Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीमा प्रहरीले बेवारिसे अवस्थामा सामान फेला पारेको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–३ मिलन चोकमा भारतबाट भन्सार छली अनुमानित १५ हजार मुल्य बराबरका सामान ललिपप, चिनी, विडि, पेठामिठाई लगयतका सामानहरु बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

Read More

काठमाडौं : टिभी सिरिज ‘तारक मेहताका उल्टा चश्मा’बाट चर्चित भारतीय अभिनेत्री मुनमुन दत्त यतिबेला काठमाडौं घुमघाममा ब्यस्त छिन् । ‘तारक मेहताका उल्टा चश्मा’ सिरिजमा उनी बबिता जी पात्रको भूमिकामा छिन् । नेपालमा समेत चर्चित यो सिरिजमा उनले लामो समयदेखि अभिनय गरिरहेकी छन् । उनले पशुपतिनाथ, बौद्ध, भक्तपुर लगायतका पर्यटकीय थलो घुमघामका तस्वीर सेयर गरिरहेकी छन् । भारतको पश्चिम बंगालमा जन्मिएकी अभिनेत्री दत्तले कमल हसनको फिल्म ‘मुम्बई एक्सप्रेस’बाट फिल्ममा अभिनय थालेकी थिइन् । होलिडे उनको अर्को चर्चित फिल्म हो ।

Read More

धनगढी: बैतडीको दशरथचन्द नगरपालिकाकी उप–प्रमुख कुमारी कौशिला चन्दले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिको विषयलाई लिएर माफी मागेकी छन्। अस्ती २१ जेठमा पालिकामै आयोजित जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसमा दिएको अभिव्यक्तिलाई लिएर भाइरल नै बनेकी उपमेयर चन्दले माफी मागेकी हुन्। जातीय रुपमा विभेदपूर्ण हुने अभिव्यक्ति दिएकी उनले केही दिन अटेरी गरेर जब्बर बन्न खोजेपनि आज अन्ततः क्षमा मागेकी हुन्। उनले दिएको सो अभिव्यक्तिको चौतर्फी विरोध भएको थियो। सो विषयमा महेन्द्रनगरपोष्टले समाचार पनि सम्प्रेषण गरेको थियो। तर समाचार आएपछि उनले उल्टै मिडियाले बदनाम गरेको भन्दै आरोप लगाएकी थिइन्। त्यतिमात्र होइन, उनले महेन्द्रनगरपोष्टविरुद्ध विज्ञप्ती नै निकालेकी थिइन्। तर आज बुधबार एक…

Read More

डडेल्धुरा: सशस्त्र प्रहरीको टोली नेपाल–चीन सीमाको १ नम्बर पिल्लर पुगेर फर्किएको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक(डिएसपी) इश्वरी भट्टको टोली चीन नजिक तिंकरसम्म पुगेको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर छाङरुबाट १५ जनाको टोलीसहित उनी त्यहाँ रहेको १ नम्बर पिल्लरसम्म पुगेका थिए। उक्त टोलीले त्यहाँ स्थापना गरिएका तिंकर विओपीको अनुगमन तथा सरसफाई गरेको गुल्मका सूचना अधिकारी सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलले जानकारी दिए। साथै त्यहाँका स्थानीय जनतालाई सुरक्षाको प्रत्याभूति गराउन र चोरीनिकासी रोक्न गस्ती तथा पेट्रोलिङ क्षेत्र छुट्याइएको उनले बताए। यस्तै १ नम्बर पिल्लरको सुरक्षा एवम् रेखदेखसमेत गरिने व्यवस्था उक्त टोलीले गरेको पौडेलले बताए। यहि जेठ ३ गते…

Read More

काठमाडौँ : नेपाल एयरलाइन्सको एउटा न्यारोबडी जहाज ‘ग्राउन्डेड’ भएको छ । प्राविधिक समस्या आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्देशनमा बुधबार जहाजलाई ग्राउन्डेड गरिएको हो । नेपाल एयरलाइन्सको ९ एन-एकेएक्स सिरिजको जहाजमा समस्या आएपछि ग्राउन्डेड गरिएको नेपाल एयरलाइन्सले जनाएको छ । उक्त जहाज मर्मतका लागि भोलि (बिहीबार) भारतको हैदरावाद लैजाने तयारी गरिएको ती कर्मचारीले बताए । सोही जहाजमा एक महिनाअघि पनि जहाजमा समस्या आएको थियो ।

