धनगढीः बझाङको साइपाल गाउँपालिकाले छोरी जन्माउने आमालाई नगदसहित सम्मान गर्ने भएको छ। लैंगिक विभेदको अन्त्य गर्न २०७९ र ८० को बजेटबाट गाउँपालिकाले उक्त कार्य थालिएको हो। साइपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले प्रोत्साहन स्वरुप उक्त कार्य गरिएको बताइन्। सुत्केरी खर्च स्वरूप प्रत्येक महिलालाइ खादा लगाएर २ हजार रुपैयाँ प्रदान गर्न सुरु गरेको उनले बताइन्। आजमात्रै विभिन्न वडाका नम्बर ३ मा छोरी जन्माएकी १२ जना महिलालाइ सम्मानसहित २ हजार नगद पुरस्कार वितरण गरिएको छ।
Author: महेन्द्रनगर पोष्ट
धनगढीः सुदूरपश्चिमका केही जिल्लाको भ्रमणपछि नेपालका लागि अमेरिकी राजदूत हिजो राति काठमाडौं फर्किएका छन्। राजदूत डिन आर थम्पसन हिजो राति पौने १० बजे राजधानी पुगेको बताइएको छ। राजदूत नेतृत्वको टोलीले सुदूरपश्चिमका विभिन्न जिल्लामा युएसएडको सहयोगमा सञ्चालित परियोजनाको अवलोकन भ्रमण गरेको थियो। उनी गत बुधबार बिहान धनगढी आएका थिए।
काठमाडौंः विभिन्न दल तथा स्वतन्त्र रुपमा राजनीतिमा होमिएर चर्चा कमाएका युवा नेताहरु एउटै फ्रेममा देखिएका छन्। अस्तीमात्रै कमेडी सिरियल तथा युट्यूवमा चर्चित कलाकार रियाशा दाहाल र रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल (रुटिने) को विवाहको रिसेप्सन पार्टीमा उनीहरु एकसाथ देखिएका हुन्। जसमा एमालेका नेता, महेश बस्नेत, काँग्रेसका नेताद्वय गगन थापा र प्रदिप पौडेल, काठमाडौं महानगरका मेयर बालेन्द्र साह बालेन लगाउतका नेताहरु एकसाथ देखिएका थिए। सोही पार्टीमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी बनेका थिए। पछिल्लो समय पुराना दल तथा नेताहरु सक्किने कि सच्चिने भन्ने बहस भइरहेका बेला पछिल्लो पुस्ताका युवा नेताहरुको अन्तरसम्बन्ध र समन्वय सकरात्मक हुन आवश्यक रहेको…
चितवन: चितवनमा विगत सात वर्षमा ३० वटा बाघ मरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ती बाघ मरेका हुन् । आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्ममा ती बाघ मरेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका बाघमध्ये १४ भाले, आठ पोथी छन् । आठ वटाको पहिचान नखुलेको उनको भनाइ छ । मृत भेटिएका बाघमा बुढो भएर आठ, आपसमा जुधेर आठ, उपचारका क्रममा पाँच, बिरामी भएर एक, विष सेवनबाट तीन र पाँचवटा कारण नखुलेको पाइएको छ । यस्तै, आर्थिक वर्ष २०७२/०७३ मा एक, २०७३/०७४ मा चार, २०७४/०७५ मा छ, २०७५/०७६ मा आठ बाघ मृत…
बैतडी: बैतडी घर भएका शास्त्रीय संगीतका साधक तथा गायक तिलकसिंह पेलाको नयाँ गीत सार्वजनिक भएको छ। ‘हेर दिन ढल्यो’ बोलको गीत लिएर गायक पेला दर्शक÷स्रोतामाझ पुनः आएका हुन्। शास्त्रीय संगीतको स्वादमा रहेको गीत पेलाको आफ्नै युट्युब च्यानलमा अपलोड गरिएको छ। यसअघि पेलाको स्वरमा रहेको ‘के लत बस्यो’गजल चर्चाको शिखरमा पुगेको थियो । उनका दाइ कृष्णसिंह पेलाले लेखेको गीतलाई तिलक पेला आफैँले संगीतबद्ध गरेका हुन्। गीत पेलाकै चेला रिदम कँडेलले एरेन्ज गरेका हुन्। यो गीतले पनि दर्शकको तारिफ पाइरहेको छ। https://youtu.be/-Y-E_ELVL88
