Author: महेन्द्रनगर पोष्ट

ताप्लेजुङ: ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत वरिष्ठ प्रहरी हबल्दार मृत अवस्थामा फेला परेका छन् । सुरक्षा गस्तीका क्रममा सिदिङ्वा गाउँपालिकाबाट फर्किने क्रममा रहेका उदयपुरको त्रियुगा नगरपालिका–७ का ४१ वर्षीय वरिष्ठ प्रहरी हबल्दार दीपक शाह शङ्कर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सिदिङ्वाको मेहेलेबाट फर्किने क्रममा प्रहरी कर्मचारीलाई म बिस्तारै आउँछु भनेको तर निकै बेर नआएपछि खोजी गर्दा मृत अवस्थामा भेटिनुभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए । प्रहरीका अनुसार अनुसार मृतक शङ्कर छारे रोगबाट पीडित थिए। मृतकको शव परीक्षण गरी आफन्तलाई बुझाउने तयारी भएको…

Read More

दार्चुला: दार्चुला सदरमुकाम खलंगास्थित बसपार्क नजिक बेहोस भेटिएका एक पुरूषको मृत्यु भएको छ । अन्दाजी ३५ वर्षका ती पुरूष आज बिहान करिब ३ बजेको समयमा फेला परेका थिए । प्रहरीले उनको उद्धार गरी जिल्ला अस्पताल दार्चुलामा पुगाएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उनको अझैसम्म परिचय खुल्न सकेको छैन । अनुहार र टाउकोमा गम्भीर चोट लागेका उनलाई कसैले कुटपिट गरेर फालेको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: आज सुनको मूल्य १ हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज १ लाख ११ हजार ६ रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आइरहेकाले नेपाली बजारमा पनि थपघट भइरहेको महासङ्घले जनाएको छ । अस्ति तोलाको १ लाख १३ हजार ३ सय रुपैयाँ रहेको सुनको भाउ अघिल्लो दिन बिहीवार १ लाख १२ हजार ५ सय रुपैयाँ थियो । बुधवार तोलामा १ लाख १२ हजार रुपैयाँ पुगेको थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

बैतडी: बैतडीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी कार्य प्रारम्भ गरेका छन् । यसका लागि यहाँका स्थानीय तहले सुझाव सङ्कलनलाई तीव्र बनाइरहेका छन् । आगामी आवको नीति, बजेट तथा कार्यक्रम तर्जुमाका लागि विज्ञ, राजनीतिक दल, सङ्घसंस्था, बुद्धिजीवी, सञ्चारकर्मी, समाजसेवी, पेसाकर्मी कर्मचारी र आम नागरिकबाट राय सुझाव माग गरिएको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले बताए । आगामी असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको र यसैको तयारीस्वरुप सुझाव सल्लाह सङ्कलन गरिन लागिएको हो । सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, वन वातावरण, सेवा प्रवाह र सुशासनका सवालमा आफ्ना सुझाव…

Read More

कैलाली: कैलालीको भजनी नगरपालिका–१ का रामकुमार महतो कृषिमा आबद्ध छन् । कृषिबाटै जनजीविका चलाउँदै आएका उनको वर्षौंदेखिको दुःख यतिबेला हराएको छ । गाउँको भलमन्सा समेत रहेका किसान महतोलाई आफ्नोभन्दा बढी चिन्ता र चासो गाउँलेको हुन्थ्यो । सामुदायिक छाडा चौपायाका कारण लगाएको अन्न बाली बर्सेनि नष्ट हुनथालेपछि कुनै बेला उनी खेती गर्न छोड्ने मनस्थितिमा पुगेका थिए । नगरपालिकाले सामुदायिक छाडा चौपाया व्यवस्थापनमा सफल भएपछि महतो जस्ता कैयौँ किसानलाई राहत भएको छ । “केही वर्षदेखि सामुदायिक चौपायाका कारण रातदिन खेतमै बास बस्नुपर्ने बाध्यता थियो । यसवर्ष आनन्दले गहुँ खेती भित्र्याउन पाइयो”, उनी भन्छन्, “अरु काम कस्ता भए त्यो थाहा छैन । नगरपालिकाले…

