Author: महेन्द्रनगर पोष्ट

धनगढी: गेटामा लोकराज पाण्डेय ‘आगो’ नेतृत्वको शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिको टिमको आह्वानमा आज अत्तरिया बजार बन्द गरिएको छ। संघर्ष समितिको पूूर्व निर्धारित गोदावरी नगर क्षेत्र बन्द गर्ने कार्यक्रम अन्र्तगत अत्तरिया बजार बन्द गरिएको हो। बिहान ८ बजेदेखि गरिएको बन्द साँझ ६ बजे सम्म जारी रहने संघर्ष समितिका सचिव धर्म सिह कुुँवरले बताएका छन्। अत्तरिया बजारमा बिहान बजार खुुला रहेपनि बन्दकर्ताले ८ बजेपछि बजार बन्द गराएका थिए। बन्दकर्ताले बजार बन्द गराएपनि सवारी साधन भने आंसिक रुपमा सञ्चालनमा रहेका छन्। संघर्ष समितिले सरकारले २०७९ माघ २९ गतेका दिन मन्त्रिपरिषद र जेठ ५ गते नीति तथा कार्यक्रममा…

Read More

धनगढीः धनगढीमा भन्सार छलीका अवैध सामानसहित एक महिला पक्राउ परेकी छन् । बिहीवार धनगढी उपमहानगरपालिका–३ ट्राफिक चोक नजिकबाट डडेल्धुराको अमरगढी नगरपालिका–२ हाल धनगढी–३ बस्दै आएकी ४० वर्षीया सुमन भाट पक्राउ परेकी हुन् । २४ हजार मूल्य बराबरका कुर्तीसहित भाटसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, धनगढी–१३ राजपुरबाट पनि भन्सार छलीका सामान बरामद गरिएको छ । मिठाई, पानीपुरी, नरीवल, पाउडर दुध गरी करिब २० हजार मूल्य बराबरका सामान बरामद गरिएको हो । ती सामान बेवारीसे अवस्थामा फेला परेका बताइएको छ ।

Read More

दार्चुलाः दार्चुलामा बलात्कार आरोपमा मालिकार्जुन गाउँपालिका–३ का वडाध्यक्ष मदनसिंह धामी पक्राउ परेका छन् । उनी दार्चुला बसपार्कबाट पक्राउ परेका हुन् । गत माघ २० गते जबरजस्ती करणी गरी वडाध्यक्ष धामी फरार भएका थिए । पीडित महिलाले गत फागुन ५ गते जिल्ला प्रहरी कार्यालय दार्चुलामा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा वडाध्यक्ष धामीलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जगत गाहा मगरले बताए । जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनले बताए ।

Read More

काठमाडौं: जहाजमा चुरोट तानेको आरोपमा प्रहरीले एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। बुधबार राति ७ बजे दक्षिण कोरियाबाट काठमाडौं आएको जहाजमा चुरोट तानेको आरोपमा एक जनालाई पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका डिआइजी अर्जुन चन्द ठकुरीले जानकारी दिए। कोरियन एयरलाइन्स ०६९५ नम्बरको फ्लाइटमा आएका झापाका २८ वर्षीय सुवास पुरीलाई प्रहरीले पक्राउ गरेको हो। जहाजमा चुरोट तानेको सूचना प्रहरीले पाएको थियो। एयरलाइन्सले प्रहरीलाई पत्रसहित कारबाही गर्न अनुरोध गरेपछि उनलाई पक्राउ गरेको डिआइजी ठकुरीले बताए।

Read More

कैलाली: कैलालीको त्रिनगर भन्सार ब्यारेलबाट हिजो दिउँसो ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन्। सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१५ बस्ने २७ वर्षीय प्रदिप ढकाललाई छ सय ४० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको छ।

