Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा: डडेल्धुरामा योग महोत्सव मंगलवारबाट शुरु भएको छ। ‘योग र आयुर्वेदको प्रयोग गरी स्वस्थ्य जीवन जीउन विभिन्न प्रकारका रोगबाट मुक्ति प्राप्त गरौँ’ भन्दै पाँच दिवसीय निःशुल्क योग महोत्सव शुरु गरिएको हो।  पतंजली योग समिति डडेल्धुराको आयोजनामा जिल्लाको टुँडिखेलमा मंगलवारदेखि १३ गते शनिवारसम्म पाँच दिन महोत्सव सञ्चालन भएको छ।  पतंजली योग समिति नेपालका प्रमुख देवआदितिको सानिध्यमा संचालन भएको योग महोत्सवमा योग साधना, शारीरिक अभ्यास, प्राणायाम लगायत सत्संग तथा आयुर्वेदिक औषधीय उपचार तथा योग स्वास्थ्य परामर्शका विषयमा साधकहरुलाई जनचेतनामूलक जानकारी तथा प्रशिक्षण गराउन लागिएको पतंजली योग समिति सुदूरपश्चिम सहप्रभारी गोविन्द खडायतले जानकारी दिए।

Read More

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ । देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा  चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

Read More

डडेल्धुरा: डडेल्धुरा सदरमुकाममा रहेको महेन्द्र माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा टंकबहादुर क्षेत्री चयन भएका छन्। अमरगढी नगरपालिका-५ का वडाअध्यक्ष समेत रहेका उनी उक्त विद्यालयको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्। यस्तै समितिको सदस्यहरुमा श्याम सिनाल, रामशरण रोका, धनेश्वरी जोशी, राजु कैनी, रोजीना नेपाली र नरेशबहादुर थापा चयन भएका छन्। ९ सदस्यीय समितिको शिक्षक प्रतिनिधिमा शुभाष कुमार भट्ट र सदस्य सचिवमा विद्यालयका प्राचार्य सुरेन्द्र ऎर चयन भएका छन्। नवनियुक्त अध्यक्ष टंकबहादुर क्षेत्रीले विद्यालयको शैक्षिक गुणस्तरलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता गरे। यस्तै उनले महेन्द्र माविलाई जिल्लाकै नमुना विद्यालय बनाउने लक्ष्य राखेको बताए। उनले शैक्षिक गुणस्तर सुधारमा अभिभावकको समेत प्रमुख दायित्व रहने भएकाले…

Read More

डडेल्धुरा: मिडल ब्लकर कविता भट्टले नेपाली महिला राष्ट्रिय टोलीमा डेब्यु गरेकी छन् । उनीसँगै सेटर प्रगति नाथ, स्पाइकर पूजा चौधरी र शान्तिकला तामाङले पनि नेपाली महिला राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । एनएससी काभा महिला भलिबल च्यालेन्ज कप अन्तरगत बंगलादेशविरुद्धको खेलमा पहिलो सेटमा पहिलो रोजाइमा खेल्दै डेब्यु गरेकी हुन् । बेल्जियन मुख्य प्रशिक्षक जान डि ब्रान्टले मिडल ब्लकर साफिया पुनलाई विश्राम दिर्द कवितालाई मौका दिएका हुन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ भात्काडाँकी कविता भट्ट मिडल ब्लकर हुन् ।

Read More

धनगढीः पोखरामा भोलि आयोजना गर्न लागिएको सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेला स्थगित भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सचिवालयले मुख्यमन्त्रीहरुको भेला स्थगित भएको जानकारी दिएको छ। गण्डकी प्रदेशको मन्त्रिपरिषद् कार्यालयले सातवटै प्रदेशका मुख्यमन्त्री र सचिवहरुको अनुभव आदानप्रदान गर्ने उद्देश्यले भेला आयोजना गर्ने तयारी गरेको थियो। सोही अनुसार सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह पनि हिजै काठमाडौं उडेका थिए। त्यहीँबाट पोखरा जाने उनको योजना थियो। तर, आज भेला नै स्थगित भएको खबर आएको छ। त्यहाँ मुख्यमन्त्री तथा सचिवहरुको भेलालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम थियो। तत्कालका लागि भेला स्थगित गरिएको गण्डकीका मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले बताए।

