Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: भारत भ्रमणमा निस्कनु केही घण्टा अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ उच्च अधिकारीसँग भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो । चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ स्यावहोइको नेतृत्वमा आएको १४ जनाको टोलीले बुधवार बिहानै बालुवाटार पुगेका हुन् । उनीहरू हिजो राति मात्रै सिंगापुर एयरलाइन्सबाट काठमाडौँ आइपुगेका हुन्। भारत भ्रमणमा निस्कनु केही घण्टा अघि चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारीसँगको छलफललाई अर्थपूर्ण रूपमा लिइएको छ ।

Read More

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू मरेपछि आफ्नो शालिक बनाउन र स्मृति दिवस मनाएर खर्च नगर्न भनेका छन् । अनेमसंघद्धारा काठमाडौंमा आयोजित एक कायक्रमलाई सम्बोधन गर्दै ओलीले आफूलाई सम्झिने वा स्मृति दिवस मनाएर खर्च गर्ने कार्य आवश्यक नभएको बताएका हुन् । ‘म मरेपछि मलाई सम्झिनु पर्दैन् । मेरो शालिक बनाउनु पर्दैन् ।’, उनले भने, ‘किन समय खेल फाल्ने ? मूर्ती बनाउनु पर्दैन् । सालिक बनाउनु पर्दै । स्मृति दिवस मनाएर खर्च गर्नु पर्दैन् ।’

Read More

धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक(डिएसपी) कुलदिप चन्द इटली गएका छन्। उनी हिजो इटाली पुगेका हुन्। उनी त्यहाँ नेपालको तर्फबाट तालिमका लागि गएको स्रोतले जनाएको छ। स्रोतका अनुसार नेपाल प्रहरीबाट सो तालिमका लागि डिएसपी चन्द र एक जना अर्का इन्सपेक्टरमात्रै गएका छन्। युएन ट्रेनिङ सेन्टरले आयोजना गरेको महिला, बालबालिका लगायत विविध क्षेत्रसँग सम्बन्धित पुलिसिङबारे तालिम लिन चन्द त्यहाँ गएका हुन्। केही दिन उनी इटलीमै रहने र तालिम सकेर नेपाल फर्किने बताइएको छ।

Read More

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजदेखि आफनो चार दिने भारतको औपचारिक भ्रमणका नयाँ दिल्लीतर्फ प्रस्थान गर्दैछन् । प्रधानमन्त्री प्रचण्ड आज दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ प्रस्थान गर्ने तालिका तय भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भ्रमणमा जान लागेका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भ्रमणमा टोलीको टुंगो लगाएको हो । प्रधानमन्त्री प्रचण्डसँग भ्रमणमा नेपाल सरकारका पाँचजना मन्त्री, सचिव र वरिष्ठ अधिकारीसहित झण्डै ८० जनाभन्दा रहने बताइएको छ । शनिबार परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक गरेको थियो । भारत भ्रमणको तालिकाअनुसार प्रधानमन्त्री प्रचण्डको भ्रमण चार दिन…

Read More

बैतडीः नेपाल–भारत साहित्य सम्मेलन सम्पन्न भएको छ। बैतडीको डिलाशैनी गाउँपालिका–६ गोकुलेश्वरमा आयोजित चर्मण्यावती साहित्य सम्मेलत तथा नेपाल–भारत काव्य गोष्ठी २ दिन सञ्चालन गरिएको थियो। मंगलबार डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशी र राष्ट्रियता संरक्षण अभियानका अभियान्ना हेमबाबु लेखकद्वारा संयुक्त हस्ताक्षरित ११ बुँदे घोषणापत्र जारी गर्दै कार्यक्रम सम्पन्न भएको हो। स्थानीय लोक संस्कृतीको संरक्षण गर्ने उद्देश्यले डिलाशैनीमा कार्यक्रम गरिएको युवा अभियान्ता महेश दत्त भट्टले बताए। घोषणापत्रमा चर्मण्यावती नदी तटीय क्षेत्रको संरक्षण तथा विकासका लागि यस क्षेत्रका पालिकाहरुको संयुक्त प्रयासबाट चर्मण्यावती तटीय क्षेत्र विकस समिति गठनको पहल गर्ने र प्रदेश स्तरीय विकास समिति गठन माग गर्ने, जेठ शुक्ल दशमी गंगा दशहराका दिन चर्मण्यावती…

