Author: महेन्द्रनगर पोष्ट

काठमाडौं-यही चैत ३ गतेदेखि सुरु हुने १२ औँ कपिलवस्तु महोत्सवस्थलमा निर्माण गरिएको बुर्ज खलिफा आकारको प्रवेशद्वार। झन्डै ४५ फिटको यो प्रवेशद्वार बनाउन भारतको चेन्नईबाट कामदार आएका थिए ।

Read More

काठमाडौं-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी शिवम् एयरलाइन्सलाई उडान अनुमति दिएको छ। एक वर्षदेखि उडान इजाजतका लागि प्रक्रिया सुरु गरेको उक्त एयरलाइन्सले मन्त्रालयबाट आधिकारिक इजाजत पत्र पाएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए। उनले भने, “शिवम् एयरलाइन्सले विकट गन्तव्य उडानका लागि मन्त्रालयबाट अनुमति पाएको छ, अब उसले पश्चिम क्षेत्रमा बेस राखेर नियमित उडान गर्न सक्नेछ।” मन्त्रालयबाट उडान अनुमति पाए पनि उक्त एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट लिनुपर्ने प्रक्रिया भने बाँकी रहेको छ। प्राधिकरणबाट उडानका लागि पाँच चरणको प्रक्रिया पूरा भएसँगै एक वर्षभित्रै सेवा सुरु गर्ने योजना रहेको उक्त एअरलाइन्सका सञ्चालकमध्येका दिनेश आचार्यले बताए। उनले…

Read More

काठमाडौँ-युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपालले खेलकुदमा एन्टी डोपिङको अभियानलाई सार्थक बनाउने बताएका छन्। संयुक्त अरब इमिरेट्स ९युएई० को दुबईमा जारी खेलकुदमा एन्टी डोपिङसम्बन्धी १७औँ एशिया/ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा मन्त्री गहतराजले नेपालको तर्फबाट प्रतिबद्धतासहितको प्रस्तुती गरेका हुन्। यस्तै मन्त्रालयका सचिव डा दामोदर रेग्मीले नेपालले राष्ट्रिय एन्टी डोपिङ संस्था बनाउने क्रममा निर्देशक समिति गठन गरी प्रक्रिया सुरु गरेको बताए। उनले आगामी दिनमा एन्टी डोपिङसम्बन्धी नीति तथा कानुन निर्माण गरी खेललाई स्वच्छ बनाउन सकारात्मक योगदान पुग्ने धारणा व्यक्त गरे। बैठकमा नेपालको प्रयासको सहभागी राष्ट्रले सराहना गरेका सचिव रेग्मीले सामाजिक सञ्जालमार्फत जानकारी दिए। बैठकमा ४५ देशको सहभागिता रहेको छ। बैठकले सन् २०२२…

Read More

बैतडी-बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौँ संस्करणको मेयर कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि दनपा–५ दशरथचन्द र दनपा–४ खलङ्गा भिड्ने भएका छन्। आज भएको दोस्रो सेमिफाइनलमा दनपा–६ थालिगडालाई ४ विकेटले हराउँदै दशरथचन्दले उपाधि भिडन्त पक्का गरेको हो। खलङ्गा गत संस्करणको विजेता हो भने दशरथचन्द उपविजेता हो। गत वर्ष दशरथचन्दलाई ४ रनले हराउँदै खलङ्गाले उपाधि हात पारेको थियो। आजको खेलमा थालिगडाले दिएको १३४ रनको लक्ष्य दशरथचन्दले १६.४ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो। उसका लागि सुदीप टमटाले ३३ र जगदीश चन्दले अविजित २६ रनको योगदान दिए। बलिङतर्फ थालिगडाका सौरभ चन्दले २ विकेट लिए। त्यसअघि पहिला ब्याटिङ गरेको थालिगडा १६।१ ओभरमा १३३ रनमा समेटियो।…

Read More

बैतडी- बैतडीमा अनुमतिबिना प्याराग्लाइडिङ गरिरहेका अष्ट्रियाका नागरिकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा ३२ वर्षीय फिलिप जेल्नर रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुक्खा फलफूल विकास केन्द्रको डाँडाबाट नियन्त्रणमा लिइएको हो। उनले कानुनविपरीत जिल्लाको मुस्याचौर क्षेत्र र पुर्चौडी क्षेत्रमा प्याराग्लाइडिङ गरेका थिए। प्याराग्लाइडिङ उडानका लागि अनुमति आवश्यक पर्ने भए पनि उनले बिनाअनुमति प्याराग्लाइडिङ गरेकाले नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए। भारतीले भने, ‘नियन्त्रणमा रहेका उनले पोखराबाट बसमा आएको भनेका छन्, बसमा आएको टिकट छैन, राहदानी पनि पोखरामै छ भनेको छ।’ नियन्त्रणमा लिइएका जेल्नरसँगअष्ट्रियामा प्याराग्लाइडिङ गर्ने अनुमतिपत्र रहेको भने नेपालको…

