Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको चारदिने औपचारिक भ्रमणमा जाने भएपछि उपप्रधानमन्त्री खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले खड्काले कार्यवाहक तोकेका हुन् ।

Read More

पर्सा: लगातार बढ्दै गएको तापक्रमले पर्सावासीको जनजीवनलाई नराम्ररी प्रभावित गरेको छ । लामो समयदेखि वर्षा नहुँदा दिउँसोको तापाक्रम ४४ डिग्री पुग्न थालेपछि त्यसकारण बिरामी हुनेको सङ्ख्या बढ्दै गएको छ । गर्मी बढेसँगै वीरगञ्जको नारायणी अस्पतालमा पखाला, निमोनिया, ज्वरोका बिरामीको सङ्ख्या बढेको चिकित्सकले बताएका छन् । गर्मीबाट सबैभन्दा बढी बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएको नारायणी अस्पतालका वरिष्ठ फिजिसियन तथा आकस्मिक औषधि विशेषज्ञ डा।उदयनारायण सिंहले जानकारी दिए । गर्मी बढेसँगै पर्सामा ‘हिट स्ट्रोक’ अर्थात् ‘लू’ लाग्ने जोखिमसमेत बढ्दै गएको उनले बताए । दिउँसोको समयमा तापक्रम उच्च भएका बेला चल्ने गरम हावाले दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिलाई लु लाग्ने जोखिम…

Read More

कञ्चनपुर: कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका १० सडकघाटबाट सोही ठाउँका २५ वर्षीय सुकदेव सिंह र भारतको पिलभित टिल्ला नं.४ बस्ने २२ वर्षीय सोनु सिंह पक्राउ परेका प्रहरीले बताएको हो । भारतबाट नेपाल आउँदै गरेको सोनुले चलाएको यूके ०६ बीएफ ४६९० नम्बरको मोटरसाइकलमा सवार सुकदेवको साथबाट १०.३६ ग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ । लागुऔषध बरामद गरी आवश्यक कारबाहीको लागि सवारी साधनसहित दुबै जनालाई इलाका प्रहरी कार्यालय बेल्डाँडी ल्याई अनुसन्धान भइरहेको बताइएको छ ।

Read More

दार्चुला: दार्चुलामा करेन्ट लागेर एक जना शिक्षकको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको अपिहिमाल गाउँपालिका-३ का दमनसिंह कार्कीको मंगलवार करेन्ट लागेर मृत्यु भएको हो । उनी अपिहिमाल गाउँपालिका-४ स्थित सरस्वती आधारभूत विद्यालय मरखोलामा शिक्षण गर्दै आइरहेका थिए । आफ्नै घर नजिकको बिजुलीको पोलमा चढेर विद्युत मर्मत गरिरहेका बेला करेन्ट लागेर कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Read More

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले बताए । यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण रोकेकी थिइन् । संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक ०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । तर भण्डारीले विधेयकमा असहमति जनाउँदै ८ बुँदाको सरोकार उल्लेख गरेर संसद्लाई फिर्ता पठाएकी थिइन् । दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर भदौ २० मा राष्ट्रपति भण्डारी समक्ष पठाएको थियो । १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि उनले थन्क्याइदिएकी थिइन् । फागुन २५ मा राष्ट्रपति बनेका पौडेलले…

Read More

धनगढीः कैलालीको धनगढीमा एक पुरुष मृत फेला परेका छन्। आज बिहान धनगढी उपमहानगरपालिका–१७ पथरीस्थित शिवगंगा नदीको किनारमा करिब ६५/७० वर्षीय भारतीय मुलको जस्तो देखिने पुरुष मृत अवस्थामा फेला परेका प्रहरीले बताएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

काठमाडौँ: पूर्व मीस नेपाल श्रृंखला खतिवडा आज बिहान काठमाडौं आइपुगेकी छन् । उनी अमेरिकामा अध्ययन पूरा गरेर आज स्वदेश फर्केको बताइएको छ । उनी नयाँ प्रेमी सम्भव स्वाँर सिरोहियासँगै टर्किस एअरलाइन्समा इस्तानबुल हुँदै आएकी हुन् । मीस नेपाल २०१८ श्रृंखला खतिवडा बिहान सवा ६ बजे काठमाडौं आइपुगेको बुझिएको छ । उनीसँगै नयाँ प्रेमी तथा कान्तिपुर पब्लिकेसन्सका प्रबन्ध निर्देशक कैलाश सिरोहियाका छोरा सम्भव पनि काठमाडौंबाट आएका हुन् । पार्किङमा राखिएको सेतो रंगको ५६७८ नम्बरको जगुवार कारमा फूलको बुकेसहित उनी अगाडिको सीटमा बसेर विमानस्थलबाट बाहिरिएकी हुन् । कार प्रेमी सम्भवले हाँकेको बताइन्छ । श्रृंखलाको नाम यसअघि हेटौंडाका सिसम बानियासँग जोडिएको थियो ।…

Read More

धनगढी: धनगढीमा एक भारतीय नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ। आज धनगढीको चौराहमा २४७६ नम्बरको कारले एक मोटरसाइकललाई ठक्कर दिएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख बिरेन्द्रसिंह जोहारीका अनुसार सो कारलाई नियन्त्रणमा लिएर जिप्रका पठाइएको छ। यस्तै मोटरसाइकलमा सवार २ जनाको भने मायामेट्रो अस्पतालमा उपचार भइहेको छ। दुर्घटनाको थप विवरण खुल्न बाँकी छ।

Read More

कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिकामा कुष्ठरोग रोकथाम कार्यक्रम सुरू गरिएको छ । पुर्नवास नगरपालिकाको आयोजना, एनएलआर नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को प्राविधिक सहयोगमा कुष्ठरोग रोकथाम कार्यक्रम सुरू गरिएको हो । कार्यक्रमअन्तर्गत मुल बिरामीको गोपनियता कायम राखेर, बिरामीको परिवार, छिमेकी र समूदायका सम्पर्क व्यक्तिहरूलाई एक खुराक रिफाम्पिसिन (औषधी) खुवाउने गरिएको छ । एक खुराक रिफाम्पिसिनले कुष्ठरोगको किटाणु (माइक्रोबेक्टेरियम लेप्रे)लाई निष्कृय पार्दछ र रोग लाग्नबाट बचाउँदछ । नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माले कुनै पनि रोग निवारण गर्नु पालिकाको प्रमुख दायित्व भएको बताए । कुष्ठरोग रोकथाम कार्यक्रम पालिकाका ११ वटै वडामा सञ्चालन गरिने उनले बताए । स्वास्थ्य कार्यालय कञ्चनपुरका क्षय…

Read More

धनगढी: नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ धनगढी पुगेका छन्। आज बुधबार भर्खर उनी धनगढी पुगेका हुन्। विप्लव पार्टीको प्रशिक्षणका लागि यहाँ आएको सुरक्षा स्रोतले जानकारी दिएको छ। कैलालीको सुखड हुँदै सडकमार्गबाट धनगढी छिरेका विप्लवले अहिले धनगढीको सनलाइट होटलमा खाना खाएर ओम प्यालेशमा प्रशिक्षण दिने कार्यक्रम छ। नेकपाको सेती तथा महाकाली व्यूरोले उक्त राजनैतिक तथा वैचारिक प्रशिक्षण आयोजना गरेको हो।

Read More