Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पाकिस्तान र नेपाललाई छोडेर एसिया कप २०२३ को तयारी थाल्न अफगानिस्तान, बंगलादेश र श्रीलंकालाई निम्तो दिएको छ। इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को फाइनल मे २८ तारिखमा गुजरातको नरेन्द्र मोदी रंगशालामा हुँदैछ । यही आईपीएलको फाइनलको अवसरमा बीसीसीआईले बंगलादेश अफगानिस्तान र श्रीलंका क्रिकेट बोर्डका अध्यक्षहरूलाई निम्तो दिएको छ । आईपीएलको फाइनल खेल हेर्न नभई एसिया कप कहाँ गर्ने भन्नेबारे छलफल गर्न बीसीसीआईले बंगलादेश, अफगानिस्तान र श्रीलंकालाई बोलाएको भारतीय न्युज एजेन्सी एएनआईले लेखेको छ। जहाँ आयोजक राष्ट्र पाकिस्तानसँगै पहिलोपटक एसिया कप खेल्न लागेको नेपाललाई भने बोलाएको छैन । एसियन क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष…

Read More

एजेन्सी: मध्य जापानमा छुरा प्रहार र गोली हानाहानमा चार जनाको मृत्यु भएको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । आक्रमणकारीले नागानो प्रान्तको नाकानो शहरमा दुई प्रहरीको हत्या गर्न गोली चलाउनुअघि एक महिलालाई छुरा प्रहार गरेका थिए । घटनामा चौथो व्यक्तिको मृत्यु ढिलोगरी पुष्टि भएको बीबीसीले जनाएको छ । पक्राउ परेका व्यक्ति नगरसभाका सभामुखका छोरा भएको समाचारमा जनाइएको छ । गतवर्ष जुलाईमा पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भए पनि जापानमा बन्दुक हिंसा अत्यन्तै दुर्लभ मानिन्छ ।आक्रमणकारीको उद्देश्य प्रस्ट भएको छैन । 

Read More

डडेल्धुरा : पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिकाको सबै गाउँमा अझै पनि बिजुली पुग्न सकेको छैन। ‘उज्यालो भागेश्वर’ अभियानलाई लिएर अगाडि बढेको भागेश्वर गाउँपालिकाका नागरिक अझै अन्धाकारमा बस्न बाध्य भएका हुन्। गाउँपालिकाको वडा नम्बर ४ बन्चुल्ल, खेतगाउँ, र ५ को चुल्लका नागरिक विद्युत सेवा विस्तार नहुँदा अन्धाकारमा बस्न बाध्य भएका छन्। विद्युत् विस्तार गर्न दुई वर्ष अगाडी पोल गाडेको भए पनि काम अगाडि बढ्न सकेको छैन। विद्युत् नहुँदा स्थानीयले धेरै समस्य अ भोग्नु परेको स्थानीय केशब बोहराले बताए। केही व्यक्तिको घरमा सोलार भएपनि घाम नलागेको दिन सोलारले काम नगर्ने उनको भनाइ छ। ‘सोलारले काम…

Read More

काठमाडौँ: एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत नेपालले आज कजाकस्तानसँग खेल्ने भएको छ। प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तर्गत बेलुकी ५ बजे नेपाल र कजाकस्तानको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सुरु हुनेछ। नेपाल आज कजाकस्तानलाई हराएर फाइनल पुग्ने योजनामा छ भने कजाकस्तान पनि नेपाललाई हराएर उपाधि नजिक पुग्न चाहन्छ । नेपाल समूह ‘ए’ को उपविजेता र कजाकस्तान समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। पहिलो सेमिफाइनलमा भारत र उज्वेकिस्तानबीच दिउँसो २:३० बजे प्रतिस्पर्धा हुनेछ।

Read More

धनगढीः  कैलालीमा रहेको हाइवे कटेजमा  आगलागी हुँदा २० लाख बराबरको क्षती भएको खुलेको छ। बुधबार जिल्लाको धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित सोही उपमहानगरपालिका –२ का ३३ वर्षीय शुशिल कुँवरको हाइवे कटेजमा करेन्ट सर्ट भई आगलागी भएको थियो। आगलागी हुँदा कटेज पूर्णरूपमा जलेर नष्ट भएको छ। आगलागीबाट करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ: हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ। मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

Read More

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् । राष्ट्रपति पौडेलले जावलाखेलमा आज अपराह्नमा आयोजित भोटोजात्रामा सरिक भइ भोटोजात्रा अवलोकन गरेका हुन् । मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरे । उनले जीवित देवी कुमारीको दर्शन पनि गरे । गत वैशाख ११ गतेदेखि सुरु भएको रथ जात्रा आज भोटो देखाएसँगै यस वर्षका लागि जात्रा सम्पन्न भएको छ । भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव,…

Read More

धनगढीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साख्खै भाइ प्रह्लाद दामोदर मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गोप्य भेट गरेका छन्। काठमाडौंमा केही साताअघि उक्त भेट भएको उच्च स्रोतले जनाएको छ। मोदी पाँच दिने नेपाल भ्रमणमा आएका थिए। सरकारी निकायले जानकारी नदिएको उक्त भ्रमणको क्रममा मोदी पोखरा पुगेको बताइन्छ। जेठ १ गते पोखराबाट फर्केर उनी २ गते नयाँ दिल्ली गएका थिए। गत पुसमा गृहमन्त्री बनेपछि लामिछानेले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई मन्त्रीस्तरीय निर्णयबाट राजनीतिक नेतृत्व, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरुसँग व्यक्तिगत भेटमा रोक लगाएका थिए। उनले तोकिएका अधिकारीसँग स्वीकृति लिँदै विषयवस्तुको पूर्व जानकारी गराएर मात्र भेटघाट गर्न कडा…

Read More

धनगढीः सुदूरपश्चिमका सबै जिल्लामा दादुरा रुबेलाको खोप अभियान सञ्चालन हुने भएको छ। यो वर्ष कैलालीसहित प्रदेशका अन्य जिल्लामा दादुराको प्रकोप देखिएकाले खोप अभियान सञ्चालन हुने भएको हो। स्वास्थ कार्यालय कैलालीको आयोजनामा जिल्लाभर खोप अभियान चलाउन गोष्ठी आयोजना गरिएको छ। जिल्लाका सबै पालिकाका स्वास्थ्य प्रमुखसहित सरोकारवालाहरूको उपस्थितिमा अभियान चलाउने विषयमा योजना तर्जुमा गोष्ठी आयोजना भएको हो। कार्यक्रममा स्वास्थ कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले कैलालीमा पनि दादुराको प्रकोप देखिएकाले खोप अभियान चलाउन अभिमुखीकरण गोष्ठी गरिएको बताए। सुदूरपश्चिममा ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाउने योजना छ। धामीले ९५ प्रतिशतभन्दा बढी कभरेज गर्ने हिसाबले खोप अभियान चलाउने तयारी गर्न…

Read More

काठमाडौँ: ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा रथ रहेको ठाउँ जावलाखेलमा भोटो देखाइएको हो । भोटो जात्रामा सहभागी हुन उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, मन्त्रीहरु, ललितपुरका सांसद लगायत सरकारका उच्च पदस्थ व्यक्ति पनि जावलाखेल पुगेका छन् । आज भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टङ्गाल लगिनेछ । गएको वैशाख ११ गते पुल्चोकबाट रथ तानेर सुरु भएको यसवर्षको रातो मच्छिन्द्रनाथको रथजात्रा भोटो जात्रासँगै सकिनेछ ।

Read More