Read More

धनगढी: हिजो राति कैलालीको धनगढीमा ‘ग्याङ्ग फाइट’  भएको थियो।  धनगढीको हसनपुर क्षेत्रस्थित बाल्मिकी इन्टरनेश्नल स्कुल अगाडि लफडा भएको हो। लफडा गर्ने एक युवक फरार भएका थिए। तर, एकजना भने पक्राउ परेका थिए। पक्राउ पर्नेमा धनगढी-५ का २३ वर्षीय कासीराम रावत रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनी खुकुरीसहित समातिएका थिए। स्रोतका अनुसार अरु ३/४ जना युवकलाई पनि नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालयको टाइगर टोलीले लफडा गर्नेहरुलाई समातेको हो। यस्तै फरार रहेका युवाको खोजी सुरु गरिएको प्रहरीले बताएको छ। ग्याङ्ग फाइटको कारण र विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

Read More

दार्चुला: दार्चुला सदरमुकाम खलंगास्थित बसपार्क नजिक बेहोस भएका एक पुरूष फेला परेका छन्। आज बिहान करिब ३ बजेको समयमा अन्दाजी ३५ वर्षका ती पुरूष फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले उनको उद्धार गरी जिल्ला अस्पताल दार्चुलामा पुगाएको थियो। उनको स्वास्थ अवस्था गम्भीर रहेको बताइएको छ। उनलाई तत्काल सुविधा सम्पन्न अस्पतालमा रिफर गर्नुपर्ने हुँदा उनलाई चिन्ने व्यक्तिले आफन्तलाई खबर गरी वा जिल्ला प्रहरी कार्यालय तथा जिल्ला अस्पताल दार्चुलामा सम्पर्क राख्न हुन अनुरोध गरिएको छ। घाइते पुरूषको टाउकोमा गम्भीर चोट देखिन्छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Read More

धनगढीः कैलालीको अत्तरिया नजिकै बस र कार आपसमा ठोकिएका छन्। जिल्लाको गोदावरी नगरपालिकाको खैराना पुल नजिकै पूर्व–पश्चिम राजमार्गमा बस र कार आपसमा ठोकिएका हुन्। शनीबार राति पूर्वबाट पश्चिम आउँदै गरेको  ना ४ ख ७२६९ नम्बरको बस र सोही दिशा तिर आउदै गरेको बागमती प्रदेश ००१०२५ च ९३६७ नम्बरको कार ठोक्किएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। बसमा सवार धनगढीका ५४ वर्षीय खडक केसी घाइते भएका छन्। उनको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार दुर्घटनापछि बस अनियन्त्रित भएर सडकबाहिर झाडीतिर गएको थियो। बसका चालक ३० वर्षीय राम निवास चौधरी फरार छन्। कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More

डडेल्धुरा:  डडेल्धुराको डकलेमा बसपार्क निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले बोलपत्र आह्वान गरेको छ।जिल्ला सदरमुकाम बागबजारबाट पाँच किलोमिटरको दूरीमा व्यवस्थित बसपार्क बनाउनका लागि बोलपत्र आह्वान भएको हो। कार्यालय प्रमुख रमेश थिङका अनुसार १६ करोड ५० लाखको लागत इस्टिमेट तयार पारिएपछि ठेक्का आह्वान भएको हो। ‘बुहवर्षीय ठेक्कामार्फत डकले बसपार्क निर्माण गर्ने योजना रहेको छ। चालू आर्थिक वर्षका लागि ४ करोड २० लाख बजेट विनियोजन भएपछि बोलपत्र आह्वान गरेका छौं ’ उनले भने।

Read More

बैतडी: पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डिपीआरलाई अबको तीन महिनाभित्र अन्तिम रुपम दिने नेपाल र भारतबीच सहमति भएको छ। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका समयमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर)लाई अन्तिम रुप दिनका लागि द्विपक्षीय छलफललाई तीव्रता दिने सहमति भएको हो।  पञ्चेश्वर आयोजना कार्यान्वयनका लागि दुवै देशले आवश्यक बित्तीय व्यवस्थाका साथै अन्य व्यवस्थापनहरु गर्ने सहमति भएको श्रोतले जनाएको छ। अबको एक बर्षभित्रै आयोजना कार्यान्यवनको ढाँचा टुंगो लगाउने सहमति समेत भएको जनाइएको छ।  महाकाली सन्धिमा परिकल्पना गरिएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम अघि बढाउनका लागि डिपीआरलाई अन्तिम रुपमा दिने र त्यसपछि दुवै देशका सम्बन्धित मन्त्रालयहरुले काम अघि बढाउने सहमति भएको प्रधानमन्त्रीका स्वकीय सहसचिव…

Read More