Read More

धनगढी : नेपाल नागरिक उड्ययन प्राधिकरणले बुधबार डोमेस्टिक उडानतर्फको फ्यूल सर्जाइकल चार्ज घटाएसँगै आन्तरिकतर्फको हवाई भाडा घटेको छ। प्राधिकरणले जारी गरेको नयाँ फ्यूल सर्जाइकल मूल्य सूचीअनुसार सबैभन्दा बढी काठमाडौं–धनगढीको ४४५ रुपैयाँले भाडा घटेको छ। यो सँगै काठमाडौं–धनगढीको नयाँ फ्यूल सर्जाइकल चार्ज ६ हजार ६२५ रुपैयाँमा झरेको छ। यसअघि यस गन्तव्यको फ्यूल सर्जाइकल चार्ज ७ हजार ७० रुपैयाँ रहेको थियो ।

Read More

काठमाडौँ : बेलायतमा नेपाली कामदार पठाउने बाटो खुलेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र बेलायत सरकारबीचको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना (इम्पिमेन्टसन प्रोटोकल) स्वीकृत गरेसँगै बेलायतमा नेपाली कामदार पठाउने बाटो खुलेको हो । श्रम तथा रोजगार मन्त्रालयले गरेको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकार गरेसँगै अब नेपाली कामदार बेलायत जानेछन् । गत वर्ष भदौ ६ गते नेपाल र बेलायतबीच जीटूजी (सरकार) सरकारबीचको समझदारी) मोडलमा श्रम सम्झौता गरेको थियो । बेलायतमा नेपाली नर्स र स्वास्थ्य क्षेत्रमा कामदार पठाउने सम्बन्धी सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट श्रम मन्त्रालयका तत्कालीन सचिव एकनारायण अर्याल र बेलायत सरकारको तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोल पोलिटले…

Read More

डडेल्धुरा : डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा पुनः करुणाकर ओझा नियुक्त भएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट पूर्वअध्यक्ष समेत रहेका ओझा अध्यक्षमा नियुक्त भएका हुन् । यसअघि जेठ ३ गते पनि ओझालाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरिएको थियो । तर, सर्वोच्च अदालतले उक्त नियुक्तिबारे कारण देखाउ आदेश माग्दै पूर्वअध्यक्ष लक्ष्मण सिंहलाई कामकाज गर्न अन्तरिम आदेश दिएको थियो । सिंहको शैक्षिक योग्यताका प्रमाणपत्रमाथि प्रश्न उठेपछि उनले अध्यक्ष पदबाट राजीनामा दिएका थिए । आज मन्त्रीस्तरीय निर्णयबाट ओझालाई आगामी तीन वर्षका लागि अध्यक्ष पदमा नियुक्त गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं : परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले जनशक्तिको अभावमा राहदानी वितरण र मन्त्रालयको काम प्रभावित भएको बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकमा मन्त्री साउदले मन्त्रालयको देशभित्र र बाहिरको संरचनामा कर्मचारीको दरबन्दी सङ्ख्या कम हुँदा सेवा प्रभावित हुँदै आएको बताएका हुन् । ‘यस मन्त्रालयको देशभित्र र बाहिरको संरचनाको जनशक्ति दुई सय ८३ जना मात्र छ’, उनले भने, ‘कहीँ अत्याधुनिक प्रविधि ल्याएका छौँ तर त्यसको सञ्चालन गर्ने प्राविधिक जनशक्ति पर्याप्त नहुँदा जनतालाई व्यवस्थित तरिकाले सेवा दिन सकिरहेका छैनौँ ।’ ‘राहदानीको व्यवस्थापनसहित मन्त्रालयका कामकारबाहीबारे परराष्ट्र मन्त्रालयसँग छलफल’ कार्यसूचीको बैठकमा उनले राहदानी बनाउन लाग्ने समय र प्रक्रियाबारे जनतालाई स्पष्ट पार्न नसक्दा…

Read More

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहकी शिक्षा सल्लाहकार रेशु अर्यालले जिम्मेवारी त्यागेकी छन् । बालेनको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै उनले आज राजीनामा दिएकी हुन् । सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर अर्यालले मेयरका पछिल्ला गतिविधिप्रति आफू सन्तुष्ट हुन नसकेकाले पद छोड्ने निर्णयमा पुगेको खुलाएकी छन् । ‘उहाँको आचरणले द्वन्द्वको अवस्था सिर्जना गरिरहेको छ जसका कारण म सल्लाहकारको पदबाट राजीनामा दिन चाहन्छु’, उनले भनेकी छन् । काठमाडौंमा भइरहेको शिक्षासम्बन्धी सुधारका कार्यक्रमहरूमा अर्याल मुख्य भूमिकामा थिइन् । तर, अहिले मेयर बालेनले शैक्षिक गतिविधिमाथि गरेको नियन्त्रणप्रति उनको विमती थियो । जसलाई उनले लोकतान्त्रिक रूपमा नभई भीडको मनोविज्ञानका आधारमा भएको बताएकी छन् । मेयर बालेनलाई शुभकामना भन्दै…

Read More