Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीमा प्रदेशस्तरीय चेस (बुद्धिचाल) प्रतियोगिता हुने भएको छ । जिल्लाको गोदावरी नगरपालिका–४ बुढीतोलमा सुदूरपश्चिम प्रदेशस्तरीय चेस (बुद्धिचाल) प्रतियोगिता हुने भएको हो । गोदावरी नगरपालिका र सुदूरपश्चिम प्रदेश बुद्धिचाल संघको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा पुरुष, महिला र विद्यार्थीका छुट्टाछुट्टै टीम सहभागी हुने सुदूरपश्चिम प्रदेश बुद्धिचाल संघका अध्यक्ष भीम पाण्डेले बताए । प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेलाई १० हजार, द्धितीयलाई ७ हजार ५ सय, तृतीयलाई ५ हजार, चौथो र पाँचौलाई २/२ हजार पुरस्कार दिइने आयोजकले जनाएको छ । त्यस्तै, महिलातर्फ प्रथमलाई ४ हजार, द्धितीयलाई २ हजार ५ सय र विद्यार्थीतर्फ प्रथमलाई ३ हजार र द्वितीयलाई २ हजार पुरस्कार दिइनेछ ।

Read More

बैतडी: बैतडीको तल्लोस्वराड क्षेत्रको व्यापारिक केन्द्रका रूपमा चिनिँदै आएको मेलौली बजार क्षेत्र अव्यवस्थित फोहोरका कारण दुर्गन्धित बन्दै गएको छ । तल्लोस्वराड क्षेत्रको प्रवेशद्वारका रूपमा समेत चिनिने मेलौली बजार क्षेत्रमा जथाभावी फालिएको फोहरले दुर्गन्धित बनेको हो । जताततै फालिएको फोहरले मेलौली बजारसँगै वसपार्क क्षेत्र दुर्गन्धित बनेको स्थानीय व्यवसायी मोहनसिंह नेगीले बताए । नगरपालिका कार्यालय जोड्ने बाटोसमेत पर्ने बजार क्षेत्रमा जथाभावी फालिएको फोहरका कारण कुरुप बन्दै गएको छ । जताततै फोहर थुपार्दा सास्ती भोग्नुपरेको स्थानीय देवबहादुर चन्दले बताए । उनले भने, “जततातै फालिएको फोहरले एकदमै सास्ती भइरहेको छ । सहजरूपमा हिँडडुल गर्न समस्या छ । दुर्गन्धले एकातिर हिँडडुल गर्न समस्या छ भने…

Read More

डडेल्धुरा: डडेल्धुराको साविकको अजयमेरु गाविसका पूर्वअध्यक्ष हिक्मत सिंह ऐरको निधन भएको छ । उनको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको बताइएको छ । उनी केही दिनदेखि बिरामी भएर अस्पताल भर्ना भएका थिए ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा घरको भित्ता फोडेर चोरी गरी फरार रहेका लालबहादुर ऐर ३१ वर्षपछि पक्राउ परेका छन् । जिल्लाको साविकको झलारी गा.वि.स–५ का उनलाई घरको भित्ता फोरेर चोरेको आरोपमा जिल्ला अदालत कञ्चनपुरले २०४९ मंसिर ८ गते तीन दिन कैद तोकेको थियो । उनी आफ्नै घरमा लुकिछिपि रहेको अवस्थामा पक्राउ परेका हुन् । उनलाई आज कञ्चनपुर जिल्ला अदालतमा पेश गरी सजाय भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्हरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Read More

काठमाडौं : महिलाको चरित्र हत्या गरेको आरोपमा साइबर ब्युरोले एक जना महिलालाई पक्राउ गरेको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका-१३ गिजिनडाँडा बस्ने ४२ वर्षीया ज्ञानु थापालाई एक महिलाको चरित्र हत्या गरेको आरोपमा पक्राउ गरिएको ब्युरो प्रवक्ता एसपी पशुपतिकुमार रायले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय स्याङ्जाको सहयोगमा प्रहरीले उनलाई गत बुधबार पक्राउ गरी काठमाडौं ल्याएको हो। प्रहरीका अनुसार उनीविरूद्ध एक महिला पीडितले जाहेरी दिएकी थिइन्। ‘ज्ञानुले आफ्ना श्रीमान र पीडित महिलाबीच कुराकानी भएको थाहा पाएकी रहेछन्। त्यसपछि पीडितको तस्बिर/भिडिओ आफूले लिएर, फेसबुकमा नक्कली आइडी बनाएर पीडितकी भाउजूको फेसबुकमा ती तस्बिर/भिडिओ पठाएकी रहिछन्,’ प्रहरी स्रोतले भन्यो। स्रोतले थप्यो, ‘हामी पनि यो घटनामा सुरूमा अलमलिएका…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा आइतवार आमहड्तालको घोषणा गरिएको छ। कैलालीस्थित गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतवार सुदूरपश्चिम बन्दको घोषणा गरिएको हो। स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले शुक्रवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नयाँ बिरोधका कार्यक्रम सार्वजनिक गर्दै सुदूरपश्चिम बन्दको घोषणा गरेको छ। संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’ले आइतवार बिहान ८ देखि साँझ ६ बजेसम्म सुदूरपश्चिम प्रदेशका शैक्षिक, वित्तीयलगायतका संघ/संस्था तथा कलकारखाना, व्यापार र यातायात पूर्ण रुपमा बन्द गरिने बताए। उनले शुक्रवार सुदूरपश्चिमका उद्योगी, व्यापारी, तथा सार्वजनिक यातायातका सञ्चालकहरुसँग छलफल गरेको समेत बताएका छन्। संघीय मन्त्रिपरिषदले २०७९ माघ २९ गते र जेठ ५ गतेको…