Read More

बैतडी: बैतडीमा बुधवारदेखि विद्युत अवरुद्ध हुने भएको छ । मंगलवार नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीले सूचना जारी गरी विद्युत सेवा अवरुद्ध हुने जनाएको हो । बुधवारदेखि जेठ २० गतेसम्म विहान ६ देखि बेलुका ५ बजेको समयमा विद्युत अवरुद्ध हुने सूचनामा उल्लेख छ । सूचनाअनुसार ३३ र ११ केभी प्रशारण लाइनमा लागेका रुखहरुको हांगाबिंगा छेकान गर्नुपर्ने भएकाले बजार फिडरका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनेछ ।

Read More

धनगढीः सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध परेको रिट दर्ता गर्न आदेश दिएको छ। रिट दरपिठ गर्ने आफ्नै प्रशासनको निर्णय बदर गर्दै आज सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले यस्तो आदेश दिएको हो। गत २५ वैशाखमा दिएको रिट निवेदनलाई २८ वैशाखमा सर्वोच्च अदालत प्रशासनले दरपिठ गरेको थियो। प्रशासनको त्यस निर्णयविरुद्ध २ जेठमा युवराज पौडेल सफलले दिएको निवेदनउपर आज सुनुवाइ गर्दै सर्वोच्चले रिट दर्ता गरी अघि बढाउन आदेश दिएको हो।

Read More

धनगढीः अछाममा चट्याङ लागेर चार जना घाइते भएका छन्। गएराति कमलबजार नगरपालिका–१ मा हावाहुरी र वर्षासंगै परेको चट्याङ लागेर ४ जना घाइते भएका हुन्। घाइते हुनेमा १८ वर्षीया गिताकुमारी रावत बिष्ट, ३२ वर्षीय धिर्जा बजगाई, ३० वर्षीया सरस्वती बजगाई र ५० वर्षीया मोतिकला बजगाई रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये गिताको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ। अन्य घाइते ३ जनाको अछाम जिल्ला अस्पतालमा उपचार भैरहेको छ।

Read More

काठमाडौँ: आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा नेपाल र वेस्ट इन्डिज एउटै समूहमा परेका छन् । वेस्ट इन्डिज दुई पटकको विश्व कप विजेता हो । मङ्गलवार आईसीसीले विश्व कप छनोटको समूह विभाजन गरेको हो । समूह ‘ए’ मा नेपाल र वेस्ट इन्डिजसँगै, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् । नेपाले पहिलो खेल असार ३ गते जिम्बावेसँग, दोस्रो खेल असार ५ गते अमेरिकासँग, तेस्रो खेल असार ७ गते वेस्ट इन्डिजसँग र चौथो खेल असार ९ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । छनोटअघि नेपालले दुई खेलको वार्म–अप खेल्नेछ । नेपालले जेठ ३० गते यूएईसँग र जेठ ३२ गते ओमानसँग खेल्नेछ । समूहको शीर्ष ३…

Read More

धनगढीः अर्थमन्त्री डा.प्रकाशशरण महतले सुदूरपश्चिमलाई विशेष प्राथमिकता दिएर सहयोग गर्न तयार रहेको बताएका छन् । सुदूरपश्चिम प्रदेशको आर्थिक प्याकेज नघटाउन मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा गएको टोलीलाई उनले आज यस्तो बताएका हुन् । संघीय सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम चरणमा रहँदा सुदूरपश्चिम प्रदेशको आर्थिक प्याकेज नघटाउन आग्रह गर्न उक्त टोली सोमवार काठमाडौँ पुगेको थियो । सुदूरपश्चिमका मुख्यमन्त्री, मन्त्री, सभामुख र प्रतिपक्षी दलका नेताहरु प्रदेशको आर्थिक प्याकेज नघटाउन र प्रदेशमा महत्वपूर्ण गौरवका योजनाको माग गर्न अर्थमन्त्रीसँग छलफल गरेका छन् ।

Read More