Read More

काठमाडौं: ‘प्रोफाइल लक’ फिचरले तपाईंले अपलोड गरेका सबै पोस्ट बाह्य प्रोफाइलले नदेख्ने गरी हाइड गरेको हुन्छ। त्यस्तै प्रोफाइल लक गरेको अकाउन्टको प्रोफाइलको स्क्रिनशट पनि कसैले  लिन सक्दैन। फेसबुकले प्रयोगकर्ताको गोपनीयता सुरक्षित राख्न तीन वर्षअघि भारतमा ‘प्रोफाइल लक’ फिचर सार्वजनिक गरेको थियो। नेपालमा भने फेसबुकले औपचारिक रूपमा ‘प्रोफाइल लक फिचर’ उपलब्ध गराएको सूचना निकालेको छैन। पछिल्लो समय नेपालमा केही प्रयोगकर्ताको आफ्नो अकाउन्टमा प्रोफाइल लकको अप्सन देखिन थालेको छ। कसरे गर्ने लक ? सबैभन्दा पहिले फेसबुक एप खोल्नुहोस् । -त्यसपछि माथि दायाँपट्टि भएको प्रोफाइलको आइकनमा गई आफ्नो नाममा ट्याप गर्नुहोस् । -अनि, एड टु स्टोरीको बक्सको छेउमा रहेको तीन ओटा थोप्लोमा ट्याप…

Read More

बैतडी: बैतडीका स्थानीय तहहरुले आगामी आर्थिक बर्षका लागि संघीय सरकारबाट ५ अर्ब ७० करोड ८२ लाख बराबरको बजेट पाएका छन् । अन्तर सरकारी बित्तीय हस्तान्तरण अन्तर्गत आगामी आर्थिक बर्षका लागि सो बजेट विनियोजन गरिएको हो ।  जिल्लाको दशरथचन्द नगरपालिकामा ५० करोड १४ लाख, पाटनमा ४८ करोड १४ लाख, पुर्चाैडी नगरपालिकामा ४७ करोड ५० लाख र मेलौली नगरपालिकामा ३६ करोड ४५ लाख बिनियोजन गरिएको छ । यस्तै डिलासैनी गाउँपालिकामा ३३ करोड ८४ लाख, दोगडाकेदार गाउँपालिकामा ३८ करोड २५ लाख, पञ्चेश्वर गाउँपालिकामा २८ करोड ५८ लाख, शिवनाथ गाउँपालिकामा २६ करोड ८४ लाख, सिगास गाउँपालिकामा २९ करोड ९२ लाख र सुर्नया गाउँपालिकामा ३१…

Read More

काठमाडौं: टीकापुर घटनाका दोषी पूर्व सांसद रेशम चौधरीलाई आममाफी दिएपछि सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ आज हुँदैछ। शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न आजका लागि अदालतले पेसी तोकिएको हो। शारदा सो घटना परी मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन्। मुख्य योजनाकारका रूपमा रेशमविरुद्ध कैलाली अदालत, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले गत जेठ २ गते मात्रै सदर गरेको थियो। तर, गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि चौधरी अस्ति मात्र रिहा भएका थिए। चौधरीलाई रिहा भएपछी शारदा सर्वोच्च अदालत गएकी थिइन्।

Read More

धनगढी: नेपाली काँग्रेसको संसदीय दलका प्रमुख सचेतक समेत रहेका नेता रमेश लेखकका स्वकीय सचिव जनक भट्टले आफ्नाे अश्लिल भिडिओ आएको प्रति आपत्ति प्रकट गरेका छन्।। स्वकीय सचिव भट्टले अपरचित भारतीय युवतीकाे ह्वाट्स एपमा आएकाे फाेन उठाएर भिडियाे संवाद भएकाेमा एडिट गरि अश्लिल भिडियाे जाेडेर विभिन्न सामाजिक सञ्जालमा आएकाे प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएकाे जनाउदै आपत्ति प्रकट गरेका हुन्। आएको फाेन उठाएर समान्य कुरा भएकाे भिडियाेमा एडिट गरि अश्लिल भिडियाे जाेडेर सामाजिक सञ्जालमा आएपश्चात साेहि विषयमा विभिन्न सञ्चार माध्यममा समाचार आएकाले त्यसमा आफ्नो गम्भीर ध्यानाकर्षण भएकाे उनले जनाएका छन्। उनले उक्त अश्लिल भिडियाेमा कुनै पनि सत्यता नरहेकाे र साे बारे कानु…

Read More

काठमाडौं: एलओडी क्लबका दुई महिला कामदारलाई बलात्कार गरेको आरोपमा दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। खोटाङको बाह्र पोखरी गाउँपालिका-२ स्थायी घर भई काठमाडौंको नयाँ बजार बस्ने ३१ वर्षीय लोकबहादुर मगर र काठमाडौंको गोकर्णेश्वर नगरपालिका-२ स्थायी घर भएका ३२ वर्षीय माइला भन्ने रामकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर भएको हो। पीडितहरुले आफूहरुलाई सोह्रखुट्टेमा लागि खाजा खुवाउने बेला र एक होटेलमा गरि ९ क्वाटर रक्सी(गोल्डेन ओक) खुवाएर झ्याप बनाएको बताएका छन्। आरोपितहरुले ट्याब्लेटसमेत खुवाएर बलात्कार गरेको पीडितको बयानमा उल्लेख छ। प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

Read More