काठमाडौं: त्रिभुवन विश्वविद्यालयले चारवर्षे स्नातकलाई फेरि तीन वर्षमा झार्ने गृहकार्य गरेको छ । विद्यार्थीको संख्या घट्न थालेको भन्दै त्रिविले स्नातकलाई तीन वर्षमा झार्ने गृहकार्य गरेको हो । चार वर्ष हुँदा विद्यार्थी पढ्न नआउने भएकाले तीन वर्षमा झार्ने विषयमा अनौपचारिक छलफल चलेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। गत १४ असारमा विश्वविद्यालयको प्राज्ञिक समितिको बैठकमा डीनहरूले पनि तीन वर्षमा झार्नुपर्ने सुझाव राखेका थिए । राष्ट्रिय योजना आयोग र विश्वविद्यालय अनुदान आयोगमा पनि तीन वर्षमा झार्ने विषयमा छलफल भइरहेको त्रिविका अधिकारीहरू बताउँछन्।
Author: महेन्द्रनगर पोष्ट
डडेल्धुरा: डडेल्धुरामा जंगली विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका–२ स्थित सोही गाउँपालिकाको नयाँ भवन निर्माणमा संलग्न मजुरको विषालु च्याउ खाँदा हिजो(शुक्रवार) राति मृत्यु भएको प्रहरीले जनाएको छ। बर्दिया जिल्लाको बारबर्दिया गाउँपालिका–७ बस्ने बर्ष ५० की राम दुलारे थारुले शुक्रबार साँझ जंगली च्याउ खाएका थिए। च्याउ खाएर बिरामी परेका राम दुलारेलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो। *प्रहरीले दिएको जानकारीका आधारमा नाममा त्रुटि हुन गएकाले सच्च्याइएको छ। -सम्पादक
दाङ: करेन्ट लागेर लमहीमा एक महिलाको मृत्यु भएको छ। लमही नगरपालिका–३ मिलनचोककी रुपनी चौधरीको करेन्ट लागेर शुक्रबार मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। करेसाबारीमा घाँस काट्ने क्रममा मोटरमा जडान गरिएको तारबाट करेन्ट प्रवाह हुँदा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
काठमाडौँ: नेपाली पशुमा आक्रमकरूपमा फैलिरहेको लम्पी स्किन रोग नियन्त्रणमा मिलेर सहकार्य गर्न भारत तयार देखिएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल र भारतीय मत्स्य, पशुपक्षी तथा डेरी मन्त्री पुरुषोत्तम रुपालाबीच भएको छलफलमा लम्की स्किन रोगको नियन्त्रणमा दुवै देश मिलेर अगाडि बढ्ने सहमति भएको हो । मन्त्री भुसालले हालै गरेको भारत भ्रमणका क्रममा भएको समझदारीबारे जानकारी दिन आज आयोजित कार्यक्रममा नेपाल र भारतका सीमावर्ती जिल्लामा मिलेरै लम्पी स्किन रोगको भ्यक्सिनेसन गर्ने सहमति भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । यस्तै खोरेत रोग उन्मूलनका लागि भारत मिलेर अगाडि बढ्न तयार देखिएको मन्त्री डा भुसालले बताए । त्यसका…
डोटी: डोटीमा गत आर्थिक वर्षमा १ अर्ब ३ करोड ५७ लाख ६९ हजार ७ सय ४१ रकम फ्रिज गएको छ। जिल्लाको चालु र पुँजीगत गरी जम्मा १० अर्ब २ करोड ५ लाख ९९ हजार २ सय २ रकम मध्य ९ अर्ब ९८ करोड ४८ लाख २९ हजार ४ सय ६० रकम खर्च भएको छ। तर, १ अर्ब ३ करोड ५७ लाख ६९ हजार ७ सय ४१ रुपैयाँ खर्च हुन नसकी फ्रिज गएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका प्रमुख कृष्ण बहादुर धामीले बताए। कुल रकममा चालु भन्दा पुँजीगत रकम कम खर्च भएको देखिएको छ। चालुतर्फ कुल ७ अर्ब ९ करोड ९७ लाख…
बैतडी: भारतको धौलीगंगा बाँध पुनः खोलिने भएकाले महाकाली नदीमा जलस्तर बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले सतर्कता अपनाउन आग्रह गरेको छ। बाँध आज शनिवार बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म खुला रहने भएकाले सूचना जारी गरेर प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको हो। भारतको उत्तराखण्डमा पर्ने धौलीगंगा जलविद्युत् परियोजनाको सिल्ट सरसफाइका लागि बाँधको ढोका खोलिनेछ। बाँध खोलिएको समयमा महाकाली नदी किनारका नागरिकलाई सचेत रहन र नदी वारपार नगर्न अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए। यसअघि असार २६ गते पनि परियोजनाको बाँध खोलिएको थियोे।
डडेल्धुरा: डडेल्धुराका एक पुरुष बेपत्ता भएका छन्। जिल्लाको अमरगढी नगरपालिका-१० भडारगाउँका ४६ वर्षीय दिपकबहादुर रावल बेपत्ता भएका हुन्। गत असार ३० गते भारत जाने भन्दै डडेल्धुरा बसपार्कबाट हिंडेका उनी हालसम्म सम्पर्कविहिन रहेको परिवारले जनाएको छ। उनी भारतमा नपुगेको आफन्तले बताएका छन्। उनलाई देख्नेले नजिकको प्रहरी वा मोबाइल नम्बर ९८६४७७१७४२ मा सम्पर्क गर्न आफन्तले आग्रह गरेका छन्।
काठमाडौं: काठमाडौँ महागरपालिकाले आफूमातहतमा सम्पूर्ण सामुदायिक विद्यालय व्यवस्थापन समिति (विव्यस) भङ्ग गर्ने निर्णय गरेको छ। महानगरपालिकाको गत असार ३० गते सम्पन्न नगर सभाले उक्त प्रस्ताव पारित गरेको हो। नगर सभाले हालको समिति भङ्ग गरेर सम्बन्धित वडाका अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव पारित गरेको छ। नगर सभाले पारित गरेको प्रस्तावप्रति सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकले ठाडो असन्तुष्टि जनाएका छन्। महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले नगर सभाले पारित गरे पनि उक्त निर्णय हालसम्म प्रमाणीकरण नभएको जानकारी दिए। नगर सभाले पारित गरेको प्रस्ताव प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणीकरण भएपछि मात्रै राजपत्रमा प्रकाशित हुने व्यवस्था छ।
काठमाडौँ : हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। पसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रहि गण्डकी, लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको महाशाखाले…
काठमाडौँ : कानुन, न्याय तथा संसदीय मामिला सचिव धनराज ज्ञवाली अवकाश भएका छन् । २०४३ साल वैशाख १५ गते न्याय सेवाको खरिदारबाट निजामती सेवामा प्रवेश गरेका ज्ञवाली ३७ वर्ष २ महिना व्यथित गर्दै शुक्रवार(आज)देखि अनिवार्य अवकाश भएका हुन् । सचिव ज्ञवालीलाई कानून मन्त्री धनराज ज्ञवालीले मायाको चिनोसहित बिदाई गरेका छन् । ६ वर्ष नायव सुब्बा, शाखा अधिकृत ६ वर्ष, उपसचिव १४ वर्ष, ७ वर्ष सहसचिव र त्यसपछि सचिव पदमा रही काम गरेका ज्ञवालीले जागिरे अवधिमा सचिव भएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सहसचिव रहँदा कानुन मन्त्रालय, कानुन आयोग र गृह मन्त्रालयमा काम गरे ।…