Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: कञ्चनपुरमा प्रहरीले एक लाख मूल्य बढीका अवैध सामान बरामद गरेको छ । जिल्लाको बेलौरी र भीमदत्त नगरपालिकाबाट प्रहरीले एक लाख पाँच हजार दुई सय मूल्यका भन्सार छलीका अवैध सामाजन बरामद गरेको हो । बेलौरी–६ प्रेमनगरबाट एक सय किलो कुखुरा, चिनी, प्लाष्टिक, से १ प ४००९ नम्बरको मोटरसाइकल गरी ७० हजार मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ । त्यस्तै, भीमदत्त नगरपालिका–११ मा भारतबाट भन्सार छली ल्याएका दाल, पेय पदार्थ र बिडी लगायतका ३५ हजार २ सय मूल्य बराबरको सामान बेवारिसे अवस्थामा फेला पारी प्रहरीले बरामद गरेको जनाएको छ ।

Read More

इन्दौर (मध्यप्रदेश) : भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशेष विमानमार्फत मध्यप्रदेशको इन्दौरबाट नयाँ दिल्लीका लागि प्रस्थान गरेका छन् । इन्दौरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले बिदाइ गरेका छन् । उनले विमानभित्रै पुगेर नेपाली प्रतिनिधिमण्डलको बिदाइ गरेका थिए । सो क्रममा मुख्यमन्त्री चौहानले भारत–नेपाल सम्बन्धलाई थप प्रगाढ बनाउन आफूहरु तयार रहेको बताए । उनले भारत र नेपालबीच सदियौँ पुरानो सम्बन्ध रहेको र यसलाई अझ प्रगाढ बनाउनुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले आजै इन्दौरमा अवस्थित विशेष आर्थिक क्षेत्रमा टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गरे । सो क्रममा उनले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय…

Read More

भक्तपुर: गुडिरहेको गाडीबाट खसेर आज भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदै गरेको बा.२१च. ५३०१ नंको गाडीको पछाडि सवार एक महिलाको खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए । करिब ४३ वर्षीया मृतक महिलाको पहिचान हुन नसकेको र पहिचानको प्रयास भइरहेको उनले बताए । गाडीबाट खसेर घाइते भएकी महिलाको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । गाडी चालक काभ्रे भुम्लु गाउँपालिका–३ घर भई हाल ललितपुर इमाडोल बस्ने ३० वर्षीय सूर्यबहादुर पहरीलाई पक्राउ गरी प्रहरी वृत्त जगातीमा राखेर घटनाबारे…

Read More

बैतडी: बैतडीको पाटनमा सम्पन्न मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिताको उपाधि पाटन भ्यालीले जितेको छ । फाइनल खेलमा हिमचुली क्रिकेट क्लबलाई पाँच विकेटले पराजित गर्दै पाटनले उपाधि हात पारेको हो । पाटनस्थित श्रीकृष्ण माविको खेलमैदानमा टस जितेर ब्याटिङ गर्दै हिमचुलीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो । एक सय ४४ रनको विजयी लक्ष्य पाटनले १७ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । पाटनका लागि धीरेन्द्र चन्दले ५५ र किरन चन्दले ४५ रन बनाए । यसअघि ब्याटिङ गर्ने क्रममा हिमचुलीका कप्तान सन्नी विष्टले ५२ रन बनाए । बलिङतर्फ पाटनका लागि किरन चन्दले दुई…

Read More

धनगढी: नेकपा एमालेले प्रदेश र जिल्ला इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ । एमालेले सुदूरपश्चिम प्रदेश इन्चार्जमा छविलाल विश्वकर्मालाई तोकेको छ । यहाँका इन्चार्ज लेखराज भट्टलाई कर्णाली पठाएको छ । यस्तै, कञ्चनपुरमा नारदमुनी राना, कैलालीमा गणेशसिंह ठगुन्ना, बैतडीमा निरु पाल, अछाममा लालबहादुर थापा, डडेल्धुरामा गौरी ओली, बाजुरामा भैरव सिंह, बझाङमा राजेन्द्रसिंह रावल, दार्चुलामा सहदेव बोगटी र डोटीमा लिला भण्डारीलाई जिल्ला इन्चार्ज तोकिएको छ ।

Read More

बाजुरा: बाजुरामा स्याउला काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार शनिवार जिल्लाको बडीमालिका नगरपालिका–९ ढम्कनेका ४२ वर्षीय देवबहादुर धामीको रुखबाट खसेर मृत्यु भएको हो । स्याउला काट्ने क्रममा रुखबाट खसेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।उनी आज बिहान गाउँ नजिकैको कालाजग्रा सामुदायिक वनमा घाँस काट्न गएका थिए ।

Read More

धनगढी: धनगढीको एक होटेलमा जुवातास खेलिरहेका ८ जना समातिएका छन् । धनगढी उपमहानगरपालिका–४ स्थित बझाङ बित्थडचिर गाउँपालिका–२ का २८ वर्षीय जीवन बोहराको कमल रोशन होटलबाट ८ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बित्थडचिर गाउँपालिका–१ का ४३ वर्षीय नरबहादुर बोहरा, २ का ४१ वर्षीय सुरेन्द्र बोहरा, ४३ वर्षीय रणबहादुर बोहरा, ३४ वर्षीय पबेन्द्र मण्डल, ३४ वर्षीय देविचन्द्र मण्डल, ३ का २३ वर्षीय चक्र बोहरा, ९ का २६ वर्षीय दिलिप खड्का र होटल सञ्चालक बोहरा रहेका छन् । उनीहरुलाई नगद २५ हजार ७ सय र ३ गड्डी ताससहित फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यसबारे जिल्ला प्रहरी कार्यालय कैलालीले…

Read More

धनगढीः कैलालीमा अवैध काठ बरामद गरिएको छ । जिल्लाको कैलारी गाउँपालिका–९ गदरीयाका ४२ वर्षीय मदनसिंह रानाको घर अगाडि बारीमा सालको काठ लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो । इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले ४ गोलिया २३.७४ क्युफिट सालको काठ बरामद गरेको जनाइएको छ । बरामद गरिएको काठ आवश्यक कारबाहीका लागि सव डिभिजन वन कार्यालय फूलवारीको जिम्मा लगाएको प्रहरीले बताएको छ ।

Read More

धनगढीः धनगढी उपमहानगरपालिका–३ बोराडाँडी डिलासैनी टोलका ५२ वर्षीय वीरबहादुर विष्टले आफ्नै घरमा आगो लगाएका छन् । प्रहरीका अनुसार उनले मादक पदार्थ सेवन गरी आफ्नो दुईतले पक्की घरमा शुक्रवार राति आगो लगाएका हुन् । आगलागीबाट कोठाभित्र रहेका सोफा, वाईरिङ तार, लत्ताकपडा गरी ७० हजार बराबरको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयको सहयोगमा राति नै आगो नियन्त्रणमा लिइएको थियो । आगो लगाउने विष्टलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Read More

मोरङ: मोरङको सुन्दरहरैचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन् । मोरङ प्रहरीका अनुसार मृगौलिया घर भएका ४० वर्षीय मनिल ढकाल विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा शनिबार बिहान भेटिएका हुन् । उनी सोही विद्यालयका लेखापाल हुन् । आगोले जलेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याइएको छ । घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा उनने आफैलाई आगो लगाएको देखिएको प्रहरीले बताएको छ ।

Read More