धनगढी: डिभिजन वन कार्यालयले अस्थायी रुपमा बसोबास गरिरहेको क्षेत्रमा डोजरको प्रयोग गरेर संरचना भत्काएपछि कैलालीको चुरेका पहिरो पीडितको विचल्ली भएको छ। मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिन धनगढी आइपुगेका उनीहरु बास नपाएर कबर्ड हलको खुला आकाशमा रातदिन बिताउन बाध्य भएका छन्। चार सय १८ जना पहिरो विस्थापित परिवार लालाबालासहित कबर्ड हलमा बसिरहेका छन्। उनीहरुसँग गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहितका जनप्रतिनिधि समेत यहाँ आइपुगेका छन्। २०७७ सालमा पहिरोले घरबारविहीन भएका परिवारहरुलाई गाउँपालिका, स्थानीय प्रशासन, वन कार्यालय समेतको समन्वयमा चुरे गाउँपालिका वडा नम्बर ४ को पैनेरुगडा र टाँकगडामा अस्थायी रुपमा व्यवस्थापन गरेर राखिएको थियो। तर वन कार्यालयले डोजर लगाएर संरचना भत्काइदिएपछि भने उनीहरु समस्यामा…
Author: महेन्द्रनगर पोष्ट
बाजुरा: बाजुरामा बिहे गर्न पुगेको एक जोडीका लागि मन्दिरको ढोका बन्द भएको खबर आएको छ। आफ्नो प्रेमसम्बन्धलाई विवाहमा परिणत गर्न मन्दिर पुगेका उनीहरु झ्यालबाट फूल चढाएर फर्किएका छन्। बाजुराका प्रकाश विक र कञ्चनपुरकी पार्वती सुनार बिहे गर्ने निधो गरेर हिजो सोमबार मार्तडीमा रहेको मालिका मन्दिर पुगेका थिए। गएको चैत्रदेखि नै प्रकाश र पार्वतीसँगै बस्दै आएका उनीहरुले अस्ति नै मन्दिरका पूजारीलाई आफूहरु भोलि आउने भनेर खबर समेत गरेका थिए। तर, साइत अनुसार नै माइती पोइली पक्षबाट मन्दिर पुगेका उनीहरुका लागि ढोका बन्द गरेर पुजारी सम्पर्कविहिन बने।विवाहको पोशाकमा सजिएका बेहुला-बेहुलीका आफ्न्तले पूजारी देवराज पाध्यायलाई फोन गरे, तर सम्पर्क हुन सकेन। अन्तमा उनीहरु…
बझाङ: आफूलाई बाम विश्लेषक भनेर परिचित गराउने भरत दाहालले एक अन्तर्वार्तामा बझाङको साइपाल गाउँपालिकामा अमेरिकी सेनाले सैन्य क्याम्प स्थापना गरेको भनेर बोलेका छन्। उनले सो क्षेत्रको ठुलो भूभाग अमेरिकी सेनाले आफ्नो नियन्त्रणमा लिएको अभिव्यक्ति समेत दिएका छन् । दाहालले केही व्यक्ती, प्रमुख जिल्ला अधिकारी, गृहमन्त्री र सरकारलाई अमेरिकी सैन्य क्याम्प खडा गर्ने मतियार भनेका छन्। उनले तरुण दल बझाङ अध्यक्ष विष्णु ऐडी, स्थानीय विराट कठायत, साइपाल गाउँपालिकाकी रन्जिता धामीले अमेरिकी सैनिकलाई सहजीकरण गरेको अभिव्यक्ति दिएका छन्।यस विषयमा ऐडीले उक्त आरोप झुठो भएको बताएका छन्। उनले सैन्य क्याम्प खडा भएको दाबी गरिएको साइपाल गाउँपालिकामा अहिलेसम्म आफू पुग्न समेत नसकेको बताए। ऐडीले उक्त…
दाङ : छात्रालाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ रातोडाँडा निवासी शेषमणी गौतमलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार दिउँसो आफ्नै घरमा एक किशोरीलाई करणी गरेको आरोपमा प्रहरीले गौतमलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिए। किशोरीको जाहेरीका आधारमा घरबाटै नियन्त्रणमा लिइएको डिएसपी गौतमले बताए। उनालई वडा प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान अघि बढेको छ। देउखुरीस्थित एक प्राविधिक क्याम्पसमा अध्ययनरत छात्रालाई जागिर लगाइदिने प्रलोभनमा पारेर करणी गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। गौतम देउखुरी बहुमुखी क्याम्पसको उपप्रध्यापक र पूर्व क्याम्पस प्रमुख हुन्।
