Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा: सुदूरपश्चिम सरकारका मन्त्री सवार गाडी बझाङमा दुर्घटनामा परेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटनामा परेको हो। गाडेको सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको प्रहरीले बताएको छ। दुर्घटनामा परि मन्त्री सिंहसहित ४ जना घाइते भएका छन्। खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका १ देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

Read More

काठमाडौँ : सडक आयोजनाको काममा बिल भुक्तानी गरिदिएबापत चार लाख रुपैयाँ घुस लिने उपसचिवसहित चारजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ। ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन एकाइ, दमक, झापाका आयोजना व्यवस्थापक (उपसचिवसरह) हुताराज चौहान, इन्जिनियर रवीन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई अख्तियारको केन्द्रीय कार्यालय टंगाल र इटहरी कार्यालयको संयुक्त टोलीले मङ्गलवार रंगेहात पक्राउ गरेको हो। सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिएबापत भन्दै उनीहरूले सेवाग्राहीसँग घुस लिएका अख्तियारले जनाएको छ। अख्तियारको टोलीले उनीहरूलाई घुस लिइसकेको अवस्थामा कार्यालयबाटै नियन्त्रणमा लिएको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

Read More

काठमाडौँ : सरकारले अखण्ड भारत सम्बन्धी नक्साको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उक्त जानकारी दिएका हुन् । भारतले बनाएको नयाँ संसद भवन भित्र राखेको अखण्ड भारत सम्बन्धी नक्सामा लुम्बिनी, कपिलवस्तु लगायतका नेपाली भू(भागहरू पनि समेटिएको देखिन्छ । त्यो नक्सा सार्वजनिक भएपछि नेपालमा भारतको आलोचना हुँदै आएको छ भने सरकारलाई भारतको प्रतिवाद गर्न दबाब परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणको क्रममा त्यो नक्साको विषयमा गम्भीरतापूर्वक प्रश्न नउठाएको भन्दै संसदमा समेत आलोचना भएको थियो ।

Read More

काठमाडौँ : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी बुधबार पहिलो अन्तर्राष्ट्रिय उडान हुने भएको छ । जनवरी १, २०२३ देखि सञ्चालनमा आएको उक्त विमानस्थलमा चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’ १३० जना यात्रु बोकेर पहिलोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने भएको हो । चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर जहाज बुधबार बिहान९ः३० बजे पोखरा विमानस्थल अवतरण गर्ने कार्यतालिका रहेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उक्त जहाज १ घण्टा पोखरामा होल्ड भएर काठमाडौँ आउने र सोही दिन चीन फर्किने समेत निरौलाले जानकारी दिए । दक्षिण एसियामै पहिलोपटक पोखरामा आयोजना गरिएको ड्रागन बोट रेस फेस्टिबलको अवसरमा चार्टर्ड फ्लाईट हुन लागेको हो…

Read More

काठमाडौं – प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । केही दिनयता प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमा छलफल चलिरहेको छ ।  सोही क्रममा पर्यटन र सहरी विकास मन्त्रालयले प्रदेशको ठाउँमा अंक राखेर ल्याएपछि एमाले सांसदहरूले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित गरिएको हो । लुम्बिनी प्रदेशको स्थानमा अंक लेखिएकाले सच्याएर ल्याएमात्र छलफल हुन सक्ने भन्दै एमाले सांसद रघुजी पन्तले बताएपछि बैठक स्थगित गरिएको हो ।

Read More

सुनबहादुर तामाङ नाम गरेका ठगले हिरादेवी थापा नाम गरेकी महिलाको १२ लाख ठगेका छन्। सोही आरोपमा सुनबहादुरलाई पक्रेर रोजगार विभागमा पठाइएको छ। नुवाकोट दुप्चेश्वरका ५५ वर्षीय सुनबहादुरलाई गोकर्णेश्वर ४, माकलबारीबाट नियन्त्रणमा लिइएको हो। हिरादेवीलाई जापान पठाइदिने प्रलोभनमा पटकपटक गरेर १२ लाख रुपैयाँ ठगेपछि सुनबहादुर फरार भएका हुन्। रोजगार विभागमा थापाले आफु ठगिएको निवेदन हालेपछि प्रहरीले अस्ति तामाङलाई पक्रेको हो।

