्त्रमा आत्महत्या गर्ने क्रम बढेको पाईएको छ। नकर्मीलाई पनि २०६३ सालमा भर्ना भएकोमा १६ वर्षसम्म पनि सहायक हवल्दारको पोस्टसम्म मात्रै बढुवामा राखिएको थियो।

Read More

काठमाडौं: राष्ट्रिय अनुसन्धान विभागले विभिन्न तहका लागि कर्मचारी माग गरेको छ। विभागले शनिबार एक सूचना जारी गर्दै अनुसन्धान अधिकृत(राजपत्राङ्कित तृतीय श्रेणी सरह) ३० जना, अनुसन्धान सहायक(राजपत्र अनङ्कित द्वितीय श्रेणीसरह) ४१ जना माग गरेको छ। अनुसन्धान अधिकृत हुन कम्तिमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्छ भने उमेर २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्छ भने अनुसन्धान सहायक हुन कम्तिमा प्लस टु वा सो सरह पास गरेको र १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ।

Read More

रौतहट: रौतहटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। रौतहटको बौधीमाई नगरपालिका- ५ कोपवा टोलमा करेन्ट लागेर शुक्रबार राति २ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा कोपवा गाउँका २५ वर्षिय अरुण साह र २६ सिताबी पण्डित रहेका छन्। आफ्नै आँगनमा रहेको ट्यूबबेलबाट विद्युत् मोटर सञ्चालन गर्ने क्रममा अरुण साहलाई करेन्ट लागेको र उनलाई जोगाउन खोज्ने पण्डितको पनि करेन्ट लागेर मृत्यु भएको हो।

Read More

एसआर भट्ट, काठमाडौं: नेपालमा गणतन्त्र स्थापनादेखि नै राजसंस्थाको नारामा पूर्णविराम लागेको छैन। केही न केही माध्यम, कुनै न कुनै व्यक्ति तथा समूह र पार्टीहरुले राजतन्त्रको वकालत गर्दै आएका छन्। तर, पछिल्लो समयमा भने यो राजसंस्थाको नाराले व्यापकता पाएको छ। अहिले विभिन्न समूह र केही राजनीतिक पार्टीहरु राजतन्त्रसहितको संविधान माग गर्दै सडकमा उत्रिएका छन्। केही समय अगाडि मात्रै पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकका विभिन्न क्षेत्रमा आयोजना गरिएका कार्यक्रममा पुगेका थिए। पूर्व मेचीदेखि पश्चिम महाकाली पुगेका पूर्व राजाले त्यहाँ आयोजना गरिएका कार्यक्रमलाई सम्बोधन पनि गरेका थिए। त्यसपछि नै अहिले राजसंस्थाको नाराले व्यापकता पाएको हो। राजासहितको संविधान माग गर्दै नागरिक समाज पनि सडकमा…

Read More

धनगढी: कैलालीमा जीपको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ। बिहीबार राति पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका– ४ खैरेनामा प्रदेश३ ०१–०२४ च ५१४८ नम्बरको जीपले से ३ प ८९२५ मोटरसाइकललाई ठक्कर दिदा घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका– ९ बस्ने ३५ वर्षीय राजेन्द्र सिंह खड्का रहेका छन्। उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको हो। जीप र चालक गोदावरी नगरपालिका– १ बस्ने ४२ वर्षीय झलक ऐडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More