बर्दिया: एक किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा बर्दियाका २ युवक समातिएका छन्। घुम्न जाऔं भन्दै मोटरसाइकलमा राखेर जंगलमा पुर्याइ बलात्कार गर्ने बर्दियाको ठाकुर बाबा नगरपालिका–६ तुलसीपुरका २४ वर्षीय विनोद परियार र २० वर्षीय नवराज परियार पक्राउ परेका हुन्। उनीहरूले आइतबार बेलुकी सात बजेतिर बजारतिर घुम्न भनेर स्थानीय एक १८ वर्षीया किशोरीलाई जंगलमा पुर्याइ बलात्कार गरेका थिए। पीडित किशोरी घरमै बसिरहेको समयमा चिनजानका दुई व्यक्तिले किशोरीलाई बजारतिर घुम्न जाऔं भनेर ठाकुर बाबा– ७ स्थित मध्यवर्ती सामुदायिक वनमा लगेर बलात्कार गरेको खुलेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी हिक्मतबहादुर बोहोराले जानकारी दिए। पीडितले घटनालगत्तै प्रहरीलाई सूचना दिएकी थिइन्। ब्लात्कारपछि फरार परियारद्वयलाई खोजी गर्ने क्रममा प्रहरीले सोमबार बिहान १ बजे…
डडेल्धुरा: डडेल्धुराको साहुखर्कमा रहेको चर्चित बाजेको खिर पसलका सञ्चालक शेरबहादुर देउवाको निधन भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका-१ निवासी उनको ७२ वर्षको उमेरमा निधन भएको हो। २०३२ सालदेखि भिमदत्त राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रीहरुलाई स्वादिष्ट खिर खुवाउँदै आएका देउवा देशभरमै चर्चित व्यक्ति हुन्। उनले उक्त व्यवसाय सुरु गरेपछि नै आजभोलि साहुखर्कमा अन्य खिर पसल पनि सञ्लालनमा आएका छन्। ३१ वर्षदेखि खीर बेच्दै आएका देउवाको हातले बनेको खिर अब कसैले चाख्न पाउने छैनन्। उनको निधनप्रति गन्यापधुरा गाउँपालिका गणेशपुर डडेल्धुराले समवेदना प्रकट गरेको छ।
काठमाडौं : पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मोबाइलमा डिलिट गरिएका सबै डाटा रिकभर गर्दा पनि प्रहरीले नक्कली शरणार्थीसँग सम्बन्धित कुनै सूचना पाउन सकेन। खाँणलाई वैशाख २७ गते पक्राउ गर्नासाथ प्रहरीले मोबाइल कब्जामा लिई सम्पूर्ण डाटा रिकभर गर्न डिजिटल फरेन्सिक ल्याब पठाएको थियो। रिकभर गर्दा पनि शरणार्थीसँग सम्बन्धित कुनै विवरण नपाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताएका छन्। खाँणले पक्राउ पर्नुअघि मोबाइलमा महत्वपूर्ण सूचना उडाएर रिसेट गरेको प्रहरीको आशंका थियो। सचिव टेकनारायण पाण्डेको मोबाइल प्रहरीले फरेन्सिक ल्याबमा पठाई रिकभर गराएको थियो। त्यसबाट प्राप्त विवरणका आधारमा अन्य अभियुक्त समातिएका थिए। खाँणको मोबाइलमा पनि प्रहरीको त्यही अपेक्षा थियो। तर, त्यस्तो केही पाइएन।
काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहने छ । कोशी, बागमती , गण्डकी र मधेस प्रदेशका एक वा दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । आज राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
डडेल्धुरा: डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा दोस्रोपटक नियुक्त भएका करुणाकर ओझाले आज पदभार ग्रहण गरेका छन्। उनलाई अस्पतालका कर्मचारीले स्वागत गरेका थिए। ३ गतेको मन्त्रीस्तरीय निर्णयबाट नियुक्त भएका अध्यक्ष ओझासहित सदस्यहरु देवकी भट्ट र जनकबहादुर मल्लले पनि आजै पदभार ग्रहण गरेका छन्। उक्त पदभार ग्रहण कार्यक्रममा बोल्दै ओझाले पहिलेजस्तो नम्र भएर अब काम नगर्ने बताएका छन्। अस्पतालका कर्मचारीबाट हुने गरेका गल्तीलाई व्यवहारिक भएर नहेर्ने उनले बताए। ‘यसपटक अवसरसँगै विभिन्न चुनौती समेत आएको छ। पहिलो कार्यकालबाट थुप्रै अनुभव बटुलिसकेको छु’ उनले भने, ‘अस्पतालबाट प्रवाह हुने सेवाका लागि कर्मचारीबाट सहयोगको अपेक्षा गरेको छु। बाहिर म एकदमै नम्र भएको कुरा चलिरहन्छ। तर अब…
काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो राजनीतिक अवस्थाप्रति कडा टिप्पणी गरेका छन् । धनगढीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “सोझा साझा जनतालाई मुर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध गर्ने आजको प्रपञ्च अब खुल्दै आएको छ ।” उनले नयाँ नेपालप्रति पनि कटाक्ष गरेका छन् । “के नयाँ नेपाल भनेको यही हो ?,” उनी प्रश्न गर्छन्, “के अग्रगामी भनेको परावलम्बी नेपाल हो ? के नेपालको आफ्नो अस्तित्व छैन ? हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको त छैन ?” शाहको सम्बोधन