Read More

यो वर्ष औसतभन्दा बढी गर्मी भएपछि जनावरले समेत पानीको खोजी गर्न थालेका छन् । मानिसले झैँ यी जनावरले पनि गर्मीबाट बच्न पानीको सहयोग लिएका हुन् । चीनको दक्षिण भेगमा यो वर्ष अन्यत्रको तुलनामा गर्मी ह्वात्तै बढेको छ । हङकङ नजिकैको सेन्जेन शहरमा रहेको वाइल्ड एनिमल पार्क (चिडियाघर) का जंगली जनावरले नजिकैको धारामा नुहाउने र पोखरी डुबुल्की मारेका छन् ।

Read More

वेदकोट : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरीले गत वर्ष यस समयमा रोपाइँ सुरु गरिसकेका थिए । रोपाइँमा व्यस्त हुने यस समयमा अहिले उनी फुर्सदिलो छन् । वर्षा नहुँदा अहिलेसम्म रोपाइँ सुरु गर्न नसकेको उनी बताउछन्।’गत वर्ष असार १ गतेदेखि नै रोपाइँ थाले, यसपटक पानी नै नपरेर खडेरी भएकाले रोपाइँ गर्न सकिएको छैन’, किसान चौधरीले भने, ‘सिँचाइको सुविधा नहुँदा आकाशको पानीको भरमा खेतीपाती गर्नुपर्छ ।’ उनी तीन बिघा जमिनमा धान खेती गर्छन् । धान, गहुँ, तरकारी खेती गर्ने चेतराज त्यसैबाट हुने उब्जाउ बेचेर घर खर्च चलाउछन् । बेदकोट नगरपालिका–४ का केशव बोहराको रोपाइँका लागि धानको ब्याड तयार भएको छ ।…

Read More

काठमाडौँ : अर्थ समितिले रोक्का गरेको ब्रोकर लाइसेन्सको प्रक्रिया खोलेको छ। मङ्गलवार बसेको समितिको बैठकले ब्रोकर लाइसेन्सको प्रक्रिया खोल्ने निर्णय गरेको हो। जेठ २९ गतेको बैठकले अनुमति प्रक्रिया रोक्का गरेको थियो । समितिले ब्रोकर अनुमति प्रक्रियाबारे परेको उजुरीको आधारमा धितोपत्र बोर्डसँग स्पष्टीकरण मागेको थियो।

Read More

कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले अछामको बयालपाटा अस्पतालका लागि ५० लाख रुपैयाँ मात्रै विनियोजन गरेको छ । सोमबार सार्वजनिक भएको प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक विकास कार्यक्रम पुस्तिका (रेड बुक)मा बयालपाटा अस्पताललाई ५० लाख रुपैयाँ मात्रै छुट्याएको खुलासा भएकाे हो । यसअघि सो अस्तपालाका लागि ९ करोड रुपैयाँ विनियोजन गरेको कुरा बाहिर आए पनि रेड बुकमा भने बयालपाटा अस्पताललाई स्वास्थ्य उपकरण सहयोग शीर्षकमा ५० लाख रुपैयाँ मात्रै विनियोजन गरेको उल्लेख छ । नमुना अस्पतालका रूपमा सञ्चालित सो अस्पतालमा बजेट छुट्याइएन भनेर प्रदेशसभामा बजेट प्रस्तुत गरेपछि त्यहाँका जनताले सामाजिक सञ्जालमा आक्रोश पाखेका थिए । तर यही असार २ गते…

Read More