Read More

सुर्खेत: कालिकोटमा रोकेर राखिएको जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्य भएको छ। जिल्लाको रास्कोट नगरपालिका २ सेरा बजारमा रोकिराखेको ग३च ४६१० नम्बरको डबल क्याब जीप एक्कासी ब्याक हुन गई सडकबाट तीन सय मिटर तल खसेर दुर्घटना भएको कालिकोट प्रहरीले जनाएको छ। दुर्घटनामा परि रास्कोट नगरपालिका १ का ४३ वर्षीय मानबहादुर शाही र सोही ठाउँ कि ३६ वर्षीया मनकुमारी शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरिक्षक सर्वराज बमले जानकारी दिए। यस्तै दुर्घटनामा परि सोही ठाउँ कि ३० वर्षीया रिता शाही गम्भिर घाइते भएकी छन्। उक्त जीप सेरा बजारबाट कालिकोट सदरमुकाम मान्मतर्फ जाँदै गरेको निरिक्षक बमले जानकारी दिए।…

Read More

कैलाली: कैलाली एक लाख ३४ हजार एक सय ५५ रुपैयाँसहित दुईजना पक्राउ परेका छन्। आज बिहिवार बिहान सवा एक बजे प्रहरी चौकी गेटाबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–५का २८ वर्षीय पुष्कर कडारा र सोही नगरपालिका–३ मालाखेतीका १९ वर्षीय बिशाल बलायरलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको बताइएको छ। प्रहरीका अनुसार कडाराले चलाइरहेको अत्तरियाबाट धनगढीतर्फ जादै गरेको सु.प.प्र. ०१–००१ ह ३६५५ नम्बरको अटोलाइ चेकजाँच गर्दा सो रकम फेला परेको हो। अटो र चालकसमेत दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More

डडेल्धुरा: डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मण सिंहले पदबाट राजीनामा दिने भएका छन्। सर्वोच्च अदालतले नियुक्ति खारेजको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मण सिंह कामकाजका लागि अस्पतालमा उपस्थित भएका थिए। केहि दिन अगाडि मात्रै उनी तेस्रो कार्यकालका लागि अस्पतालमा पुगेर पदभार सम्हालेका थिए। तर, अस्पताल प्रशासनमा काम गर्ने वातावरण नहुनु, मेसु चेतराज भट्टको कार्यशैलीले तनाव दिएको तथा अस्पतालका पूर्व अध्यक्ष करुणाकर ओझाले आफ्नो चरित्र हत्या गर्ने विभिन्न षड्यन्त्र रच्नुबाट आजित भएर राजीनामा गर्न लागेको सिंहले बताएका छन्। ‘जहाँ काम गर्ने वातावरण नै छैन त्यहाँ बस्न उचित लागेन। जनताले भरोसा गरेपनि विभिन्न व्यक्तिले तनाव दिएका…

Read More

काठमाडौं: संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिन भएकाले खन्न रोक लगाइएको कार्यालयले जानकारी दिएको छ। सूचनामा भनिएको छ, ‘सडक पनि थप बिग्रदै जाने भएकोले यही यही असार १ गतेदेखि भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सड़क खन्ने स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने छ।’ वर्षा लागेपछि सडक समयमै मर्मत गर्न नसकिने र आवागमनमा असुविधा पुग्ने हुँदा तीन महिना…

Read More

बझाङ: बझाङमा एक जना वडाध्यक्षकाे निधन भएको छ।सुर्मा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष सर्जन बाेहराकाे निधन भएको हाे। बुधबार राति उनकाे ३८ वर्षकाे उमेरमा मृत्यु भएको परिवारका सदस्यले बताए। केही समय अघिदेखि बोहरा बिरामी थिए। नेपालगन्जमा उपचार पछि घर फर्किएका उनी केही दिनममै बितेका छन्। उनकाे लिभर डयामेज भएको र सुगर, जन्डिस, हेपाटाइटिसले समेत समातेकाे बताइएको छ। बाेहरा २०७९ काे स्थानीय तहकाे निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। पालिका भरि नेकपा एमालेबाट निर्वाचित हुने एउटै वडाध्यक्ष बाेहरा मात्रै हुन्।

Read More