Read More

काठमाडौं : नेपाली कांग्रेसकी नेता डा।आरजु राणा देउवाले राजनीतिमा अबका दिनहरु चुनौतिपूर्ण देखिन थालेको बताएकी छन् स्वर्गीय मीना पाण्डेको स्मृतिमा शुक्रवार आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्यसमेत रहेकी देउवाले जनता पनि लहलहैमा लागेर भोट हाल्न थालेकाले गालीको राजनीति बलियो बनेको बताउँदै भनिन्- ‘सोसल मिडियामा गाली गलौज गरेर नेता बन्ने संस्कृति विकास भएका कारण राजनीति चुनौतिपूर्ण बन्न थाल्यो ।’ राणाको भनाइ थियो( आज हामी केन्द्रदेखि सातै प्रदेशको सरकारमा छौं । स्थानीय तहमा पनि ठूलो पार्टी भएका छौं । तर अगाडिका दिनहरु चुनौतिपूर्ण देखिदैछन् । जस्तो किसिमको एउटा लहलहैमा लागेर जनताले भोट हाल्छन् । मिडियाबाजी र सोसल मिडियाका कारण हामीले गरेका कामहरु ओझेलमा…

Read More

धनगढी: सुदूरपश्चिममा पूर्व प्रदेश सभा सदस्यहरु एकीकृत भएका छन्। पूर्व सभामुखसहित प्रदेश सभा सदस्यहरु एकीकृत हुँदै एक मन्च नै गठन गरिएको छ। आज (शुक्रबार) धनगढीमा पूर्व प्रदेश सभा सदस्यहरुकाे भेलाबाट ‘पूर्व प्रदेश सभा मंच’ गठन गर्ने निर्णय गरिएको हो। भेलाले आफ्नो विधान पास गर्दै पूर्व सभामुख अर्जुनबहादुर थापाको संयोजकत्वमा तदर्थ समिति समेत गठन गरेको बताइएको छ।

Read More

धनगढीः कैलालीस्थित गेटामा चिकित्सा विश्वविद्यालय कायम गर्न माग गर्दै काठमाण्डौंमा विरोध प्रदर्शन गरिएको छ। आज (शुक्रबार) माइतीघरमा नेकपा एमालेको सुदूरपश्चिम-काठमाण्डौँ सम्पर्क कमिटिले विरोध गरेको हो। सो विरोध कार्यक्रममा सुदूरपश्चिमका एमाले नेता तथा अनेरास्ववियुका नेताको सहभागीता रहेको अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष गोविन्द गिरीले बताए। उनका अनुसार सरकारलाई ध्यानाकर्षण गराउन विरोध प्रदर्शन गरिएको हो। एमालले गेटामा सहिद शदरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आएको छ। गेटामा विश्वविद्यालय सञ्चालन गर्न सरकारलाई दबाब दिन बजेट आए लगत्तै आन्दोलन भइरहेको छ। विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले कैलालीमा चरणबद्ध आन्दोलन गरिरहेको छ। मन्त्रीपरिषदले विश्वविद्यालय बनाउने निर्णय गरेपनि बजेटमा प्रतिष्ठान बनाउने भनेर आएपछि आन्दोलन सुरु भएको हो।

Read More

‘नेपाली गर्ल एपीके’ नाममा नेपालमा तहल्का मच्चाएको मालवेयर नयाँ स्वरुपमा पुनः सक्रिय भएको पाइएको छ । ‘नेपाली भर्जिन गर्ल’ को नयाँ नाम दिइएको यो एपीके ‘सेक्स पार्टनर खोज्न’ भन्दै ह्वाट्सएपमा फैलिन थालेको हो । विशेषगरी ह्वाट्सएपमा आइरहेको यो मेसेजमा ‘के तपाईँ पनि सेक्स पार्टनर खोजिरहनु भएको छ, अब ढुक्क बस्नुहोस्’ भन्दै प्रयोगकर्तालाई लोभ्याउन खोजिएको छ । जसमा ‘नेपाली गर्ल एपीके’ इन्स्टल गरी सेक्स पार्टनर खोज्न सकिने, त्यसका लागि फोटो सहित सम्पर्क नम्बर तथा रेट समेत राखिएको र यो सेवा नेपालभरका लागि उपलब्ध रहेको उल्लेख गरिएको छ । यो मेसेज नेपाल टेलिकमको ९८५१०४२३२५ नम्बरबाट खोलिएको ह्वाट्सएप आईडीबाट शेयर भइरहेको छ ।…

Read More