धनगढी: नेकपा एमालेले प्रदेश र जिल्ला इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ । एमालेले सुदूरपश्चिम प्रदेश इन्चार्जमा छविलाल विश्वकर्मालाई तोकेको छ । यहाँका इन्चार्ज लेखराज भट्टलाई कर्णाली पठाएको छ ।
यस्तै, कञ्चनपुरमा नारदमुनी राना, कैलालीमा गणेशसिंह ठगुन्ना, बैतडीमा निरु पाल, अछाममा लालबहादुर थापा, डडेल्धुरामा गौरी ओली, बाजुरामा भैरव सिंह, बझाङमा राजेन्द्रसिंह रावल, दार्चुलामा सहदेव बोगटी र डोटीमा लिला भण्डारीलाई जिल्ला इन्चार्ज तोकिएको छ ।
Facebook Comments Box