Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्नि सापकोटाको नेतृत्वमा माओवादी नेताहरू चीन प्रस्थान गरेका छन्। सापकोटा नेतृत्वको २० सदस्यीय टोली १० दिने भ्रमणका लागि शुक्रबार बिहान चीनको छेन्दु प्रस्थान गरेको हो। अनुभव आदानप्रदानका लागि माओवादी टोली चीन गएको भ्रमण दलका सदस्य जीपी मैनालीले जानकारी दिए। भ्रमण टोलीमा सापकोटासहित पार्टी सचिवहरू हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य छन्। यसैगरी प्रदेश अध्यक्षहरू र केन्द्रीय नेताहरू पनि भ्रमण टोलीमा रहेको मैनालीले बताए।

Read More

दार्चला: दार्चुलाको एक मोबाइल पसलमा आगलागी भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–१ स्थित निश्चल मोबाइल एण्ड ईलेक्ट्रोनिक पसलमा आगलागी भएको हो। धौकुचेका २६ वर्षीय मोहनदेव खडायतको सो पसलमा करेन्ट सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट पसलमा रहेका दुई थान कम्प्युटर, एक थान फोटोकपि मेसिन, रेडियो दुई थान तथा १२ थान मोबाइल जलेर नष्ट भएको छ।आगलागीको विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ।

Read More

धनगढीः धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट दुई ग्राम ७ सय ९० मिलिग्राम लागुऔषधसहित दुई जना पक्राउ परेका हुन्। बिहीवार साँझ प्रहरीले धनगढी उपमहानगरपालिका–५ का ३० वर्षीय सन्तोष चौधरी र २६ वर्षीय करन चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको हो। प्रहरी चौकी त्रिनगर र प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको जनाएको छ।

Read More

बैतडी: बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्य सुरेन्द्रबहादुर पाललले जनतालाई आभास हुने गरी काम गर्ने बताएका छन् । जिल्लाको पाटन नगरपालिका–३ स्थित गुजर माविको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले हिजोको दिनमा प्रदेश सरकाबाट जनतालाई अभास हुने किसिमको विकास नभएको भन्दै अब अभास हुने गरी विकास गरिने बताएका हुन् । आफ्नो निर्वाचन क्षेत्रका समस्याबारे आफू जानकार रहेको बताउँदै सांसद पालले अब आवश्यकताको आधारमा विकास गरिने बताए । उनले शिक्षा क्षेत्रको विकासका लागि पनि आफू प्रतिवद्ध रहेको बताए । विकासका लागि तीनै तहका सरकारबीच समन्वय हुन पनि आवश्यक रहेको उनको भनाइ थियो । सांसद पालले विकासका लागि राजनीतिक मनमुटाव नगरी एकजुट भएर अगाडि बढ्न…

Read More

धनगढी: धनगढी उपमहानगरपालिका-५ स्थित ऐश्वर्य विद्या निकेतनलाई प्रोजेक्टर सहयोग गरिएको छ । नेपाल–भारत मैत्री संघका केन्द्रीय उपाध्यक्ष तथा व्यवसायी हरिशंकर ठाकुरले सो विद्यालयलाई ३ थान प्रोजेक्टर हस्तान्तरण गरेका हुन् । शैक्षिक विकासमा सहयोग पुगोस् भन्ने द्येयका साथ विद्यालयलाई प्रोजेक्टर उपलब्ध गराएको रोटरी क्बल अफ धनगढीका पूर्व अध्यक्ष समेत रहेका ठाकुरले बताए । ऐश्वर्य विद्या निकेतनका सहायक प्राचार्य सञ्जय पन्तले प्रोजेक्टरका माध्यमबाट पठनपाठनमा सहज हुने भएकोले विद्यालयले सबै कक्षा कोठामा प्रोजेक्टर जडान गर्ने लक्ष्य लिएको बताउँदै सम्पूर्ण दाताहरूलाई सहयोग गर्न आग्रह पनि गरे । उनले करिब १ लाख ८० हजार रुपैयाँ बराबरको ३ थान प्रोजेक्टर हस्तान्तरण गर्ने व्यवसायी ठाकुरलाई धन्यवाद व्यक्त…

Read More

काठमाडौँ: शुक्रवार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । सुनको मूल्य आज तोलामा १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा १ लाख ९ हजार ७ सय रुपैयाँ थियो । चाँदीको भाउ भने दुई दिनदेखि घटबढ नभई आज पनि तोलाको १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रवार सरकारले पूर्णता पाउने बताएका छन् । प्रदेश सरकारको १०० दिनका उपलब्धि सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले आज सरकारलाई पूर्णता दिइने बताएका हुन् । शाहले सत्तारुढ गठबन्धनमा आवद्ध सबै दललाई समेटेर सरकारलाई पूर्णता दिइने बताए । रेशम चौधरीको आजीवन कारबासको सजाय सर्वोच्च अदालतले सदर गरेपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आन्दोलनका कार्यक्रम घोषणा गरेका कारण सरकारमा सहभागी हुँदैन कि भन्ने जिज्ञासामा शाहले आफू नाउपा सरकारमा सहभागी हुनेमा विश्वस्त रहेको पनि बताए । सत्ता गठबन्धनमा भागबण्डासमेत मिलिसकेको माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले जानकारी दिएका छन् । मुख्यमन्त्री शाहले आफ्नो १०० दिनको…

Read More

डम्मरदत्त भट्ट, धनगढी: युवा परिवर्तनका संवाहक र दिगो विकासका उत्प्रेरक शक्ति हुन् । युवा शक्ति राष्ट्रको एक अमूल्य सम्पत्ति हो। युवा राजनीतिक, आर्थिक , सामाजिक र साँस्कृतिक रुपान्तरणका अग्रदुत हुन् । यूएन र वल्र्ड बैंकले १५-२४ वर्ष उमेर समूहलाइ युवा मानेको छ भने नेपालको हकमा राष्ट्रिय युवा परिषद ऐन २०७२ र राष्ट्रिय युवा नीति २०७२ ले १६-४० को उमेर समूहलाइ युवा निर्धारण गरेको छ। साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको एक प्रमुख धरोहरका रुपमा रहेको हुन्छ। गुणात्मक र संख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरुदण्ड भएकाले युवाको सार्वभौम विकास गरी उनीहरुको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउन जरुरी देखिन्छ।…

Read More

दैलेख: दैलेखमा भरुवा बन्दुक पड्किएर गोली लाग्दा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गोली लागेर नौमुले गाउँपालिका–५ गुराँसे गाउँका ५५ वर्षका कर्णबहादुर बुच्चा मगरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक किशोर लम्सालले मृतक आफैले चलाउँदै गरेको भरुवा बन्दुक पड्किँदा ज्यान गएको बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Read More

दाङ: दाङको देउखुरीमा शुक्रवार बिहान दुईवटा बस ठोक्किएर दुर्घटना भएको छ । दाङको लमहीबाट भालुवाङका लागि छुटेको लु २ ख ७८५ नम्बरको बस र वीरगञ्जबाट तुलसीपुरका लागि छुटेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा ठोक्किएका हुन् । दुर्घटनामा रोल्पा रुन्टीगढी–९ की २४ वर्षीया शोभा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार मृतक शोभाका दुई छोरासहित २३ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि लमही लगिएको बताइएको छ ।

Read More