दैलेख: दैलेख जिल्ला अदालतले १४ वर्षीया बालिका बलात्कार कसुरमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–३, हाडाकोटका २८ वर्षीय भूपेन्द्र शाहीलाई १३ वर्षको कैद फैसला गरेको छ। जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट शाहीलाई बलात्कार कसुरमा १३ वर्ष कैदका अलावा पीडितलाई ५० हजार क्षतिपूर्ति र पीडित राहत कोषमा दुई हजार दुई सय रुपियाँ तिर्नुपर्ने फैसला भएको छ। अदालतका सूचना अधिकारी नासु टीकाराम न्यौपानेका अनुसार २०७७ चैत १९ गते लक्ष्मी प्राथमिक विद्यालय देउरालीको भान्छाकोठामा बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २७ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएको थियो। सोही उजुरीका आधारमा भूपेन्द्र शाहीलाई प्रहरीले गिरफ्तार गरेको थियो। अभियोग दर्ता भएकै दिन दैलेख जिल्ला अदालतमा भएको मुद्दाको…
काठमाडौं: नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री दीपक बाँस्कोटाकी छोरी प्रमिला बाँस्कोटा सुवेदीको अमेरिकामा सडक दुर्घटनामा परि मृत्यु भएको छ। ४६ वर्षीया प्रमिलाले चलाएको गाडीलाई ट्रकले ठक्कर दिँदा बिहीबार साँझ उनको निधन भएका हो। प्रमिला अमेरिकाको गाडी टेक्ससमा दुर्घटनामा परेको हो। छोरालाई स्कुल पुर्याएर फर्किन क्रमममा दुर्घटना भएको बताइएको छ। उनको नेपालस्थित पुर्ख्यौली घर पाँचथर हो ।
धनगढीः कञ्चनपुरको दोधारा चाँदनीमा खटिएका एक सशस्त्र प्रहरी नायब निरीक्षक (सई) माथि शुक्रबार राति खुकुरी प्रहार भएको छ। दोधारा चादँनी नगरपालिका–७ कञ्चभोजमा रहेको सशस्त्र प्रहरी बलको बिओपीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैँसिरमाथि चार÷पाँचजनाको युवा समूहले खुकुरी प्रहार गरी घाइते बनाएको छ। सशस्त्र प्रहरी बल ३५ नं गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार गर्ने युवाको खोजी भइरहेको बताए। “जोगबुढा झोलुङ्गे पुल नजिकैको पसलमा मादक पदार्थ सेवन गरेर हो–हल्ला गरिरहेका युवाहरुलाई सम्झाउँदा उल्टै खुकुरी प्रहार गरी भागे”, सशस्त्र प्रहरी उपरीक्षक रावलले भने, “खुकुरी प्रहार गर्नेको पहिचान भइसकेको छ, खोजीकार्य जारी छ।” सशस्त्र प्रहरीका अनुसार खुकुरी…
कैलाली: कैलालीले गोदावरी नगरपालिका-३ स्थित चौकिडाँडामा वादी समुदायकी महिलामाथि कुटपिट भएको छ। चौकिडाँडाको सुकुम्बासी बस्तीमा बस्दै आएकी ६० वर्षीया पार्वती वादीमाथि बिहिबार राति कुटपिट भएको मिठु वादीले बताइन्। मध्यराति सुतेको ठाँउबाट पर लगेर दुईजना अन्जान पुरुषले पार्वतीमाथि कुटपिट गरेको मिठु वादीले बताइन्। कुटपिटबाट वादीको शरिरमा निलडाम परेका छन्। ती व्यक्तिहरुले वादीले लगाएको लुगा पनि च्यातिदिएका थिए। यस विषयमा इलाका प्रहरी कार्यालय अत्तरियाले जानकारी प्राप्त भएको र अनुसन्धान भइरहेको जनाएको छ।
काठमाडौं: आज अमेरिकाले डाइभर्सिटी भिसा (डिभी)को नतिजा प्रकाशन गर्दैछ। सन २०२३ का लागि आवेदन दिइएका आवेदकहरुको नतिजा सार्वजनिक गर्ने भएको हो। नेपाली समय अनुसार आज साँझ ९:४५ बजे नतिजा सार्वनिक हुनेछ। अमेरिकी विदेश मन्त्रालयको आधिकारिक वेवसाइटमा गएर आवेदन दिँदा प्राप्त कम्फर्मेशन कोड राखेर नतिजा हेर्न सकिनेछ। यो (https://dvprogram.state.gov/) लिंक मा गएर आफ्नो नतिजा हेर्न सक्नुहुनेछ।