Read More

काठमाडौं – गृह मन्त्रालयले नेपाल प्रहरीका तीनजना नायब महानिरीक्षक (डिआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरेको छ। गृह सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा बसेको बढुवा समितिले डिआईजीत्रय धीरज प्रताप सिंह, रवीन्द्र धानुक र बसन्त पन्तलाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो। ५ फागुनमा सरकारले नेपाल प्रहरीमा एआईजीको ३ वटा नयाँ दरबन्दी थप्ने निर्णय गरेको थियो। थपिएको दरबन्दीमा सिंह, धानुक र पन्तलाई बढुवा सिफारिस गरिएको हो। अब नेपाल प्रहरीमा ८ जना एआईजी रहनेछन्। सिंह र पन्त एउटै ब्याची हुन्। उनीहरुका ब्याची विश्वराज पोखरेल र सहकुल थापा यसअघि नै एआईजी भइसकेका छन्। त्यस्तै पन्त प्रहरी महानिरीक्षक सैलेश थापाका ब्याची हुन्।

Read More

काठमाडौं-स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी भर्नाका लागि मानग गरेको छ ।  मंगलबार प्रहरी प्रधान कार्यालय सो दरखास्त आह्वान गरेको छ । चैत ६ बाट चैत ११ सम्म म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरुले दरखास्त दिन सक्ने बताइएको छ ।  म्यादी प्रहरीको फारम देशभरका जिल्ला प्रहरी कार्यालय र काठमाडौं उपत्यकाका ३ वटा प्रहरी परिसरमा पाइन्छ । साधारण लेखपढ गर्न जानेकाहरूले म्यादी प्रहरीमा आवेदन दिन पाउनेछन् । सुरक्षा निकायमा २०७८ साउन १ पछि भर्नाको लागि आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परिक्षणमा उत्तिर्ण भएकालाई प्राथमिकता दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Read More

दार्चुला-दार्चुलाको मार्मा गाउँपालिकामा च्यूरीबाट निर्मित साबुन उत्पादन सुरु भएको छ। मार्मा गाउँपालिका र ग्रामीण जलस्रोत परियोजनाको आर्थिक सहयोगमा शिवालिङ्ग सहकारीमार्फत साबुन उत्पादन सुरु भएको हो।मार्मामा पाइने च्यूरीबाट वडा नम्बर २ मा च्यूरी हर्बल साबुन उत्पादन सुरु गरिएको छ। स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उदेश्यले साबुन उत्पादन गरि बजारमा पठाउने तयारी भएको सहकारी संस्थाका अध्यक्ष गणेशसिह डडालले जानकारी दिए। मार्मा साबुन नाम दिइएको नुहाउने हर्बल साबुन उत्पादन गरि अहिले प्याकिङ गरेर बजारमा पठाउने तयारी भएको छ।पहिलो चरणमा १२ हजार पिस साबुन उत्पादन गरिएको छ। उत्पादित साबुनलाई मार्मा, शैल्यशिखरको गोकुलेश्वर, डडेल्धुरा हुँदै धनगढीसम्म पठाउने तयारी गरिएको डडालले बताए। अहिले उत्पादित साबुन बजारको साबुनभन्दा…

Read More

काठमाडौं-स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेससँग गठबन्धन नहुने स्थिति आए वाम गठबन्धन हुनसक्ने बताएका छन्। गोरखा अस्पतालको नवनिर्मित भवनको उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खतिवडाले संविधानको रक्षाका लागि गरिएको वर्तमान गठबन्धनको निरन्तरता आफूहरुको पहिलो प्राथमिकताको विषय भएको उल्लेख गरे। “अहिलेको मुख्य आवश्यकता र प्राथमिकता कांग्रेससहितको गठबन्धन नै हो”, उनले भने, “यदि कांग्रेस गठबन्धनमा नजाने परिस्थिति आए वाम गठबन्धन हुन्छ।” एमालेसँग भने गठबन्धन हुन नसक्ने मन्त्री खतिवडाले उल्लेख गरे। देशको राजनीतिक आवश्यकताले कांग्रेससँगको वर्तमान गठबन्धन निर्माण भएको उल्लेख गर्दै उनले निर्वाचनसम्म यसैलाई निरन्तरता दिएर अघि बढ्नुपर्नेमा आफूहरुको जोड रहेको बताए। “एकीकृत समाजवादी वर्तमान गठबन्धनलाई निरन्तरता दिएर अघि…

Read More

कैलाली-धनगढीमा सुदूरपश्चिम महोत्सव सञ्चालन गरिने भएको छ। चैत्र १० गते देखि २० गते सम्म ‘सुदूरपश्चिम महोत्सव २०७८’ सञ्चालन गर्न लागिएको हो। कोरोना महामारीका कारण विगत २ वर्ष देखि सञ्चालन हुन नसकेको महोत्सव यस वर्ष भने दोस्रो पटक सञ्चालनका लागि तयारी थालिएको छ।यसअघि माघ १८ गते देखि सञ्चालन गर्न घोषणा गरिएको महोत्सव कोरोना महामारीका कारण स्थगित गरिएको थियो। कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन लागेको महोत्सवले सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि र उद्योग व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्द्धन गर्दै यस क्षेत्रको समग्र विकासका सम्भावनाहरूलाई उजागर गर्ने तथा कोरोना महामारीका कारण सृजित आर्थिक, सामाजिक प्रतिकुलता र विषम सामाजिक परिस्थिति…

Read More